कारले मोटरसाइकललाई ठक्कर दिँदा बाबु छोरीको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, बैशाख २१, २०८२
|
|
२६ पटक हेरिएको
Shares
कारले मोटरसाइकललाई ठक्कर दिँदा बाबु छोरीको मृत्यु

सारांश

  • दुर्घटनामा गरुडा नगरपालिका ३ मलाहिटोल बस्ने वर्ष ६० का बलिराम सहनी र उनकी छोरी ४० वर्षीय उर्मिला देवी सहनीको मृत्यु भएको हो ।
  • मृतक सहनीले चलाएको ना ३ प ९५१२ नम्बरको मोटरसाइकललाई बा ६ च ३५२६ नम्बरको कारले ठक्कर दिएको  थियो ।
  • उनीहहरुको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

२१ वैशाखः  काठमाडौँ, 

रौतहटको चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व पश्चिम लोकमार्गमा कारले मोटरसाइकललाई ठक्कर दिँदा बाबु छोरीको मृत्यु भएको छ । दुर्घटनामा गरुडा नगरपालिका ३ मलाहिटोल बस्ने वर्ष ६० का बलिराम सहनी र उनकी छोरी ४० वर्षीय उर्मिला देवी सहनीको मृत्यु भएको हो ।

मृतक सहनीले चलाएको ना ३ प ९५१२ नम्बरको मोटरसाइकललाई बा ६ च ३५२६ नम्बरको कारले ठक्कर दिएको  थियो । उनीहहरुको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।  हेटौँडा बाट चन्द्रपुरतर्फ आउँदै गरेको कारले निजगढतर्फ जाँदै गरेको मोटरसाइकललाई आज बिहान सवा ६ बजे ठक्कर दिएको थियो। ठक्करबाट घाइते भएका मोटरसाइकल चालक सहनीको दाहिने खुट्टा, ढाड र अण्डकोषमा गम्भीर चोट लागेको थियो ।   सहनीको स्थानीय हाइवे ट्रमा सेन्टर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपक कुमार रायले बताए ।

मोटरसाइकलमा सवार उर्मिलादेवीको भने दाहिने हात र ढाडमा गम्भीर चोट लागेको थियो। उनलाई स्थानीय अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि एलएस न्युरो अस्पताल बारा पठाइएको थियो । उनको पनि उपचारको क्रममा बिहान ९ बजे मृत्यु भएको प्रवक्ता रायले जानकारी दिएका छन्। ठक्कर दिने कार र चालक हेटौँडा उपमहानगरपालिका १२ बस्ने ४३ वर्षीय कुमार पोख्रेललाई इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ग्लोबल आइएमई बैंकको वित्तीय साक्षरता तथा डिजिटल बैंकिङ सम्बन्धी कार्यक्रम सम्पन्न
ग्लोबल आइएमई बैंकको वित्तीय साक्षरता तथा डिजिटल बैंकिङ सम्बन्धी कार्यक्रम सम्पन्न
मधेश प्रदेशमा पहिलो पटक महिला क्रिकेट प्रतियोगिता हुँदै
मधेश प्रदेशमा पहिलो पटक महिला क्रिकेट प्रतियोगिता हुँदै
सर्लाहीमा बसको ठ*क्करबाट पैदल यात्रीको मृ*त्यु
सर्लाहीमा बसको ठ*क्करबाट पैदल यात्रीको मृ*त्यु
प्रि ओपन सेसनमा ३.१८ अंकले बढ्यो नेप्से
प्रि ओपन सेसनमा ३.१८ अंकले बढ्यो नेप्से
ललितपुरको भैंसेपाटीमा विद्यालयकै होस्टलमा मृत भेटिए विद्यार्थी
ललितपुरको भैंसेपाटीमा विद्यालयकै होस्टलमा मृत भेटिए विद्यार्थी
सिन्धुलीमा कार र मोटरसाइकल ठोक्किँदा एकजना गम्भीर घाइते
सिन्धुलीमा कार र मोटरसाइकल ठोक्किँदा एकजना गम्भीर घाइते
साढे ४ महिनामा ३२८१ विपद्का घटना, २०७ जनाको मृत्यु
साढे ४ महिनामा ३२८१ विपद्का घटना, २०७ जनाको मृत्यु
अर्घाखाँचीमा जिप दुर्घटना हुँदा २ जनाको मृ*त्यु
अर्घाखाँचीमा जिप दुर्घटना हुँदा २ जनाको मृ*त्यु
जुम्लाबाट ४१ करोड बढीको स्याउ बिक्री, अघिल्लो वर्षभन्दा २९ करोड कम
जुम्लाबाट ४१ करोड बढीको स्याउ बिक्री, अघिल्लो वर्षभन्दा २९ करोड कम
नेपाल र थाइल्याण्डबीच संयुक्त वाणिज्य परिषद् गठन हुने
नेपाल र थाइल्याण्डबीच संयुक्त वाणिज्य परिषद् गठन हुने