धनगढीमा आगलागी, अस्पतालसहित ८ वटा पसलमा क्षति

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, मंसिर २, २०८०
|
|
३४ पटक हेरिएको
Shares
धनगढीमा आगलागी, अस्पतालसहित ८ वटा पसलमा क्षति

सारांश

  • धनगढीमा विद्युत सर्ट भएर आगलागी भएको छ ।
  • धनगढीको मुख्य बजारमा रहेको खाद्य संस्थानको भवनमा रहेको सारथी अस्पतालसहितका पसलमा शुक्रबार राति करिब १ बजेतिर आगलागी भएको प्रहरीले जनाएको छ ।
  • कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) देवेन्द्र पालले विद्युत सर्ट भएर आगलागी हुँदा सारथी अस्पताल, भण्डारी सुज सेन्टरलगायतका पसलमा क्षति पुगेको जानकारी दिए ।

२ मंसिर, धनगढी । धनगढीमा विद्युत सर्ट भएर आगलागी भएको छ ।

धनगढीको मुख्य बजारमा रहेको खाद्य संस्थानको भवनमा रहेको सारथी अस्पतालसहितका पसलमा शुक्रबार राति करिब १ बजेतिर आगलागी भएको प्रहरीले जनाएको छ । कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) देवेन्द्र पालले विद्युत सर्ट भएर आगलागी हुँदा सारथी अस्पताल, भण्डारी सुज सेन्टरलगायतका पसलमा क्षति पुगेको जानकारी दिए ।

स्थानीय दलबहादुर भण्डारीले सञ्चालन गरेको सुज सेन्टरमा एक्कासी विद्युत सर्ट भएर आगलागी भएको बताउँदै एसपी पालले धनगढी, गोदावरी र पुर्नवास नगरपालिकाका चार वटा दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको बताए । आगो नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय कैलालीसहित नेपाली सेनाको तेघरी ब्यारेक र सशस्त्र प्रहरीको ३४ नम्बर गण कैलालीको टोलीसमेत परिचालन गरिएको थियो । आगलागीबाट सारथी अस्पताल र भण्डारी सुज सेन्टरसँग जोडिएका अन्य ८ वटा पसलमा समेत क्षति भएको छ । क्षतिको यकिन विवरण प्राप्त नभएको प्रहरीले जनाएको छ ।

 क्षति भएका पसलहरू –

१. दलबहादुर भण्डारीले संचालन गरेको भण्डारी जनरल स्टोर एण्ड सु-सेन्टर (जुत्ता चप्पलको होलसेल गोदाम)
२. टेकेन्द्र शर्माले संचालन गरेको मधुमाला देवी सप (बेवी सपको गोदाम)
३. बासुदेव भट्टले संचालन गरेको भट्ट सपिङ्ग सेन्टर (ब्याग हाउस)
४. जगतबहादुर बलायरले संचालन गरेको सुभिक्षादेवी सपिङ्उ सेन्टर (कपडाको गोदाम)
५. यसोदा साउदले संचालन गरेको न्यु सदीक्षा इन्टरप्राईजेजी(कपडा,जुत्ता,व्यागको गोदाम)
६. गौरी भण्डारीले संचालन गरेको भण्डारी सु-सेन्टर (जुत्ता चप्पलको गोदाम)
७. सारथी अस्पताल कैलाली
८. जानकी भट्टले संचालन गरेको भट्ट ट्रेडर्स एण्ड सप्लायर्स (व्याग हाउस)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सर्लाहीमा आयुर्वेद स्वास्थ्यकर्मी समाजको नयाँ नेतृत्व चयन
सर्लाहीमा आयुर्वेद स्वास्थ्यकर्मी समाजको नयाँ नेतृत्व चयन
धनुषामा विष सेवनबाट तीन बालबालिकाको मृ*त्यु, आमा गम्भीर
धनुषामा विष सेवनबाट तीन बालबालिकाको मृ*त्यु, आमा गम्भीर
१ हप्तामा ३५ जनालाई कोरोना संक्रमण
१ हप्तामा ३५ जनालाई कोरोना संक्रमण
महतो चुनावी मैदानमा सक्रिय, जनताको उल्लेखनीय सहभागिता
झापामा दुर्घटनामा परी घाइते दुईजनाको मृत्यु
झापामा दुर्घटनामा परी घाइते दुईजनाको मृत्यु
‘प्रचण्ड’की छोरी गंगा दाहालको घरमा जलिसकेको अवस्थामा एक जनाको श*व फेला
‘प्रचण्ड’की छोरी गंगा दाहालको घरमा जलिसकेको अवस्थामा एक जनाको श*व फेला
सार्वजनिक जग्गा संरक्षणमा लाग्न गृह मन्त्रालयको निर्देशन
सार्वजनिक जग्गा संरक्षणमा लाग्न गृह मन्त्रालयको निर्देशन
नयाँ शैक्षिक सत्र प्रारम्भ भएपछि मात्र विद्यार्थी भर्ना गर्न शिक्षा मन्त्रालयको आग्रह
नयाँ शैक्षिक सत्र प्रारम्भ भएपछि मात्र विद्यार्थी भर्ना गर्न शिक्षा मन्त्रालयको आग्रह
बलात्कार आरोपमा वैदेशिक रोजगार विभागका कर्मचारी पक्राउ
बलात्कार आरोपमा वैदेशिक रोजगार विभागका कर्मचारी पक्राउ
बाढीले अस्तव्यस्त चितवन, करिब ३ सय जनाको उद्धार
बाढीले अस्तव्यस्त चितवन, करिब ३ सय जनाको उद्धार