हिमाल चढ्नु भनेको आत्माको यात्रा हो : मन्त्री पौडेल

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, जेठ १५, २०८३
|
|
१३३ पटक हेरिएको
Shares
हिमाल चढ्नु भनेको आत्माको यात्रा हो : मन्त्री पौडेल

सारांश

  • संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल (गनेस)ले सगरमाथा आरोहण केवल भौतिक उचाइ प्राप्त गर्ने विषय नभई आत्माको गहिराइसम्म पुग्ने आन्तरिक यात्रा भएको बताएका छन् ।
  • शुक्रबार ७३ औँ सगरमाथा दिवसका अवसरमा राजधानीमा आयोजित कार्यक्रममा बोल्दै उनले सगरमाथा चढाइलाई मानव साहस, ध्यान, आत्मबल र आध्यात्मिक चेतनासँग जोडेर व्याख्या गरेका हुन् ।
  • उनले सन् १९५३ मे २९ मा तेन्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले पहिलो पटक सगरमाथा आरोहण गरेको ऐतिहासिक क्षणलाई स्मरण गर्दै नेपालले हरेक वर्ष सगरमाथा दिवस मनाउँदै आएको बताए ।

 

काठमाडौं ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल (गनेस)ले सगरमाथा आरोहण केवल भौतिक उचाइ प्राप्त गर्ने विषय नभई आत्माको गहिराइसम्म पुग्ने आन्तरिक यात्रा भएको बताएका छन् । शुक्रबार ७३ औँ सगरमाथा दिवसका अवसरमा राजधानीमा आयोजित कार्यक्रममा बोल्दै उनले सगरमाथा चढाइलाई मानव साहस, ध्यान, आत्मबल र आध्यात्मिक चेतनासँग जोडेर व्याख्या गरेका हुन् । उनले सन् १९५३ मे २९ मा तेन्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले पहिलो पटक सगरमाथा आरोहण गरेको ऐतिहासिक क्षणलाई स्मरण गर्दै नेपालले हरेक वर्ष सगरमाथा दिवस मनाउँदै आएको बताए ।

‘सगरमाथा चढ्नु भनेको के हो भनेर सगरमाथा नचढेकालाई थाहा हुँदैन । हामी त अनुमान मात्रै गर्न सक्छौँ,’ मन्त्री पौडेलले भने, ‘तर संसारका साहसिक यात्राहरू बाहिरी यात्रा मात्र होइनन्, ती वास्तवमा आन्तरिक यात्राहरू हुन् । आत्मैदेखि बलियो नभएको मानिस यस्तो यात्रामा जान सक्दैन ।’ उनले धार्मिक तीर्थयात्रा र हिमाल आरोहणबीच समानता रहेको उल्लेख गर्दै संसारका सबै धर्मले यात्रालाई आध्यात्मिक साधनाको रूपमा व्याख्या गरेको बताए । हिन्दू, बौद्ध, इस्लाम र क्रिस्चियन धर्ममा तीर्थाटनको विशेष महत्त्व रहेको उल्लेख गर्दै उनले मानिसलाई कठिन यात्रामार्फत आफ्नै अन्तरात्मासँग साक्षात्कार गराउने उद्देश्य तीर्थाटनको मूल भाव भएको पनि उल्लेख गरे ।
मन्त्री पौडेलले सगरमाथा आरोहणलाई ध्यान र आत्मअनुभूतिको यात्रासँग तुलना गर्दै भने, ‘सगरमाथा चढ्नु भनेको आफ्नै श्वासप्रश्वासलाई गन्नु पनि हो । त्यो एक प्रकारको ध्यान हो,’ उनले थप भने, ‘मानिसहरू त्यहाँ पुग्नुको कारण केवल विजय होइन, त्यो अवस्थाको अनुभूति र आनन्द पनि हो ।’

उनले हिमालमाथि उभिनु भनेको हिमालभन्दा अग्लो हुनु नभएको स्पष्ट पार्दै मानव अस्तित्व हिमालको सामुन्ने निरीह हुने बताए । ‘के मानिसका अहंकार हिमालभन्दा अग्ला छन ? अवश्य पनि छैनन्,’ उनले भने, ‘हिमालको सम्मुखमा हामी टुहुरा र निरीह छौँ ।’ उनका अनुसार सगरमाथा आरोहण व्यक्तिगत उपलब्धि मात्र होइन, सामूहिक चेतना र मानवताको साझा प्रेरणा हो । उनले कुनै पनि व्यक्ति पूर्ण रूपमा एक्लै सगरमाथा चढ्न नसक्ने भन्दै आरोहणमा सहकार्य, विश्वास र सामूहिक प्रयासको भूमिका अत्यन्त महत्त्वपूर्ण हुने बताए । मन्त्री पौडेलले जलवायु परिवर्तनका कारण हिमाल र हिमनदीहरू गम्भीर संकटमा परेको चेतावनी दिए । वैश्विक तापमान वृद्धिका कारण हिमालहरू पग्लिँदै गएको, हिमाली समुदाय जोखिममा परेको तथा विश्वका तटीय क्षेत्र डुबानमा पर्ने खतरा बढेको उनले बताए ।
हिमाल भनेको विश्वकै सबैभन्दा ठूलो खानेपानीको स्रोत हो,’ उनले भने, ‘त्यसैले हाम्रा ऋषि–मुनिहरूले हिमाललाई ईश्वरको बासस्थान भनेका हुन् । जीवनको मूल स्रोत नै हिमाल हो ।’ उनले हिमालको संरक्षणलाई नेपाल मात्र होइन, सम्पूर्ण विश्वको साझा जिम्मेवारीका रूपमा लिनुपर्ने धारणा राखे । ‘हिमाल हाम्रो मात्रै होइन, अब विश्वको सम्पत्ति हो,’ उनले भने, ‘हामीले संसारको ध्यान हिमालको सुरक्षातर्फ आकर्षित गर्न सक्नुपर्छ । हिमाल सुरक्षित नभएसम्म हामी पनि सुरक्षित हुन सक्दैनौँ ।’

