Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

राष्ट्रिय सभाबाट दुई विधेयक पारित

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, आषाढ २०, २०८२
|
|
३४ पटक हेरिएको
Shares
राष्ट्रिय सभाबाट दुई विधेयक पारित

सारांश

  • राष्ट्रिय सभाबाट बजेट आश्रित दुई विधेयक पारित भएका छन्।
  • सभाको आजको बैठकबाट आर्थिक विधेयक, २०८२ र राष्ट्र ऋण उठाउने विधेयक, २०८२ पारित भएका हुन्।
  • राष्ट्रिय सभाले ती विधेयक पारित गरी प्रतिनिधि सभामा पठाएको छ।

२० असार, काठमाडौं ।

राष्ट्रिय सभाबाट बजेट आश्रित दुई विधेयक पारित भएका छन्। सभाको आजको बैठकबाट आर्थिक विधेयक, २०८२ र राष्ट्र ऋण उठाउने विधेयक, २०८२ पारित भएका हुन्। राष्ट्रिय सभाले ती विधेयक पारित गरी प्रतिनिधि सभामा पठाएको छ। बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक, २०८२ र राष्ट्र ऋण उठाउने विधेयकलाई सुझावबिना पारित गरी प्रतिनिधि सभामा फिर्ता पठाइयोस् भनी प्रस्ताव राखेका थिए। उक्त प्रस्तावलाई सभाले बहुमतले पारित गरेको हो।

त्यसअघि आर्थिक विधेयकमाथिको दफावार छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै उपप्रधानमन्त्री पौडेलले सुन कारोबारलाई पारदर्शी बनाउँदै यससम्बन्धी अन्तरराष्ट्रिय समुदायबाट व्यक्त चासो सम्बोधन गर्न सुनका गहनामा विलासी कर लगाउने निर्णय गरिएको स्पष्ट पारे। ‘नेपाललाई ग्रे लिष्टबाट बाहिर निकाल्न नीतिगत र कानुनी सुधार आवश्यक छ। यसबाट पर्न सक्ने असर कम गर्न नीतिगत व्यवस्था गरिएको हो। यसबाट सुनको कारोबार पारदर्शी हुनेछ, कारोबारलाई करको दायरामा ल्याउँछ, अवैध कारोबार अन्त्य हुन्छ’, उनले भने।

राष्ट्र ऋण उठाउने विधेयकमाथिको दफावार छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उपप्रधानमन्त्री पौडेलले विनियोजन, राजस्व अनुमान, अन्तरराष्ट्रिय सहयोग, आन्तरिक ऋणलगायत आधारमा आगामी आवको बजेट उत्कृष्ट साबित भएको जिकिर गरे। उनले आन्तरिक ऋण उत्पादन र उत्पादकत्व वृद्धि तथा पुँजीगत खर्चका निम्ति परिचालित हुने विश्वास दिलाए। सभाले ती विधेयकका सम्बन्धमा सांसदहरूले राखेका सुझाव बहुमतले अस्वीकृत गरेको थियो। राष्ट्रिय सभाको अर्को बैठक यही असार २४ गते मंगलबार दिउसो १:१५ बजे बस्नेछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्वकीय सचिव कटौतीले सरकार र संसद्‌बीच बढ्‌यो टकराव
स्वकीय सचिव कटौतीले सरकार र संसद्‌बीच बढ्‌यो टकराव
काठमाडौं ३ मा कुलमानको घरदैलो, मतदाताहरू परिवर्तनको पक्षमा रहेको दाबी
काठमाडौं ३ मा कुलमानको घरदैलो, मतदाताहरू परिवर्तनको पक्षमा रहेको दाबी
सगरमाथा आधार शिविरमा गृहमन्त्री : सुरक्षा र उद्धारमा प्रतिबद्धता
सगरमाथा आधार शिविरमा गृहमन्त्री : सुरक्षा र उद्धारमा प्रतिबद्धता
ललितपुरमा ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु
ललितपुरमा ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु
लागू औषधसहित चार जना पक्राउ
लागू औषधसहित चार जना पक्राउ
भदौ १५ गते देशभर श्रद्धाञ्जली कार्यक्रम गर्दै जनमत पार्टी
भदौ १५ गते देशभर श्रद्धाञ्जली कार्यक्रम गर्दै जनमत पार्टी
जम्मु-कश्मीरको प्रहरी कार्यालयमा विस्फोट हुँदा मारिनेको संख्या ९ पुग्यो
जम्मु-कश्मीरको प्रहरी कार्यालयमा विस्फोट हुँदा मारिनेको संख्या ९ पुग्यो
रास्वपाले माग्यो सांसदहरूलाई स्वकीय सचिव
रास्वपाले माग्यो सांसदहरूलाई स्वकीय सचिव
बीपीको सालिकमा कालोमोसो दलेकोमा एमाले महासचिवको आपत्ति
बीपीको सालिकमा कालोमोसो दलेकोमा एमाले महासचिवको आपत्ति
विरोधीहरू एमाले र कांग्रेसको सहकार्य भड्काउने खेलमा छन्ः प्रधानमन्त्री ओली
विरोधीहरू एमाले र कांग्रेसको सहकार्य भड्काउने खेलमा छन्ः प्रधानमन्त्री ओली