भक्तपुरको सूर्यविनायकमा कवाडी पसलमा आ*गलागी

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आश्विन १९, २०८३
|
|
८१ पटक हेरिएको
Shares
भक्तपुरको सूर्यविनायकमा कवाडी पसलमा आ*गलागी

सारांश

  • भक्तपुरको सूर्यविनायक नगरपालिका-८ कपाली टोलमा आगलागी भएको छ ।
  • प्रहरी वृत्त जगाती भक्तपुरका अनुसार नवराज भट्टले सञ्चालन गरेको कवाडी पसलमा आज बिहान करिब साढे ६ बजेतिर आगलागी भएको हो ।
  • बिजुलीको तार सर्ट भएर कवाडी पसलमा आगलागी भएको हुन सक्ने डीएसपी दीपक कार्कीले बताए ।

१९ असोज, काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिका-८ कपाली टोलमा आगलागी भएको छ ।

प्रहरी वृत्त जगाती भक्तपुरका अनुसार नवराज भट्टले सञ्चालन गरेको कवाडी पसलमा आज बिहान करिब साढे ६ बजेतिर आगलागी भएको हो ।

बिजुलीको तार सर्ट भएर कवाडी पसलमा आगलागी भएको हुन सक्ने डीएसपी दीपक कार्कीले बताए ।

उनले भने, ‘जस्ता र फलामले बनेको कवाडी पसलमा बिजुलीको तार सर्ट भएर आगलागी भएको भन्ने छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।’

प्रहरी र स्थानीयको सहयोगमा आगो निभाउने काम भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?