पर्यटन विकासको सन्दर्भमा उनले हिमाली पर्यटन नेपालको सबैभन्दा ठूलो पहिचान र सम्भावना भएको बताए। भगवान् बुद्धको जन्मस्थल, पशुपतिनाथ, जैविक विविधता लगायतका अनेकौँ चिनारी भए पनि नेपाललाई विश्वमा चिनाउने सबैभन्दा अग्लो पहिचान हिमाल नै भएको उनको भनाइ थियो।
‘हिमालबाट नै नेपालको समृद्धि सम्भव छ, राष्ट्रिय स्वाभिमान जागृत गर्न सकिन्छ र गरिबी निवारणको आधार तयार गर्न सकिन्छ,’ उनले भने। कार्यक्रममा उनले चर्चित आरोही कामीरिता शेर्पा, ल्हाक्पा शेर्पा, मिङ्मा शेर्पा लगायत सम्पूर्ण आरोहीहरूलाई धन्यवाद दिँदै उनीहरूको उपलब्धि व्यक्तिगत नभई सम्पूर्ण मानवताको गौरव भएको बताए ।

‘कामीरिता शेर्पाले पटक–पटक सगरमाथा चढ्नु उहाँको मात्र रेकर्ड होइन, त्यो सम्पूर्ण मानवताको उपलब्धि हो,’ उनले भने, ‘यो एक प्रकारको सानोतिनो बुद्धत्व हो।’ मन्त्री पौडेलले सगरमाथा आरोहणका क्रममा ज्यान गुमाएका आरोहीहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइते तथा अशक्त बनेकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

देशभर बंगालको खाडीबाट भित्रिएको जलवाष्फयुक्त हावाको प्रभाव
देशभर बंगालको खाडीबाट भित्रिएको जलवाष्फयुक्त हावाको प्रभाव
त्रिभुवन विमानस्थलबाट ६३ वर्षिय जर्मन नागरिक चरेस सहित पक्राउ
त्रिभुवन विमानस्थलबाट ६३ वर्षिय जर्मन नागरिक चरेस सहित पक्राउ
पाणिनिको जन्मभूमि अर्घाखाँची ज्ञान, ध्यान र देवभूमि होः प्रधानमन्त्री ओली
पाणिनिको जन्मभूमि अर्घाखाँची ज्ञान, ध्यान र देवभूमि होः प्रधानमन्त्री ओली
लुम्बिनी लायन्सलाई विराटनगर किंग्सको १४५ रनको लक्ष्य
लुम्बिनी लायन्सलाई विराटनगर किंग्सको १४५ रनको लक्ष्य
रामेछापमा पुष्पलाल माक्र्सवादी विश्वविद्यालयको माग
रामेछापमा पुष्पलाल माक्र्सवादी विश्वविद्यालयको माग
इन्डोनेसियामाथि फराकिलो जितसहित नेपाल सेमिफाइनलमा
इन्डोनेसियामाथि फराकिलो जितसहित नेपाल सेमिफाइनलमा
सैनिक कल्याणकारी कोष हिनामिना काण्ड : जमदार थापा कारागार चलान, २ अधिकृत हिरासतमा
सैनिक कल्याणकारी कोष हिनामिना काण्ड : जमदार थापा कारागार चलान, २ अधिकृत हिरासतमा
च्यापियन्स ट्रफी : पहिलो जितको खोजी गर्दै इङ्ग्ल्यान्ड र अफगानिस्तान भिड्दै
च्यापियन्स ट्रफी : पहिलो जितको खोजी गर्दै इङ्ग्ल्यान्ड र अफगानिस्तान भिड्दै
दश महिनामा आठ हजार बढी विपद्का घटना
दश महिनामा आठ हजार बढी विपद्का घटना
एमालेबाट निर्वाचित बागमती प्रदेशका ३५९ वडाध्यक्षहरूको भेला हुँदै, प्रधानमन्त्रीले उद्घाटन गर्ने
एमालेबाट निर्वाचित बागमती प्रदेशका ३५९ वडाध्यक्षहरूको भेला हुँदै, प्रधानमन्त्रीले उद्घाटन गर्ने