Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

विशेष महाधिवेशनकाे विराेध गरेका शेखरले गगनसँग लिए भाग

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, माघ ७, २०८२
|
|
३८ पटक हेरिएको
Shares
विशेष महाधिवेशनकाे विराेध गरेका शेखरले गगनसँग लिए भाग

सारांश

  • नेपाली कांग्रेस नयाँ नेतृत्वसँग नेता शेखर कोइरालाले भागवण्डामा टिकट लिएका छन् ।
  • विशेष महाधिवेशनको विरोध गर्दै आएका कोइरालाले निर्वाचन आयोगबाट गगन थापाको नेतृत्वले मान्यता पाएपछि काेशी प्रदेशमा सम्मानजनक सिट संख्या लिएर उम्मेदवारी दिएका हुन् ।
  • १४ औं महाधिवेशनमा शेरबहादुर देउवासँग पराजित भएपछि कोइरालाले पार्टीभित्र प्रतिपक्षीको धारको नेतृत्व गरे ।

७  माघ, विराटनगर ।

नेपाली कांग्रेस नयाँ नेतृत्वसँग नेता शेखर कोइरालाले भागवण्डामा टिकट लिएका छन् । विशेष महाधिवेशनको विरोध गर्दै आएका कोइरालाले निर्वाचन आयोगबाट गगन थापाको नेतृत्वले मान्यता पाएपछि काेशी प्रदेशमा सम्मानजनक सिट संख्या लिएर उम्मेदवारी दिएका हुन् । १४ औं महाधिवेशनमा शेरबहादुर देउवासँग पराजित भएपछि कोइरालाले पार्टीभित्र प्रतिपक्षीको धारको नेतृत्व गरे । सभापति देउवाकाे आलाेचना गर्ने उनले हरेक जिम्मेवारीमा इतर समूहको सहभागिताका लागि अडान राखे ।

आफ्नाे समूहबाट सहभागीता पनि गराए । जेनजी आन्दोलनपछि गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको आवाज उठाउँदा कोइराला बीचमा उभिएका थिए । विशेष महाधिवेशन सुरु हुँदा उनी शेरबहादुर देउवासँगै विराेधमा उभिए । तर, निर्वाचन आयोगले विशेषबाट निर्वाचित नेतृत्वलाई मान्यता दिएपछि उनी नयाँ नेतृत्व स्वीकार गरेर निर्वाचनमा हाेमिए । कांग्रेस नेताहरुका अनुसार मोरङको ६ वटा क्षेत्र मध्ये कोइरालाले आफ्नो भागमा ३ वटा क्षेत्र लिएका छन् । उनी क्षेत्र नम्बर ६ बाट उम्मेदवार छन् । मोरङ क्षेत्र नम्बर– २ मा डाक्टर मिनेन्द्र रिजाल र क्षेत्र नम्बर ३ का उम्मेदवार सुनिल शर्मा उनको समूहका सदस्य हुन् । क्षेत्र नम्बर ४ बाट उम्मेदवार बनेका महामन्त्री गुरुराज घिमिरे पनि कोइराला समूहमा थिए । विशेष महाधिवेशनको बेला उनले कोइराला समूह छाडे । इलाम क्षेत्र नम्बर– २ का उम्मेदवार भेषराज आचार्य पनि कोइराला समूहका हुन् । झापा क्षेत्र नम्बर २ की उम्मेदवार सरिता प्रसाईं डाक्टर कोइराला समूहमा छिन् । झापा क्षेत्र नम्बर १ का उम्मेदवार केशवराज पाण्डे पनि कोइरालासँग नजिक छन् ।

