आगलागीमा तार जलेपछि बाजुराका तीन पालिकामा इन्टरनेट सेवा अवरुद्ध

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, जेठ २४, २०८२
|
|
२८ पटक हेरिएको
Shares
आगलागीमा तार जलेपछि बाजुराका तीन पालिकामा इन्टरनेट सेवा अवरुद्ध

सारांश

  • जिल्लाको बूढीगङ्गा नगरपालिका–६ मा पर्ने बाम्का बजारमा एक होटलमा खाना पकाउने ग्यासको सिलिण्डर पड्किएर आगलागी भएपछि यहाँको इन्टरनेट सेवा अवरुद्ध भएको छ ।
  • साँफे–मार्तडी राजमार्गमा पर्ने बाम्का बजारमा शुक्रबार नवदुर्गा होटलमा ग्यास पड्किएर आगलागी हुँदा इन्टरनेटको तार जलेपछि सेवा अवरुद्ध भएको नेपाल टेलिकम बाजुरा शाखाले जनाएको छ ।
  • बाम्का बजारमा आगलागी भएपछि विद्युत्को तारसँगै इन्टरनेटको पनि जलेको नेपाल टेलिकम बाजुराका प्राविधिक गङ्गाराम जैशीले बताए ।

२४ जेठ,बाजुरा ।

जिल्लाको बूढीगङ्गा नगरपालिका–६ मा पर्ने बाम्का बजारमा एक होटलमा खाना पकाउने ग्यासको सिलिण्डर पड्किएर आगलागी भएपछि यहाँको इन्टरनेट सेवा अवरुद्ध भएको छ । साँफे–मार्तडी राजमार्गमा पर्ने बाम्का बजारमा शुक्रबार नवदुर्गा होटलमा ग्यास पड्किएर आगलागी हुँदा इन्टरनेटको तार जलेपछि सेवा अवरुद्ध भएको नेपाल टेलिकम बाजुरा शाखाले जनाएको छ ।

बाम्का बजारमा आगलागी भएपछि विद्युत्को तारसँगै इन्टरनेटको पनि जलेको नेपाल टेलिकम बाजुराका प्राविधिक गङ्गाराम जैशीले बताए । उनका अनुसार टेलिकमको तार जलेको डडेल्धुरामा खबर गरिसकेको छ । मर्मत टोली आइतबारसम्म आइपुग्ने टेलिकमका प्राविधिक जैशीले बताए ।  त्रिवेणी नगरपालिका र बूढीगङ्गा नगरपालिकामा विस्तार गरिएका तार जलेर नष्ट भएको छ भने मार्तडीको इन्टरनेटमा पनि खराबी आएका कारण इन्टरनेट सेवा सञ्चालन हुन नसकेको जैशीको भनाइ रहेको छ ।  इन्टरनेट सेवा अवरुद्ध हुँदा जिल्लाका सञ्चारमाध्यम र सरकारी तथा वित्तीय संस्थाहरूको काम प्रभावित बनेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा रङ्गशाला बनाइँदै
क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा रङ्गशाला बनाइँदै
अल्लु अर्जुनको ‘पुष्पा २’ अहिले निकै चर्चामा
अल्लु अर्जुनको ‘पुष्पा २’ अहिले निकै चर्चामा
कुलमानसहित यी तीन नयाँ मन्त्रीले आज शपथ लिँदै
कुलमानसहित यी तीन नयाँ मन्त्रीले आज शपथ लिँदै
शिक्षकका माग सम्बोधन गर्न अर्थ, गृह र शिक्षामन्त्रीको बैठक
शिक्षकका माग सम्बोधन गर्न अर्थ, गृह र शिक्षामन्त्रीको बैठक
आज राष्ट्रिय कर दिवस मनाइँदै
आज राष्ट्रिय कर दिवस मनाइँदै
गणतन्त्रको विकल्प अझ समुन्नत गणतन्त्र हो : प्रचण्ड
गणतन्त्रको विकल्प अझ समुन्नत गणतन्त्र हो : प्रचण्ड
देशलाई थप अस्थिरतातर्फ नधकेल्न निर्वाचनको विकल्प छैन :गृहमन्त्री अर्याल
देशलाई थप अस्थिरतातर्फ नधकेल्न निर्वाचनको विकल्प छैन :गृहमन्त्री अर्याल
माओवादी स्थायी समिति : सुरु भयो दोस्रो दिनको बैठक
माओवादी स्थायी समिति : सुरु भयो दोस्रो दिनको बैठक
सुनको मूल्य बढ्दा चाँदीको मूल्य घट्यो
सुनको मूल्य बढ्दा चाँदीको मूल्य घट्यो
निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन प्रहरी कर्मचारीले निर्वाह गरेको भूमिका प्रशंसनीय : प्रहरी महानिरीक्षक कार्की
निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन प्रहरी कर्मचारीले निर्वाह गरेको भूमिका प्रशंसनीय : प्रहरी महानिरीक्षक कार्की