आजको मौसमः यी स्थानमा भारी वर्षाको सम्भावना

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आश्विन २, २०८२
|
|
४१ पटक हेरिएको
Shares
आजको मौसमः यी स्थानमा भारी वर्षाको सम्भावना

सारांश

  •   जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेकोे छ ।
  •   अरब सागर तथा बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ ।
  • अहिले देशका पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको र कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

२ असोज, काठमाडौं । 

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेकोे छ ।  अरब सागर तथा बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ । अहिले देशका पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको र कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

यस्तै,आज दिउँसो देशभर साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भूभागका केही स्थान तथा बाँकी भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेस, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

त्यस्तै, आज राति देशभर साधारणतया बदली रहने छ भने कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा बाँकी भूभागका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना छ । बागमती, मधेश, लुम्बिनी, सुदूरपश्चिम र कोशी प्रदेशका पहाडी तथा तराई भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

देश निर्माणको अभियानमा एकजुट भएर अघि बढ्न मन्त्री घिसिङको आह्वान
देश निर्माणको अभियानमा एकजुट भएर अघि बढ्न मन्त्री घिसिङको आह्वान
विश्वकै सबैभन्दा धेरै प्रदूषित सहर भारतको राजधानी दिल्ली
विश्वकै सबैभन्दा धेरै प्रदूषित सहर भारतको राजधानी दिल्ली
सन्देश स्याङ्वो पहिलो दृष्टिविहिन चेस च्याम्पियन
सन्देश स्याङ्वो पहिलो दृष्टिविहिन चेस च्याम्पियन
पूर्वाधार पुनर्निर्माणसँगै फेरियो विद्यालयको मुहार   
पूर्वाधार पुनर्निर्माणसँगै फेरियो विद्यालयको मुहार   
वेस्ट इन्डिजसँग शृंखलाको अन्तिम खेल खेल्दै नेपाल
वेस्ट इन्डिजसँग शृंखलाको अन्तिम खेल खेल्दै नेपाल
प्रशासन र व्यवसायीबीच ४ बुँदे सहमति पछि जनकपुरधाममा जारी व्यापारीहरुको आन्दोलन स्थगित
प्रशासन र व्यवसायीबीच ४ बुँदे सहमति पछि जनकपुरधाममा जारी व्यापारीहरुको आन्दोलन स्थगित
नचाहिएको विषयमा अत्तो थापेर सदन अवरुद्ध गरिएको छ : प्रधानमन्त्री
नचाहिएको विषयमा अत्तो थापेर सदन अवरुद्ध गरिएको छ : प्रधानमन्त्री
संसद्लाई सरकारको पत्र : कानुन विपरीतका सबै सुविधा फिर्ता गराउनू
संसद्लाई सरकारको पत्र : कानुन विपरीतका सबै सुविधा फिर्ता गराउनू
मन्त्री घिसिङद्वारा निर्माणाधीन कमला नदी पुलको अनुगमन
मन्त्री घिसिङद्वारा निर्माणाधीन कमला नदी पुलको अनुगमन
अमेरिकाविरुद्ध दिपेन्द्रको अर्ध सतक
अमेरिकाविरुद्ध दिपेन्द्रको अर्ध सतक