ललितपुरको भैंसेपाटीमा विद्यालयकै होस्टलमा मृत भेटिए विद्यार्थी

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, भाद्र १६, २०८१
|
|
२९ पटक हेरिएको
Shares
ललितपुरको भैंसेपाटीमा विद्यालयकै होस्टलमा मृत भेटिए विद्यार्थी

सारांश

  • शनिबार बेलुकी ८ बजेतिर ललितपुर महानगरपालिका वडा नम्बर २५ भैंसेपाटी आवास क्षेत्रमा रहेको डिएमआई बाइबल स्कुलको होस्टलमा एक विद्यार्थी मृत भेटिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले जानकारी दिए।
  • मृतक मोरङका २९ वर्षीय सकुल मर्डी छन्।
  • उनी आफ्नो बेडमा सुतिरहेको अवस्थामा मृत भेटिएको एसपी सुवेदीले बताए।

१६ भदौ , ललितपुरको भैंसेपाटीस्थित एक होस्टलमा विद्यार्थी मृत भेटिएका छन्। शनिबार बेलुकी ८ बजेतिर ललितपुर महानगरपालिका वडा नम्बर २५ भैंसेपाटी आवास क्षेत्रमा रहेको डिएमआई बाइबल स्कुलको होस्टलमा एक विद्यार्थी मृत भेटिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले जानकारी दिए।मृतक मोरङका २९ वर्षीय सकुल मर्डी छन्। उनी आफ्नो बेडमा सुतिरहेको अवस्थामा मृत भेटिएको एसपी सुवेदीले बताए। घटनाको प्रारम्भिक अनुसन्धान सकेर प्रहरीले पोष्टमर्टमका लागि शव पाटन अस्पतालमा पठाएको छ।मृतक छारे रोगको बिरामीसमेत रहेको खुलेको छ।यद्यपि मृत्युको कारणबारे पोष्टमर्टमपछि मात्रै खुल्ने एसपी सुवेदीले जानकारी दिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?