आगामी चुनाव नयाँ शक्तिहरुको उदयको प्रस्थान विन्दु हो : मन्त्री घिसिङ

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, पौष १०, २०८२
|
|
१७ पटक हेरिएको
Shares
आगामी चुनाव नयाँ शक्तिहरुको उदयको प्रस्थान विन्दु हो : मन्त्री घिसिङ

सारांश

  • उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री कुलमान घिसिङले फागुन २१ को चुनावलाई नयाँ शक्तिहरुको उदयको प्रस्थान विन्दुको रुपमा अगाडि बढाउनुपर्ने बताएका छन् ।
  • विहीबार उज्यालो नेपाल पार्टीको पार्टी कार्यालय उद्घाटन समारोहमा उनले फागुन २१ को चुनावलाई, चुनावको रुपमा मात्रै नभइ नयाँ शक्तिहरुको उदयको प्रस्थान विन्दु बनाउनेतर्फ सबै अगाडि बढ्नुपर्ने बताए ।
  • उनले भने, ‘अहिले देशमा चुनावको माहोल बढि रहेको छ ।

 

९ पुष, काठमाडौं ।

उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री कुलमान घिसिङले फागुन २१ को चुनावलाई नयाँ शक्तिहरुको उदयको प्रस्थान विन्दुको रुपमा अगाडि बढाउनुपर्ने बताएका छन् । विहीबार उज्यालो नेपाल पार्टीको पार्टी कार्यालय उद्घाटन समारोहमा उनले फागुन २१ को चुनावलाई, चुनावको रुपमा मात्रै नभइ नयाँ शक्तिहरुको उदयको प्रस्थान विन्दु बनाउनेतर्फ सबै अगाडि बढ्नुपर्ने बताए ।उनले भने, ‘अहिले देशमा चुनावको माहोल बढि रहेको छ । जेनजी आन्दोलनबाट जुन सरकार स्थापित भएको छ, अवस्था जुन हिसाबले बनेको छ त्यसको मुल दायित्व भनेको चुनाव गर्ने हो । फागुन २१ मा चुनाव गर्ने हो । चुनावलाई, चुनावको रुपमा मात्रै होइन नयाँ शक्तिहरुको उदयको प्रस्थानविन्दु पनि हुनुपर्छ भन्नेसबैले कामना गर्नुपर्छ र यसतर्फ अगाडि बढ्नुपर्छ ।’

यस्तै, उनले देशमा सुशासन स्थापना गर्ने, रोजगारी सिर्जना गर्ने, समृद्धिको लागि अगाडि बढ्ने मागमा जेनजी आन्दोलन भएको भन्दै यसको परिणाम राम्रो आएन फेरि पनि पूरानै अवस्थामा देश फर्कियो भने त्यो भन्दा ठूलो दुर्भाग्य अरु हुन नसक्ने बताए ।
उनले भने, ‘सबै देशभित्र र देशबाहिरका सम्पूर्ण नेपालीहरुले अब एकताबद्ध भएर नयाँ शक्ति, नयाँ नेतृत्वहरुको समूह अगाडि बढ्नुपर्छ । युवा पुस्ता नेपालको समृद्धि र सुशासनका लागि अगाडि बढ्नुपर्छ । जेनजी आन्दोलनको माग पनि यही हो । देशमा सुशासन स्थापना गर्ने, रोजगारी सिर्जना गर्ने, देशको समृद्धिको लागि अगाडि बढ्ने जुन मागमा जेनजी आन्दोलन भयो, धेरै धनजनको क्षति भयो, कति शहीद भए, कति घाइते भए यसको परिणाम राम्रो आएन फेरि पनि पूरानै अवस्थामा देश फर्कियो भने त्यो भन्दा ठूलो दुर्भाग्य अरु हुन सक्दैँन् ।’ देशलाई समृद्धतर्फ लैजान नयाँ युवा पुस्ता र नयाँ शक्तिहरु एकताबद्ध भएर अगाडि बढ्नुपर्ने आजको आवश्यकता रहेको पनि उनको भनाइ छ ।

