पहिचान नखुलेका १९९ शवको व्यवस्थापन

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, भाद्र १५, २०८३
|
|
११५ पटक हेरिएको
Shares
पहिचान नखुलेका १९९ शवको व्यवस्थापन

सारांश

  • जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार हालसम्म भेटिएका २७२ शवमध्ये १९९ शव भरतपुर महानगरपालिका–१ स्थित देवघाटको जङ्गल क्षेत्रमा आइतबार रातिसम्म व्यवस्थापन गरिएको हो।
  • १२ शवको भने सनाखत भएको छ।
  • प्रहरीका अनुसार शवको डिएनए नमूना सुरक्षित राखेर व्यवस्थापन गरिएको छ।

चितवन — रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीपछि त्रिशूली र नारायणी नदी हुँदै चितवनमा बगेर आएका र सनाखत हुन नसकेका १९९ शवको व्यवस्थापन गरिएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार हालसम्म भेटिएका २७२ शवमध्ये १९९ शव भरतपुर महानगरपालिका–१ स्थित देवघाटको जङ्गल क्षेत्रमा आइतबार रातिसम्म व्यवस्थापन गरिएको हो। १२ शवको भने सनाखत भएको छ।

प्रहरीका अनुसार शवको डिएनए नमूना सुरक्षित राखेर व्यवस्थापन गरिएको छ। सनाखत भएका शव परीक्षणपछि परिवारजनले बुझेर लगेका छन्। बेपत्ता व्यक्तिका परिवारसँग भविष्यमा डिएनए मिल्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै व्यवस्थापन गरिएका शवको स्थान पहिचान गर्न सकिने गरी सङ्केत चिह्नसमेत राखिएको प्रहरीले जनाएको छ।

हालसम्म फेला परेका शवमध्ये ११० पुरुष, ६२ महिला, सात बालक, छ बालिका र ८७ वटा विभिन्न मानव अवशेष रहेका छन्।

नदी किनार क्षेत्रमा शव फेला पर्ने क्रम जारी रहेकाले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई संयुक्त रूपमा खोजी तथा व्यवस्थापन कार्यमा परिचालन गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रिय क्रिकेट टोलीको कन्सल्ट्यान्टमा पोथस नियुक्त
राष्ट्रिय क्रिकेट टोलीको कन्सल्ट्यान्टमा पोथस नियुक्त
कैलालीमा ८० वर्षीय व्यक्ति मृ*त फेला, अनुसन्धानका लागि एक जना पक्राउ
कैलालीमा ८० वर्षीय व्यक्ति मृ*त फेला, अनुसन्धानका लागि एक जना पक्राउ
खड्ग फागोले थाले चुनावी होमवर्क, मोरङ–१ को समग्र विकास पहिलो एजेन्डा
खड्ग फागोले थाले चुनावी होमवर्क, मोरङ–१ को समग्र विकास पहिलो एजेन्डा
स्कटल्यान्डले नेपाललाई दियो १४१ रनको लक्ष्य
स्कटल्यान्डले नेपाललाई दियो १४१ रनको लक्ष्य
चितवनमा सुनचाँदी पसलमा लुटपाट, ४ जना पक्राउ
चितवनमा सुनचाँदी पसलमा लुटपाट, ४ जना पक्राउ
बजेट निर्माण गर्दा आयोगका सुझाव अनुरुप गरिनुपर्छ  : चन्द्र ढकाल
बजेट निर्माण गर्दा आयोगका सुझाव अनुरुप गरिनुपर्छ : चन्द्र ढकाल
जर्मन विकास बैंकको सहयोगमा ग्रामीण क्षेत्रमा एसएमईका लागि घुम्ती कोष सञ्चालन
जर्मन विकास बैंकको सहयोगमा ग्रामीण क्षेत्रमा एसएमईका लागि घुम्ती कोष सञ्चालन
ऊर्जा क्षेत्रबाटै समाजवादको अभ्यास शुरु गरौंः मन्त्री खड्का
ऊर्जा क्षेत्रबाटै समाजवादको अभ्यास शुरु गरौंः मन्त्री खड्का
३४ तोला सुन, साढे १० किलो चाँदीसहित ४ जना पक्राउ
३४ तोला सुन, साढे १० किलो चाँदीसहित ४ जना पक्राउ
विराटनगरमा प्रहरीको सुरक्षा घेरा तोडेर अस्पतालबाटै जबरजस्ती करणी मुद्दाका कैदी फरार
विराटनगरमा प्रहरीको सुरक्षा घेरा तोडेर अस्पतालबाटै जबरजस्ती करणी मुद्दाका कैदी फरार