चर्चित भारतिय फिल्म निर्देशक राजामौलीविरुद्ध प्रहरीमा उजुरी

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, मंसिर ३, २०८२
|
|
४१ पटक हेरिएको
Shares
चर्चित भारतिय फिल्म निर्देशक राजामौलीविरुद्ध प्रहरीमा उजुरी

सारांश

  •   भारतका चर्चित फिल्म निर्माता एस.
  • एस.
  • राजामौली विरुद्ध प्रहरीमा उजुरी परेको छ ।

३ मंसिर, काठमाडौं । 

भारतका चर्चित फिल्म निर्माता एस.एस. राजामौली विरुद्ध प्रहरीमा उजुरी परेको छ । हैदराबादमा आयोजित एक फिल्म प्रमोशन कार्यक्रममा उनले भगवान् हनुमानबारे दिएको कथित टिप्पणी मार्फत हिन्दूहरुको धार्मिक भावनामा आघात पु¥याएको आरोपमा उनि विरुद्ध प्रहरीमा उजुरी परेको हो । वानर सेना संगठनले राजामौली विरुद्ध उजुरी दर्ता गरेको प्रहरीले जनाएको हो ।

राजामौलीले नोभेम्बर १५ मा आफ्नो आगामी फिल्म ‘वाराणसी’ का लागि आयोजित ‘ग्लोब ट्रोटर’ कार्यक्रममा सहभागिता जनाएका थिए । सोही अवसरमा आएको प्राविधिक समस्या बीच उनले “म सूर्यामि भगवान् हनुमानमा विश्वास गर्दिनँ” भन्ने अभिव्यक्ति दिएको दाबी उजुरीमा गरिएको छ । सारूरनगर प्रहरी कार्यालयका एक अधिकारीका अनुसार वानर सेनाले उजुरी दायर गरे पनि अहिलेसम्म मुद्दा दर्ता गरिएको छैन । “हामीले उजुरी प्राप्त गरेका छौँ र यस विषयमा आवश्यक अनुसन्धान भइरहेको छ,” प्रहरी अधिकारीले बताए ।

हजारौँ दर्शक उपस्थित रहेको सो कार्यक्रममा पहिलो पटक ‘वाराणसी’ को टिजर, महेश बाबुको पहिलो झलक तथा फिल्मको शीर्षक सार्वजनिक गरिएको थियो । कार्यक्रममा महेश बाबु, पृथ्वीराज सुकोमरन र प्रियंका चोपडासहित फिल्मका मुख्य कलाकारहरूको उपस्थिति थियो । फिल्ममा प्रियंका चोपडा ‘मन्दाकिनी’ को भूमिकामा र पृथ्वीराज ‘कुम्भ’ को भूमिकामा देखिनेछन् । ‘वाराणसी’ फिल्म सन् २०२७ को मकर सङ्क्रान्तिमा प्रदर्शनमा आउने तय गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यस्तो छ तपाईको आजको राशिफल
यस्तो छ तपाईको आजको राशिफल
कार्की आयोग निष्पक्ष छानबिनका लागि नबनेको पुष्टि भयो : शंकर पोखरेल
कार्की आयोग निष्पक्ष छानबिनका लागि नबनेको पुष्टि भयो : शंकर पोखरेल
हिजो तोलामा २३ सय बढेको सुनको मूल्य आज पनि बढ्यो, चाँदी पनि महँगियो
हिजो तोलामा २३ सय बढेको सुनको मूल्य आज पनि बढ्यो, चाँदी पनि महँगियो
मधेशमा मन्त्री बनेकी बिच्छालाई कारबाहीबारे निर्णय गर्न राप्रपाको बैठक बस्दै
मधेशमा मन्त्री बनेकी बिच्छालाई कारबाहीबारे निर्णय गर्न राप्रपाको बैठक बस्दै
भ्रष्टाचार गर्नका लागि वैदेशिक ऋण लिने काम नगरौँः सांसद सिंह
भ्रष्टाचार गर्नका लागि वैदेशिक ऋण लिने काम नगरौँः सांसद सिंह
ऊर्जामन्त्री घिसिङले गरे पदभार ग्रहण, विद्युत् प्राधिकरणको वक्यौता रकम उठाउने पहिलो निर्णय
ऊर्जामन्त्री घिसिङले गरे पदभार ग्रहण, विद्युत् प्राधिकरणको वक्यौता रकम उठाउने पहिलो निर्णय
कांग्रेसको संस्थापनइतर समूहको बैठक आजदेखि
कांग्रेसको संस्थापनइतर समूहको बैठक आजदेखि
मनसुन कमजोर भएपछि धान रोपाइँ साढे तीन प्रतिशतले घट्यो
मनसुन कमजोर भएपछि धान रोपाइँ साढे तीन प्रतिशतले घट्यो
रास्वपाको केन्द्रीय समितिको बैठक आज बस्ने
रास्वपाको केन्द्रीय समितिको बैठक आज बस्ने
रौतहटमा दुर्गा मेलाबाट पेस्तोलसहित एकजना पक्राउ
रौतहटमा दुर्गा मेलाबाट पेस्तोलसहित एकजना पक्राउ