पहिचान नखुलेका १९९ शवको व्यवस्थापन

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, भाद्र १५, २०८३
|
|
२१२ पटक हेरिएको
Shares
पहिचान नखुलेका १९९ शवको व्यवस्थापन

सारांश

  • जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार हालसम्म भेटिएका २७२ शवमध्ये १९९ शव भरतपुर महानगरपालिका–१ स्थित देवघाटको जङ्गल क्षेत्रमा आइतबार रातिसम्म व्यवस्थापन गरिएको हो।
  • १२ शवको भने सनाखत भएको छ।
  • प्रहरीका अनुसार शवको डिएनए नमूना सुरक्षित राखेर व्यवस्थापन गरिएको छ।

चितवन — रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीपछि त्रिशूली र नारायणी नदी हुँदै चितवनमा बगेर आएका र सनाखत हुन नसकेका १९९ शवको व्यवस्थापन गरिएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार हालसम्म भेटिएका २७२ शवमध्ये १९९ शव भरतपुर महानगरपालिका–१ स्थित देवघाटको जङ्गल क्षेत्रमा आइतबार रातिसम्म व्यवस्थापन गरिएको हो। १२ शवको भने सनाखत भएको छ।

प्रहरीका अनुसार शवको डिएनए नमूना सुरक्षित राखेर व्यवस्थापन गरिएको छ। सनाखत भएका शव परीक्षणपछि परिवारजनले बुझेर लगेका छन्। बेपत्ता व्यक्तिका परिवारसँग भविष्यमा डिएनए मिल्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै व्यवस्थापन गरिएका शवको स्थान पहिचान गर्न सकिने गरी सङ्केत चिह्नसमेत राखिएको प्रहरीले जनाएको छ।

हालसम्म फेला परेका शवमध्ये ११० पुरुष, ६२ महिला, सात बालक, छ बालिका र ८७ वटा विभिन्न मानव अवशेष रहेका छन्।

नदी किनार क्षेत्रमा शव फेला पर्ने क्रम जारी रहेकाले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई संयुक्त रूपमा खोजी तथा व्यवस्थापन कार्यमा परिचालन गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उद्घाटन खेलमा विराटनगर र जनकपुर भिड्ने, एनपीएलको खेल तालिका सार्वजनिक,
उद्घाटन खेलमा विराटनगर र जनकपुर भिड्ने, एनपीएलको खेल तालिका सार्वजनिक,
गाडी भाडामा छुट दिन विद्यार्थी र व्यवसायीबीच सहमति
गाडी भाडामा छुट दिन विद्यार्थी र व्यवसायीबीच सहमति
यस्तो छ, शनिबारका लागि विदेशी मुद्राको विनिमय दर
यस्तो छ, शनिबारका लागि विदेशी मुद्राको विनिमय दर
आज देशभर आंशिकदेखि साधारणतया बदली रहने पूर्वानुमान
आज देशभर आंशिकदेखि साधारणतया बदली रहने पूर्वानुमान
रविविरुद्धको मुद्दाको सुनुवाइ स्थगित
रविविरुद्धको मुद्दाको सुनुवाइ स्थगित
साउनदेखि ट्राफिक कारबाहीमा कडाइ
साउनदेखि ट्राफिक कारबाहीमा कडाइ
नगर कार्यपालिकाको कार्यालय कविलासी सर्लाहीको सार्वजनिक अनुरोध !
मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया
मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया
आगामी आर्थिक वर्ष संसदमा १६६ विधेयक ल्याइने, २०८३\८४ लाई ‘कानुन सुधार तथा निर्माण वर्ष’ घोषणा
आगामी आर्थिक वर्ष संसदमा १६६ विधेयक ल्याइने, २०८३\८४ लाई ‘कानुन सुधार तथा निर्माण वर्ष’ घोषणा
राजेन्द्र लिङ्देनले बुझाए पोखरा विमानस्थलको अध्ययन प्रतिवेदन
राजेन्द्र लिङ्देनले बुझाए पोखरा विमानस्थलको अध्ययन प्रतिवेदन
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध

नेपाली मिति लोड हुँदैछ...