ठाकुरराम क्याम्पसमा एक हप्तादेखि रोकिएको मतगणना सुरु

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, चैत्र १३, २०८१
|
|
३१ पटक हेरिएको
Shares
ठाकुरराम क्याम्पसमा एक हप्तादेखि रोकिएको मतगणना सुरु

सारांश

  •    वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसमा युनियन (स्ववियु) निर्वाचनको एक हप्तादेखि रोकिएको मतगणना बुधबार अपराह्नदेखि सुचारु भएको छ।
  • मंगलबार साँझ जिल्ला प्रशासन कार्यालय पर्सामा जिल्ला सुरक्षा समिति र विद्यार्थी संगठनहरूबीच भएको सहमतिपछि मतगणना सुरु गरिएको हो।
  • प्रमुख निर्वाचन अधिकृत दिलीप सिंहले बुधबार दिउँसो २ बजेदेखि नै मतगणना सुचारु गर्ने सहमति भए पनि अपराह्न ४ बजेदेखि मतगणना पुनः सुरु भएको बताए।

 

१३ चैत,वीरगन्ज ।  

वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसमा युनियन (स्ववियु) निर्वाचनको एक हप्तादेखि रोकिएको मतगणना बुधबार अपराह्नदेखि सुचारु भएको छ। मंगलबार साँझ जिल्ला प्रशासन कार्यालय पर्सामा जिल्ला सुरक्षा समिति र विद्यार्थी संगठनहरूबीच भएको सहमतिपछि मतगणना सुरु गरिएको हो।

प्रमुख निर्वाचन अधिकृत दिलीप सिंहले बुधबार दिउँसो २ बजेदेखि नै मतगणना सुचारु गर्ने सहमति भए पनि अपराह्न ४ बजेदेखि मतगणना पुनः सुरु भएको बताए। यसअघि बुधबार बिहान प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको पहलमा क्याम्पस प्रमुख, प्रमुख राजनीतिक दलका प्रतिनिधि, नेपाल पत्रकार महासंघ, बार एसोसिएसन, मानवअधिकार संगठन र विद्यार्थी संगठनका प्रतिनिधिहरूसँग बैठक बसेर दिउँसो २ बजेदेखि मतगणना सुचारु गर्ने सहमति भएको थियो। मतगणना स्थलमा प्रजिअ अर्यालसहित पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्र, सशस्त्र प्रहरी बल नम्बर १३ गणका गणपति प्रहरी उपरीक्षक राधेश्याम धिमाललगायत सुरक्षाकर्मी र प्रशासकीय अधिकारीहरूको बाक्लो उपस्थिति छ।

स्ववियु निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत सिंहले बिहीबार दिउँसोसम्म मतगणना सम्पन्न गरी विजेता घोषणा गर्ने योजना रहेको बताए।  यसअघि मंगलबार जिल्ला प्रशासन कार्यालय पर्सामा बसेको बैठकले क्याम्पसमा नक्कली प्रमाणपत्र र कागजातका आधारमा भएको कथित फर्जी भर्नाको अनुसन्धान गर्न पाँच सदस्यीय छानबिन समिति गठन गरेपछि विद्यार्थीहरू पुनः मतगणना गर्न सहमत भएका हुन्।  सहायक प्रमुख जिल्ला अधिकारी सुमन कुमार कार्कीको संयोजकत्वमा गठित समितिमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्साल र तीन विद्यार्थी संगठनका प्रतिनिधि सदस्य छन्। समितिलाई फर्जी भर्नाको विस्तृत अनुसन्धान गरी दोषीमाथि कारबाहीको सिफारिससहित प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको छ। ‘फर्जी भर्नाको गम्भीर आरोपमाथि निष्पक्ष छानबिन हुनेछ र दोषी देखिएकालाई कानुनी कारबाहीको दायरामा ल्याइनेछ,’ प्रजिअ अर्यालले भने।

मतगणना पुनः सुरु भए पनि सबै पक्षको सहमति भने जुट्न सकेको छैन। जनता समाजवादी पार्टी निकट समाजवादी विद्यार्थी युनियनका स्ववियु सभापति उम्मेदवार हरि किशोर यादवले फर्जी भर्नाविरुद्ध उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जमा रिट निवेदन दायर गरेको बताए। ‘हामीले अदालतको निर्णय नआएसम्म मतगणना हुनुहुँदैन भन्ने अडान राखेका छौँ,’ उनले भने।  समाजवादी विद्यार्थी युनियन नेपालका उम्मेदवार मोहम्मद सागिर अलि र जय नेपाल विद्यार्थी संघका उम्मेदवार राजु गुप्ताले पनि अदालतको फैसला कुर्नुपर्ने माग दोहोर्‍याए। उनीहरूले उच्च अदालतको निर्वाचन प्रक्रिया रोक्न गरेको आदेशको क्याम्पस प्रशासन र स्थानीय प्रशासनले अवज्ञा गरेको आरोप लगाएका छन्। चैत ५ गते  ठाकुरराम क्याम्पसमा १६ वर्षपछि सम्पन्न भएको स्ववियु निर्वाचनको मतगणना चैत ६ गते साँझदेखि सुरु भएको थियो। तर, दोस्रो दिन बिहीबार मतपेटिकाको नम्बर र उम्मेदवारका प्रतिनिधिसँग भएको मुचुल्का नम्बर नमिल्दा विवाद चर्किएको थियो।

