गरिमा हत्या प्रकरण : चौथो दिन पनि वीरगञ्ज–पथलैया सडक ठप्प

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, भाद्र ६, २०८३
|
|
२५२ पटक हेरिएको
Shares
गरिमा हत्या प्रकरण : चौथो दिन पनि वीरगञ्ज–पथलैया सडक ठप्प

सारांश

  • गत बुधबार बिहान ११ बजेबाट बन्द भएको वीरगञ्ज–पथलैया सडक खण्ड आज (शनिबार) चौंथो दिन पनि ठप्प छ ।
  • तीन बर्षीया बालिका गरिमा चौधरीको न्यायका लागि भन्दै सडकमा उत्रिएका स्थानीयबासीले वीरगञ्ज–पथलैया सडकको सिमरामा सडकमै टेण्ट टाँगेर प्रदर्शन गरिरहेका छन् ।
  • बिहीबार राति स्थानीय प्रशासनले केही राजनीतिक दलका प्रतिनिधि तथा जीतपुरसिमरा उपमहानगरपालिकाका जनप्रतिनिधिको रोहबरमा पाँच बुँदे सहमति गर पनि मृतक बलिकाकी परिवारले उक्त सहमति अमान्य रहेको बताएको थियो ।

६ भदौ, सिमरा (बारा) ।

गत बुधबार बिहान ११ बजेबाट बन्द भएको वीरगञ्ज–पथलैया सडक खण्ड आज (शनिबार) चौंथो दिन पनि ठप्प छ । तीन बर्षीया बालिका गरिमा चौधरीको न्यायका लागि भन्दै सडकमा उत्रिएका स्थानीयबासीले वीरगञ्ज–पथलैया सडकको सिमरामा सडकमै टेण्ट टाँगेर प्रदर्शन गरिरहेका छन् । बिहीबार राति स्थानीय प्रशासनले केही राजनीतिक दलका प्रतिनिधि तथा जीतपुरसिमरा उपमहानगरपालिकाका जनप्रतिनिधिको रोहबरमा पाँच बुँदे सहमति गर पनि मृतक बलिकाकी परिवारले उक्त सहमति अमान्य रहेको बताएको थियो ।

अहिले पनि स्थानीयले सडक धर्ना जारी राखेका छन् । बालिकाका परिवारलाई साथ दिन जीतपुरसिमरा उपमहानगरपालिका सहित बाराका विभिन्न क्षेत्रबाट मानिसहरू सडकमा जम्मा भैरहेका छन् । सुरुमा ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी प्रमुखको लापरबाहीले घटना भएको भन्दै उनको सरुवा मागेका स्थानीयबासीले डीएसपी दिलिप क्षेत्रीको सरुवा भएपछि प्रशासनसमक्ष पाँच बुदे सहमति बिहीबार राति भएको थियो । तर मध्यरातमा भएको सहमतिमा आफूहरुको सहमति नरहेको भन्दै परिवारले आन्दोलन जारी राखेका हुन् । मृतक बालिकाको शव कलैया अस्पतालमै छ भने परिवारले आन्दोलन यथावत राखेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दाङमा करेन्ट लागेर एक जनाको मृत्यु
दाङमा करेन्ट लागेर एक जनाको मृत्यु
पोखरामा दुई वटा प्याराग्लाइडिङ् दुर्घटना, चार जनाको सकुशल उद्दार
पोखरामा दुई वटा प्याराग्लाइडिङ् दुर्घटना, चार जनाको सकुशल उद्दार
एमालेले सचिवालयको वैठकमा के–के गर्‍यो निर्णय ?
एमालेले सचिवालयको वैठकमा के–के गर्‍यो निर्णय ?
भाषा परीक्षा पास गरेर पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रदर्शन
भाषा परीक्षा पास गरेर पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रदर्शन
प्रधानमन्त्रीलाई गाली गरेर कन्टेन्ट बनाएको आरोपमा युट्युबर पक्राउ
प्रधानमन्त्रीलाई गाली गरेर कन्टेन्ट बनाएको आरोपमा युट्युबर पक्राउ
जनतामा अहिले निकै ठूलो आक्रोस छ : प्रचण्ड
जनतामा अहिले निकै ठूलो आक्रोस छ : प्रचण्ड
महाधिवेशनमार्फत नै पार्टीमा नयाँ दृष्टिकोण र विश्वास बढ्छ: विश्वप्रकाश शर्मा
महाधिवेशनमार्फत नै पार्टीमा नयाँ दृष्टिकोण र विश्वास बढ्छ: विश्वप्रकाश शर्मा
बामदेब गौतमको अभियान र एकीकृत समाजवादीबीच एकता हुने
बामदेब गौतमको अभियान र एकीकृत समाजवादीबीच एकता हुने
हिंसा भड्काउने योजनासहित राजावादीहरु सडकमा निस्किए : प्रधानमन्त्री ओली
हिंसा भड्काउने योजनासहित राजावादीहरु सडकमा निस्किए : प्रधानमन्त्री ओली
आज विश्व टेलिभिजन दिवस: विभिन्न कार्यक्रम गरि मनाइदैँ
आज विश्व टेलिभिजन दिवस: विभिन्न कार्यक्रम गरि मनाइदैँ