Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

प्रधानमन्त्रीलाई गगनको सुझाव : डुल्न-घुम्न छाड्नुस्, काम गर्नुस्

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, चैत्र २७, २०८१
|
|
४५ पटक हेरिएको
Shares
प्रधानमन्त्रीलाई गगनको सुझाव : डुल्न-घुम्न छाड्नुस्, काम गर्नुस्

सारांश

  • नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई उद्घाटन र भाषणमा समय खेर नफाल्न सुझाव दिएका छन् ।
  • प्रधानमन्त्री ओली उद्घाटन र भाषणका लागि डुल्ने-घुम्ने काममा भुल्दा सरकारको कामको गति कम भएको उनको तर्क थियो ।
  • रुपन्देहीको देवदहमा पार्टीले बुधबार गरेको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले सरकारको कामको गति नपुगेको भन्दै युद्धको मनोविज्ञान लिएर काम गर्न प्रधानमन्त्री-मन्त्रीहरूलाई सुझाव दिए ।

 

२७ चैत, काठमाडौं ।

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई उद्घाटन र भाषणमा समय खेर नफाल्न सुझाव दिएका छन् । प्रधानमन्त्री ओली उद्घाटन र भाषणका लागि डुल्ने-घुम्ने काममा भुल्दा सरकारको कामको गति कम भएको उनको तर्क थियो । रुपन्देहीको देवदहमा पार्टीले बुधबार गरेको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले सरकारको कामको गति नपुगेको भन्दै युद्धको मनोविज्ञान लिएर काम गर्न प्रधानमन्त्री-मन्त्रीहरूलाई सुझाव दिए ।

‘सरकारको कामको गति पुगेन । हामी भन्छौं सरकारलाई- तिमी युद्धको मनोविज्ञानले काम गर । १८ घण्टा काम गर, २० घण्टा काम गर, उद्घाटनमा नजाऔ । काहीँ भाषण गर्न नजाऔ,’ महामन्त्री थापाले भने, ‘प्रधानमन्त्री अहिले डुलेको देख्छु, मन्त्रीहरू घुमेको देख्छु, मेरो सम्मानपूर्वक उहाँहरूलाई अनुरोध छ, तपाईंहरू डुल्ने-घुम्ने काम छाड्नुस् । तपाईंहरू काम गर्नुस् । त्यो कामको प्रचारप्रसार गर्ने काम हामीहरू गरिहाल्छौं ।’ शिक्षकका माग बेलैमा सम्बोधन गरेको भए उनीहरू सडकमा आउने थिएनन् भन्दै थापाले ठिक ढंगले माग सम्बोधन गर्न आग्रह गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जेनजी युवाहरुबीचको विवादका कारण राष्ट्रपतिसँगको छलफल अनिश्चित
जेनजी युवाहरुबीचको विवादका कारण राष्ट्रपतिसँगको छलफल अनिश्चित
ट्रान्सफर्मर मर्मत गर्ने क्रममा करेन्ट लागेर विद्युतका कर्मचारीको मृ*त्यु
ट्रान्सफर्मर मर्मत गर्ने क्रममा करेन्ट लागेर विद्युतका कर्मचारीको मृ*त्यु
१३ हजार घुससहित नापी कार्यालय कलंकीका कर्मचारी नियन्त्रणमा
१३ हजार घुससहित नापी कार्यालय कलंकीका कर्मचारी नियन्त्रणमा
बार निर्वाचनः मतगणना सुरू हुँदै
बार निर्वाचनः मतगणना सुरू हुँदै
पोर्चुगल पठाउने भन्दै ५ लाख ३५ हजार ठगेर फरार २७ वर्षीया युवती पक्राउ
पोर्चुगल पठाउने भन्दै ५ लाख ३५ हजार ठगेर फरार २७ वर्षीया युवती पक्राउ
रास्वपा महाधिवेशनमा नेकपाबाट वर्षमान पुन जाने
रास्वपा महाधिवेशनमा नेकपाबाट वर्षमान पुन जाने
घट्यो सुनचाँदीको भाउ, तोलाको कतिमा हुँदैछ कारोबार ?
घट्यो सुनचाँदीको भाउ, तोलाको कतिमा हुँदैछ कारोबार ?
शिक्षा विधेयक टुंगोमा पुर्‍याउन गम्भीर छु : शिक्षामन्त्री
शिक्षा विधेयक टुंगोमा पुर्‍याउन गम्भीर छु : शिक्षामन्त्री
धर्मलाई राजतीनिक अभिष्ट पूरा गर्न प्रयोग गर्नुहुन्नः गृहमन्त्री लेखक
धर्मलाई राजतीनिक अभिष्ट पूरा गर्न प्रयोग गर्नुहुन्नः गृहमन्त्री लेखक
एनपीएलका लागि सुदूरपश्चिमले रिटेन गर्‍यो ६ खेलाडी
एनपीएलका लागि सुदूरपश्चिमले रिटेन गर्‍यो ६ खेलाडी