विद्यार्थीहरूले क्याम्पस प्रशासनले एउटा विशेष समूहलाई जिताउन मतपेटिका साटेको आरोप लगाएर विरोधमा उत्रिएपछि मतगणना स्थगित भएको थियो। विवाद बढ्दै जाँदा विद्यार्थीहरूले क्याम्पस प्रमुख रञ्जित प्रसाद यादवको पुत्ला जलाएका थिए भने भोलिपल्ट वीरगन्जमा वृहत् र्‍याली निकालेका थिए।  चैत ६ मा  मतगणना रोकिनुअघिको तथ्याङ्कअनुसार नेपाल विद्यार्थी समूहका स्ववियु सभापति उम्मेदवार राजकुमार यादव ४२० मतसहित अग्रस्थानमा थिए। नेविसंघका आधिकारिक उम्मेदवार विकास मण्डल धानुक २६१ मतसहित दोस्रो, समाजवादी विद्यार्थी युनियनका हरि किशोर यादव २२१ मतसहित तेस्रो, सुधीर पटेल समूहका कमलेश कुमार यादव २०४ मतसहित चौथो र अनेरास्ववियुका पवन यादव १५० मतसहित पाँचौँ स्थानमा थिए। सभापति पदमा १४ जनासहित २१ पदका लागि २४७ उम्मेदवार प्रतिस्पर्धामा छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पूर्वपदाधिकारीले कानूनविपरीत लिएको सुविधा खोस्न गृह र रक्षा मन्त्रालयलाई अर्थको पत्र
पूर्वपदाधिकारीले कानूनविपरीत लिएको सुविधा खोस्न गृह र रक्षा मन्त्रालयलाई अर्थको पत्र
रक्षामन्त्री नेतृत्वको टोली बाढी प्रभावित खुम्बु क्षेत्रमा
रक्षामन्त्री नेतृत्वको टोली बाढी प्रभावित खुम्बु क्षेत्रमा
बाग्मतीको पुलमा अड्किएको अवस्थामा एक जनाको शव फेला
बाग्मतीको पुलमा अड्किएको अवस्थामा एक जनाको शव फेला
शिक्षा मन्त्रीको राजीनामासँग कुनै सम्झौता हुँदैन : कक्रोच जनता पार्टी
शिक्षा मन्त्रीको राजीनामासँग कुनै सम्झौता हुँदैन : कक्रोच जनता पार्टी
समानुपातिकतर्फको साढे एक करोड मतपत्र छापियो, ५० लाख छाप्न बाँकी
समानुपातिकतर्फको साढे एक करोड मतपत्र छापियो, ५० लाख छाप्न बाँकी
सरकारले जिउँदै छोडेको छ, यही मेरो जित हो; लुटतन्त्र टुलुटुलु हेरेर बस्दिनँ : रवि लामिछाने
सरकारले जिउँदै छोडेको छ, यही मेरो जित हो; लुटतन्त्र टुलुटुलु हेरेर बस्दिनँ : रवि लामिछाने
प्रधानमन्त्री ओलीको विरोध आह्वान गर्ने ४ जना नियन्त्रणमा
प्रधानमन्त्री ओलीको विरोध आह्वान गर्ने ४ जना नियन्त्रणमा
मोटरसाइकल चोरीमा संलग्न सर्लाहीका एक व्यक्ति ट्राफिक प्रहरीको नियन्त्रणमा
मोटरसाइकल चोरीमा संलग्न सर्लाहीका एक व्यक्ति ट्राफिक प्रहरीको नियन्त्रणमा
संसद अवरोधको औचित्य छैन, केही दल षड्यन्त्रमा लागे – गृहमन्त्री लेखक
संसद अवरोधको औचित्य छैन, केही दल षड्यन्त्रमा लागे – गृहमन्त्री लेखक
प्रयागराज महाकुम्भमा डुबकी लगाउनेको संख्या ५९ करोड पुगे
प्रयागराज महाकुम्भमा डुबकी लगाउनेको संख्या ५९ करोड पुगे