सुनसरी क्षेत्र नम्बर -२ का उम्मेदवार राजिब कोइराला र क्षेत्र नम्बर- ३ का उम्मेदवार विजयकुमार गच्छदार पनि कोइराला समूहका हुन् । सुनसरी क्षेत्र नम्बर ३ मा गगन थापाले विजयका भतिज बेदप्रकाश गच्छदारलाई टिकट दिएका थिए । तर, आफू असुरक्षित हुने देखेपछि शेखर कोइरालाले उनको टिकट रोकेर विजयकुमार गच्छदारलाई नै टिकट दिन लगाए । ‘क्षेत्र नम्बर ३ मा अलिक विवाद भयो, सभापतिले बेद गच्छदारलाई टिकट दिएपछि शेखरदाले प्रतिवाद गर्नुभयो, पछि पार्टीले निर्णय सच्यायो,’ कांग्रेस सुनसरी स्रोत भन्छ,‘ विजयले टिकट नपाएको भए शेखरलाई नै गाह्रो हुन्थ्यो ।’ क्षेत्र नम्बर ६ मा थारुको संख्या बाक्लो छ । कोइरालाको क्षेत्रमा पर्ने बुढीगंगा गाउँपालिकामा रहेको थारु बस्तीमा गच्छदारको पकड राम्रो छ । भोजपुरका उम्मेदवार बालकृष्ण थापा कोइराला समूहका हुन् । कोइराला समूहको दाबी अनुसार उदयपुर १ का उम्मेदवार विदुर बस्नेत र २ का उम्मेदवार रामकुमार राई पनि उनकै समूहका हुन् । सुनसरी क्षेत्र नम्बर १ का उम्मेदवार सुजेन्द्र तामाङ, धनकुटाका दिनेश राई, तेह्रथुमका सन्तोष सुब्बा, संखुवासभाका दीपिनकुमार श्रेष्ठ,पाँचथरका नरेन्द्रकुमार केरूङ,मोरङ १ मा खड्ग फागो सभापति गगन थापा समूहका हुन् । २८ वटा निर्वाचन क्षेत्र रहेको कोशी प्रदेशका अन्य स्थानमा शेरबहादुर देउवा र कृष्ण प्रसाद सिटौला समूहले पनि भागवण्डा गरेका छन् । मंगलबार उम्मेदवारी दर्ताका क्रममा डाक्टर कोइरालाले पार्टीलाई एक ढिक्का बनाउन सहकार्य आवश्यक रहेको बताए । गगन थापाले बैशाखमा नियमित महाधिवेशन गर्ने बताइसकेको बताउँदै उनले सवै विषय मिलिसकेको बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भोलिको संसद् बैठकमा उपस्थित हुन सांसदहरूलाई एमालेको पनि ह्विप
भोलिको संसद् बैठकमा उपस्थित हुन सांसदहरूलाई एमालेको पनि ह्विप
१५ वाम घटकबीचको एकताले रेकर्ड बन्यो, हाम्रो ध्यान एमालेतिर पनि छ : प्रचण्ड
१५ वाम घटकबीचको एकताले रेकर्ड बन्यो, हाम्रो ध्यान एमालेतिर पनि छ : प्रचण्ड
नवलपरासी कारागारमा फर्किए १९ जना कैदी
नवलपरासी कारागारमा फर्किए १९ जना कैदी
मेला हेरेर फर्कँदै गरेका युवक मृ*त अवस्थामा फेला
मेला हेरेर फर्कँदै गरेका युवक मृ*त अवस्थामा फेला
बेपत्ता सुरक्षाकर्मीको खोजीमा एसएसपीको टोली परिचालन, एक जनाको श*व फेला
बेपत्ता सुरक्षाकर्मीको खोजीमा एसएसपीको टोली परिचालन, एक जनाको श*व फेला
सोलु हाईड्रोपावरको आईपीओ आजदेखि सर्वसाधारणका लागि निष्काशन
सोलु हाईड्रोपावरको आईपीओ आजदेखि सर्वसाधारणका लागि निष्काशन
घुससहित पक्राउ परेका जिल्ला अदालत कपिलवस्तुका दुई कर्मचारीविरुद्ध मुद्दा दायर
घुससहित पक्राउ परेका जिल्ला अदालत कपिलवस्तुका दुई कर्मचारीविरुद्ध मुद्दा दायर
अर्थमन्त्रीले गरे क्षतिग्रस्त बुटवल उपमहानगर भवनको अवलोकन
अर्थमन्त्रीले गरे क्षतिग्रस्त बुटवल उपमहानगर भवनको अवलोकन
आजको मौसमः यी स्थानमा भारी वर्षाको सम्भावना
आजको मौसमः यी स्थानमा भारी वर्षाको सम्भावना
राष्ट्रिय दलित पत्रकार संघ बाराले गरे निर्वाचित दलित पत्रकारहरुलाई समान
राष्ट्रिय दलित पत्रकार संघ बाराले गरे निर्वाचित दलित पत्रकारहरुलाई समान