Press 4K
सोमबार, १० कार्तिक २०८३
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

लागू औषधसहित चार जना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, चैत्र २६, २०८२
|
|
२३५ पटक हेरिएको
Shares
लागू औषधसहित चार जना पक्राउ

सारांश

  • काठमाडौं महानगरपालिका-९ भत्केकोपुलबाट नियन्त्रित लागूऔषध डाइजेपाम १ हजार ७० एम्पुल, नोर्फिन १ हजार ११५ एम्पुल र फेनारगन १ हजार ८० एम्पुल सहित सोही ठाउँ डेरा गरी बस्ने सप्तरी घर भएका ४२ वर्षीय सन्तोष कुँवरलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
  • जिल्ला प्रहरी परिसर काठमाडौं समेतबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।
  • साथै थप अनुसन्धानको क्रममा सोही महानगरपालिका-९ गैरीगाउँस्थित उनकै डेरा कोठातलासी गर्दा नगद ३ लाख ११ हजार ५५०, विभिन्न देशका मुद्राहरू र सुन जस्तो देखिने धातुका विभिन्न गरगहनाहरू समेत फेला पारी प्रहरीले बरामद गरेको छ ।

 

२६ चैत,काठमाडौं ।

काठमाडौं महानगरपालिका-९ भत्केकोपुलबाट नियन्त्रित लागूऔषध डाइजेपाम १ हजार ७० एम्पुल, नोर्फिन १ हजार ११५ एम्पुल र फेनारगन १ हजार ८० एम्पुल सहित सोही ठाउँ डेरा गरी बस्ने सप्तरी घर भएका ४२ वर्षीय सन्तोष कुँवरलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौं समेतबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा सोही महानगरपालिका-९ गैरीगाउँस्थित उनकै डेरा कोठातलासी गर्दा नगद ३ लाख ११ हजार ५५०, विभिन्न देशका मुद्राहरू र सुन जस्तो देखिने धातुका विभिन्न गरगहनाहरू समेत फेला पारी प्रहरीले बरामद गरेको छ ।

तनहुँको आँबुखैरेनी गाउँपालिका-४ बेनिटारबाट नियन्त्रित लागूऔषध डाइजेपाम ६९ एम्पुल, फेनारगन ६६ एम्पुल र बुप्रेनोर्फिन ६५ एम्पुलसहित २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कास्की पोखरा महानगरपालिका-१२ बस्ने ३१ वर्षीय सुरज गुरूङ र काठमाडौं गौशाला बस्ने २३ वर्षीय प्रेम सार्की रहेका छन् । अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरीले भैरहवाबाट पोखरातर्फ आउँदै गरेको लु२ ख १४०५ नम्बरको बसमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

भक्तपुर, भक्तपुर नगरपालिका-८ लिवालीबाट नियन्त्रित लागूऔषध नोर्फिन ९६ एम्पुल, डाइजेपाम ९८ एम्पुल, फेनारगन ९१ एम्पुल र टेन्टाडोल ५४ ट्याब्लेट सहित भक्तपुर लिवाली बस्ने भक्तपुर नगरपालिका-१ दुधपाटी घर भएका ३७ वर्षीय राजु कर्मचार्यलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भूकम्प प्रभावित क्षेत्रमा प्रयोग भएका जहाज र हेलिकप्टरको इन्धन खर्च आयल निगमले बेहोर्ने
भूकम्प प्रभावित क्षेत्रमा प्रयोग भएका जहाज र हेलिकप्टरको इन्धन खर्च आयल निगमले बेहोर्ने
प्रतिनिधिसभाको बैठक बस्दै
प्रतिनिधिसभाको बैठक बस्दै
पार्टी एकताबारे प्रचण्ड : बाबुरामको दिमागै छैन, के एकता गर्नु
पार्टी एकताबारे प्रचण्ड : बाबुरामको दिमागै छैन, के एकता गर्नु
तमिलनाडुमा अभिनेता थालापति विजय मुख्यमन्त्री बन्दै
तमिलनाडुमा अभिनेता थालापति विजय मुख्यमन्त्री बन्दै
चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको तलब तत्काल भुक्तानी गर्न मुख्यमन्त्रीको सिंहको निर्देशन
चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको तलब तत्काल भुक्तानी गर्न मुख्यमन्त्रीको सिंहको निर्देशन
स्ववियु निर्वाचनलाई शान्तिपूर्ण बनाउन प्रहरीलाई गृहमन्त्रीको निर्देशन
स्ववियु निर्वाचनलाई शान्तिपूर्ण बनाउन प्रहरीलाई गृहमन्त्रीको निर्देशन
पहिरोले कालिगण्डकी करिडोर सडक अवरुद्ध
पहिरोले कालिगण्डकी करिडोर सडक अवरुद्ध
दीपेन्द्रले राम्रो अन्त्य गर्दा नेपालले हङकङलाई दियो १४० रनको लक्ष्य
दीपेन्द्रले राम्रो अन्त्य गर्दा नेपालले हङकङलाई दियो १४० रनको लक्ष्य
झापामा जंगली हात्तीको आक्रमणबाट वृद्धको मृत्यु
झापामा जंगली हात्तीको आक्रमणबाट वृद्धको मृत्यु
बागमती सरकारबाट एमालेका ६ मन्त्रीले दिए राजीनामा
बागमती सरकारबाट एमालेका ६ मन्त्रीले दिए राजीनामा

पात्रो

२०८३
Sep/Oct 2026
आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

राशिफल

राशिफल लोड हुँदैछ...

रेडियो

रेडियो लोड हुँदैछ...

स्टेशन छान्नुहोस्

-

भिडियो

लोड हुँदैछ...

मिति परिवर्तन

विनिमय दर

मुद्रा रूपान्तरण

Update: Loading...
🇺🇸 USD
🇳🇵 NPR

Indicative Exchange Rate: 1 USD = Loading...

Open Market Rates

Currency Unit Buy Sell

...