ललितपुरमा ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु
सारांश
- ललितपुर महानगरपालिका-२१ ठूलो खोकना बस्ने ४९ वर्षीय भीमरत्न महर्जनको मृत्यु भएको हो।
- सोमबार बिहान ललितपुर महानगरपालिका -४ विष्णुदेवी मन्दिर नजिकै सडकमा रा १ ख ९५१ नम्बरको ट्रकले ठक्कर दिँदा साइकलयात्री महर्जनलाई घाइते भएका थिए।
- घाइते महर्जनको नेपाल मेडिसिटी अस्पतालमा उपचार भइरहेको थियो।

१३ फागुन, ललितपुरमा ट्रकको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको छ। ललितपुर महानगरपालिका-२१ ठूलो खोकना बस्ने ४९ वर्षीय भीमरत्न महर्जनको मृत्यु भएको हो।

सोमबार बिहान ललितपुर महानगरपालिका -४ विष्णुदेवी मन्दिर नजिकै सडकमा रा १ ख ९५१ नम्बरको ट्रकले ठक्कर दिँदा साइकलयात्री महर्जनलाई घाइते भएका थिए। घाइते महर्जनको नेपाल मेडिसिटी अस्पतालमा उपचार भइरहेको थियो। मंगलबार बिहान अस्पतालले मृत घोषणा गरिदिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरहरी रेग्मीले जानकारी दिए। यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया