सरकारले भ्रष्टाचारीलाई जोगाउने काम गरिरहेको छ : प्रचण्ड

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, माघ १५, २०८१
|
|
४० पटक हेरिएको
Shares
सरकारले भ्रष्टाचारीलाई जोगाउने काम गरिरहेको छ : प्रचण्ड

सारांश

  • मंगलबार समाजवादी मोर्चाले काठमाडौंमा गरेको विचार सभामा पूर्वप्रधानमन्त्री समेत रहेका दाहालले अहिलेको सरकारले आफ्नालाई बचाउने र राजनीतिक विरोधीमाथि प्रतिशोध साँध्ने काम गरिरहेको बताए ।
  • ‘सकारले जनताको इच्छाविपरीत र राष्ट्रविरोधी क्रियाकलापहरू र देशमा आर्थिक संकट बढाउनका लागि काम गरेको छ, भ्रष्टाचारीलाई बचाउने जो काम गरेको छ’, प्रचण्डले भने, ‘आफ्नालाई बचाउने र राजनीतिक विरोधीमाथि प्रतिशोध साँध्ने जुन काम भएको छ, त्यसको बारेमा विपक्षी दलहरूलाई सामूहिक रूपले अगाडि बढाउने कोसिस पनि हामीले गरेका छौं ।
  • ’ उनले सरकारले अध्यादेशहरू अलोकतान्त्रिक र निरङ्कुश तरिकाले ल्याएको दोहोर्‍याए ।

 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले भ्रष्टाचारीलाई जोगाइरहेको टिप्पणी गरेका छन् । मंगलबार समाजवादी मोर्चाले काठमाडौंमा गरेको विचार सभामा पूर्वप्रधानमन्त्री समेत रहेका दाहालले अहिलेको सरकारले आफ्नालाई बचाउने र राजनीतिक विरोधीमाथि प्रतिशोध साँध्ने काम गरिरहेको बताए ।

‘सकारले जनताको इच्छाविपरीत र राष्ट्रविरोधी क्रियाकलापहरू र देशमा आर्थिक संकट बढाउनका लागि काम गरेको छ, भ्रष्टाचारीलाई बचाउने जो काम गरेको छ’, प्रचण्डले भने, ‘आफ्नालाई बचाउने र राजनीतिक विरोधीमाथि प्रतिशोध साँध्ने जुन काम भएको छ, त्यसको बारेमा विपक्षी दलहरूलाई सामूहिक रूपले अगाडि बढाउने कोसिस पनि हामीले गरेका छौं ।’ उनले सरकारले अध्यादेशहरू अलोकतान्त्रिक र निरङ्कुश तरिकाले ल्याएको दोहोर्‍याए । आफैंले भन्ने गरेको मान्यताविपरीत सदनमा भएको विधेयक समेत फिर्ता नलिइकन जबर्जस्ती अध्यादेश ल्याइएको प्रचण्डको टिप्पणी छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?