राहदानी विभागका महानिर्देशक अर्याल अख्तियारको नियन्त्रणमा
सारांश
- अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई नियन्त्रणमा लिएको छ।
- मंगलबार बिहान नियन्त्रणमा लिएका अर्यालसँग अहिले आयोगको कार्यालय टंगालमा बयान भइरहेको अख्तियार स्रोतले जानकारी दिएको छ।
- राहदानी छपाईको ठेक्काको विषयमा भ्रष्टाचार भएको आरोपमा अख्तियारले अनुसन्धान गरिरहेको छ।
२ असार, काठमाडौं ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई नियन्त्रणमा लिएको छ। मंगलबार बिहान नियन्त्रणमा लिएका अर्यालसँग अहिले आयोगको कार्यालय टंगालमा बयान भइरहेको अख्तियार स्रोतले जानकारी दिएको छ।

राहदानी छपाईको ठेक्काको विषयमा भ्रष्टाचार भएको आरोपमा अख्तियारले अनुसन्धान गरिरहेको छ। त्यही क्रममा अर्याल पनि पक्राउ परेका हुन्। यसअघि नै अख्तियारले राहदानी विभागबाट यससम्बन्धी कागजात नियन्त्रणमा लिइसकेको थियो। कागजात अध्ययन लगतै अर्यालसँग बयान लिन थालेको हो।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया