उद्योगमन्त्रीमा गणेश पराजुलीलाई नियुक्त गर्ने तयारी

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, भाद्र २५, २०८३
|
|
६० पटक हेरिएको
Shares
उद्योगमन्त्रीमा गणेश पराजुलीलाई नियुक्त गर्ने तयारी

सारांश

  • उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री  गौरीकुमारी यादवले राजीनामा दिएपछि रिक्त रहेको उद्योग मन्त्रालयको जिम्मेवारी राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीलाई दिने तयारी भएको छ ।
  • प्रधानमन्त्री कार्यालयबाट मन्त्री नियुक्तिका लागि पराजुलीको नाम राष्ट्रपति कार्यालयमा पठाइएको स्रोतले जनाएको छ ।
  • राष्ट्रपति कार्यालयमा नाम पुगेसँगै पराजुलीलाई आजै उद्योगमन्त्री नियुक्त गरी पद तथा गोपनीयताको शपथ गराउने तयारी भइरहेको स्रोतको दाबी छ ।

 

२५ भदौ, काठमाडौं ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री  गौरीकुमारी यादवले राजीनामा दिएपछि रिक्त रहेको उद्योग मन्त्रालयको जिम्मेवारी राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीलाई दिने तयारी भएको छ । प्रधानमन्त्री कार्यालयबाट मन्त्री नियुक्तिका लागि पराजुलीको नाम राष्ट्रपति कार्यालयमा पठाइएको स्रोतले जनाएको छ ।

राष्ट्रपति कार्यालयमा नाम पुगेसँगै पराजुलीलाई आजै उद्योगमन्त्री नियुक्त गरी पद तथा गोपनीयताको शपथ गराउने तयारी भइरहेको स्रोतको दाबी छ । यादवले राजीनामा दिएपछि उद्योग मन्त्रालयको जिम्मेवारी कसलाई दिने भन्ने विषयमा प्रधानमन्त्री बालेन्द्र शाहले पार्टीभित्र छलफल गरेका थिए । त्यसक्रममा पराजुलीलाई उद्योगमन्त्री बनाउने निर्णय भएको बताइएको छ । राष्ट्रपति कार्यालयबाट नियुक्तिको औपचारिक प्रक्रिया पूरा भएपछि पराजुलीले उद्योग मन्त्रालयको जिम्मेवारी सम्हाल्नेछन्

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?