उनले भने, ‘देशलाई माथि लैजान वा समृद्धतर्फ लैजान नयाँ पुस्ता वा युवा पुस्ता र नयाँ शक्तिहरु एकताबद्ध भएर अगाडि बढ्नुपर्ने आजको आवश्यकता हो । त्यसकारण यसतर्फ सम्पूर्ण नयाँ शक्ति र व्यक्तित्व जसले यो देशमा केही गरौ भनेर काम गरिरहेको छन्, उनीहरु सबै एक भएर अगाडि बढ्नुपर्ने आजको आवश्यकता हो ।’ ‘विगतमा विकृतिहरुलाई सुधार गर्न उज्यालो नेपाल पार्टी जन्मियो’ उज्यालो नेपाल पार्टीको संयोजक अनुप उपाध्यायले विगतमा विकृतिहरुलाई सुधार गर्नको लागि जेनजी आन्दोलन भएको भन्दै यसबाट माथि उठ्नुपर्ने आवश्यकता महशुस गरेर उज्यालो नेपाल पार्टीको स्थापना गरेको बताए । उनले भने, ‘हामी सँधै व्यवस्था परिवर्तनको मोडबाट नै गुज्रियौं, तर जनताको अपेक्षा र चाहनाहरु थिए त्यो पूरा गर्न सँधै नै पछि पर्यौं । प्राथमिकतामा नै परेन, यसैको फलस्वरुप भदौ २३ र २४ को जुन आन्दोलन भयो र तिनै विकृतिहरुलाई सुधार गर्नको लागि जेनजीहरुले आफ्नो ज्यान समेत पनि दिए । यो सबैको कारण पूरानो कार्यशैली नै हो । त्यसकारण हामीले अब यसबाट माथि उठ्नुपर्ने आवश्यकता महशुस गरेको हुनाले उज्यालो नेपाल पार्टीको स्थापना गरेको हो ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

न्यायाधीशद्वय वासुदेव र ओमप्रकाशको इजलासमा, रवि र छविको मुद्दामा सुनुवाइ हुँदै
न्यायाधीशद्वय वासुदेव र ओमप्रकाशको इजलासमा, रवि र छविको मुद्दामा सुनुवाइ हुँदै
यी दुई महिला सशस्त्र प्रहरीले गरे सगरमाथाको सफल आरोहण
यी दुई महिला सशस्त्र प्रहरीले गरे सगरमाथाको सफल आरोहण
पर्यटन व्यवसायीका समस्याहरू समाधान गर्न मन्त्रालय प्रतिबद्ध छ : मन्त्री श्रेष्ठ
पर्यटन व्यवसायीका समस्याहरू समाधान गर्न मन्त्रालय प्रतिबद्ध छ : मन्त्री श्रेष्ठ
माया राईको सांसद् पद तत्काल निलम्बन नहुने
माया राईको सांसद् पद तत्काल निलम्बन नहुने
बैंकिङ प्रणालीबाट आज ४० अर्ब निक्षेप झिक्दै राष्ट्र बैंक
बैंकिङ प्रणालीबाट आज ४० अर्ब निक्षेप झिक्दै राष्ट्र बैंक
गण्डकीबाट सत्ता गठबन्धनका उम्मेदवार निर्वाचित
गण्डकीबाट सत्ता गठबन्धनका उम्मेदवार निर्वाचित
काठमाडौंमा एक पुरुषको कुटपिटपछि हत्या, तीनजना पक्राउ
काठमाडौंमा एक पुरुषको कुटपिटपछि हत्या, तीनजना पक्राउ
विधानको मस्यौदामाथि छलफल गर्न आज पनि माओवादीको स्थायी कमिटी बैठक
विधानको मस्यौदामाथि छलफल गर्न आज पनि माओवादीको स्थायी कमिटी बैठक
दरबारमार्गमा भोलिदेखि असार २४ गतेसम्मका लागि निषेधित क्षेत्र घोषणा
दरबारमार्गमा भोलिदेखि असार २४ गतेसम्मका लागि निषेधित क्षेत्र घोषणा
प्रहरीले गोली चलाएर नियन्त्रणमा लिएका चार व्यक्ति भारतीय नागरिक
प्रहरीले गोली चलाएर नियन्त्रणमा लिएका चार व्यक्ति भारतीय नागरिक