चितवनमा दाना उद्योगको पर्खाल भत्किँदा ३ जनाको मृ*त्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, आश्विन २९, २०८२
|
|
३० पटक हेरिएको
Shares
  चितवनमा दाना उद्योगको पर्खाल भत्किँदा ३ जनाको मृ*त्यु

सारांश

  •    चितवनको रत्ननगर नगरपालिका वडा नं.
  • १२ शान्तिकुञ्ज टोलमा किसान दाना उद्योगको पर्खाल भत्किँदा ३ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।
  • आज बिहान दाना उद्योगको पर्खाल भत्किँदा उद्योगमा काम गर्ने ३ जना मजदुरको मृत्यु भएको हो ।

२९ असोज, चितवन ।  

चितवनको रत्ननगर नगरपालिका वडा नं. १२ शान्तिकुञ्ज टोलमा किसान दाना उद्योगको पर्खाल भत्किँदा ३ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । आज बिहान दाना उद्योगको पर्खाल भत्किँदा उद्योगमा काम गर्ने ३ जना मजदुरको मृत्यु भएको हो । उनीहरुको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा चितवन खैरहनी नगरपालिका वडा नं. २ का ४५ वर्षका शुकराम दराई, गोरखा घर भई रत्ननगर १२ बस्ने ५४ वर्षका रेशम दराई र रत्ननगर नगरपालिका वडा नं. १२ बस्ने ४५ वर्षका कमल गुरुङछन् । सो घटनामा पर्सा जिल्ला घर भई रत्ननगर नगरपालिका १२ बस्ने वर्ष ३९ का जितेन्द्र महतो र पर्सा जिल्ला घर भई रत्ननगर १२ नै बस्ने ४० वर्षका अंकजप्रसाद थारु घाइते भएका छन् । उनीहरु दुवैको चितवन मेडिकल कलेजमा उपचार भैरहेको छ । इलाका प्रहरी कार्यालय रत्ननगरका डिएसपी सुवास भट्टका अनुसार दाना उद्योग भित्रको पार्टिसन गरेको १० इन्च बाक्लो इँट्टाको गाह्रो अचानक भत्किएर घटना भएको हो । यसमा बारेमा थप अनुसन्धान भैरहेको उनले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यस्तो छ तपाइको आजको राशिफल
यस्तो छ तपाइको आजको राशिफल
संसद सचिवालयका कर्मचारीमाथि आफ्नै सहकर्मीले गरे हातपात
संसद सचिवालयका कर्मचारीमाथि आफ्नै सहकर्मीले गरे हातपात
बाल मन्दिर प्रकरण : विकासमन्त्री प्रकाशमान सिंहकी दिदी रीता सिंहसहित १७ जनाविरुद्ध मुद्दा दर्ता
बाल मन्दिर प्रकरण : विकासमन्त्री प्रकाशमान सिंहकी दिदी रीता सिंहसहित १७ जनाविरुद्ध मुद्दा दर्ता
शिक्षक बढुवा तीन प्रकारले गर्ने प्रस्ताव पारित
शिक्षक बढुवा तीन प्रकारले गर्ने प्रस्ताव पारित
दुईवटा संसदीय समितिको बैठक बस्दै
दुईवटा संसदीय समितिको बैठक बस्दै
परराष्ट्रमन्त्री राणा र ओमानका विदेशमन्त्री अल बुसाइदीबीच द्विपक्षीय भेटवार्ता
परराष्ट्रमन्त्री राणा र ओमानका विदेशमन्त्री अल बुसाइदीबीच द्विपक्षीय भेटवार्ता
बूढानीलकण्ठमा प्रहरीको छापा : २४ भारतीय पक्राउ, डेढ अर्बको अनलाइन जुवा कारोबार
बूढानीलकण्ठमा प्रहरीको छापा : २४ भारतीय पक्राउ, डेढ अर्बको अनलाइन जुवा कारोबार
भ्रष्टाचारीहरूको लर्कोमा मलाई नजोड्नुहोला : बाबुराम भट्टराई
भ्रष्टाचारीहरूको लर्कोमा मलाई नजोड्नुहोला : बाबुराम भट्टराई
संसद पुनर्स्थापना रोजेर महाधिवेशन ढिलो गरे कांग्रेसलाई प्रत्युत्पादक हुन्छ : प्रदीप पौडेल
संसद पुनर्स्थापना रोजेर महाधिवेशन ढिलो गरे कांग्रेसलाई प्रत्युत्पादक हुन्छ : प्रदीप पौडेल
इरानमा सर्वोच्च अदालतका दुई न्यायाधीशको गोली हानी हत्या
इरानमा सर्वोच्च अदालतका दुई न्यायाधीशको गोली हानी हत्या