मन्त्रीहरुको अभिव्यक्तिप्रति सांसद यादवको आपत्ति

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, आषाढ २, २०८३
|
|
१३६ पटक हेरिएको
Shares
मन्त्रीहरुको अभिव्यक्तिप्रति सांसद यादवको आपत्ति

सारांश

  • सांसद रेखा यादवले सरकारमाथि विभिन्न संवेदनशील विषयमा जानकारी लुकाउने र संसदप्रति गैरजिम्मेवार व्यवहार गरेको आरोप लगाएकी छन्।
  • मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले मानव अधिकारसम्बन्धी प्रतिवेदन लुकाइएजस्तै गृहमन्त्रीसँग सम्बन्धित प्रतिवेदन पनि सरकारले लुकाएको आरोप लगाइन् ।
  • सांसद यादवले अर्थमन्त्रीको पछिल्लो अभिव्यक्तिप्रति पनि कडा आपत्ति जनाइन्।

२ असार, काठमाडौं ।

सांसद रेखा यादवले सरकारमाथि विभिन्न संवेदनशील विषयमा जानकारी लुकाउने र संसदप्रति गैरजिम्मेवार व्यवहार गरेको आरोप लगाएकी छन्। मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले मानव अधिकारसम्बन्धी प्रतिवेदन लुकाइएजस्तै गृहमन्त्रीसँग सम्बन्धित प्रतिवेदन पनि सरकारले लुकाएको आरोप लगाइन् । सांसद यादवले अर्थमन्त्रीको पछिल्लो अभिव्यक्तिप्रति पनि कडा आपत्ति जनाइन्। उनले मन्त्रीले संसदको रोष्टमबाट सांसदहरूलाई धम्क्याउने शैलीमा बोल्नु उपयुक्त नभएको बताइन्।

उनले भनिन्,‘मानव अधिकारको रिपोर्ट जसरी लुकाइयो त्यसरी नै गृहमन्त्रीको रिपोर्ट पनि लुकाइएको छ । त्यस्तै,अर्थमन्त्रीज्यूको अभिव्यक्तिप्रति घोर आपत्ति जनाउन चाहन्छु । मन्त्रीले रोष्ट्रमबाट सांसदलाई थर्काउने होइन् । देशमा नियम कानुन छ, फाइल खोल्छु भन्दै धम्की दिन मिल्छ ? नियम, कानुन अन्तर्गत फाइल खोलेर कारवाही गर्ने हो आफ्नो बचाउको लागि धम्की दिने होइन् ।’  सीमा विवादको विषय उठाउँदै यादवले प्रधानमन्त्रीबाट अझै स्पष्ट र ठोस जवाफ नआएको भन्दै असन्तुष्टि व्यक्त गरिन् । उनले यसअघि परराष्ट्रमन्त्रीले दिएको जवाफ ढाकछोप मात्र भएको टिप्पणी गरिन्।

प्रधानमन्त्रीको अभिव्यक्तिपछि सीमाक्षेत्रमा देखिएका गतिविधिको जिम्मेवारी कसले लिने भन्ने प्रश्न पनि उनले उठाइन्।  उनले भनिन्,‘प्रधानमन्त्रीले दिनुभएको सीमा सम्बन्धी विवादको ठोस् जवाफ कहिले आउँछ ? म सरकारसँग माग गर्न चाहन्छु । विगतमा केटाकेटीलाई ललिपप देखाएको जस्तो परराष्ट्रमन्त्रीले हामीलाई जवाफ दिनुभयो । त्यो सबैलाई थाहा छ । ढाकछोप गर्ने काम मात्र भएको हो ।  त्यसैगरी उनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रीले ठेकेदारले काम नगरे ‘खुट्टा भाँचिदिने’भनेर अभिव्यक्ति दिएको विषयमा पनि आपत्ति जनाइन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संसद् भवनमा सुरक्षाकर्मीहरूले आत्मरक्षाका लागि गोली चलाएका हुन्
संसद् भवनमा सुरक्षाकर्मीहरूले आत्मरक्षाका लागि गोली चलाएका हुन्
होटलको स्विमिङ पुलमा डुबेर एक बालकको मृ*त्यु
होटलको स्विमिङ पुलमा डुबेर एक बालकको मृ*त्यु
यस्तो छ तपाइको आजको राशिफल
यस्तो छ तपाइको आजको राशिफल
आशा भोसलेको पाँच दशकको लामो सांगीतिक यात्रा : २० भाषामा १२ हजार गीत
आशा भोसलेको पाँच दशकको लामो सांगीतिक यात्रा : २० भाषामा १२ हजार गीत
सुदूरपश्चिम सरकारद्वारा एक करोड आर्थिक सहयोगसहित स्वास्थ्यकर्मी पठाउने घोषणा
सुदूरपश्चिम सरकारद्वारा एक करोड आर्थिक सहयोगसहित स्वास्थ्यकर्मी पठाउने घोषणा
गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौंको अवलोकन
गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौंको अवलोकन
अर्थमन्त्री खनालसँग अध्यक्ष श्रेष्ठले गरे ‘एनआरएन डेभलपमेन्ट फन्ड’ सञ्चालनबारे छलफल
अर्थमन्त्री खनालसँग अध्यक्ष श्रेष्ठले गरे ‘एनआरएन डेभलपमेन्ट फन्ड’ सञ्चालनबारे छलफल
सात वर्ष पछी पाकिस्तानी क्रिकेट टिम भारतीय भूमिमा
सात वर्ष पछी पाकिस्तानी क्रिकेट टिम भारतीय भूमिमा
निजी विद्यालयलाई छात्रवृत्ति विवरण तय गर्न काठमाडौं महानगरको निर्देशन
निजी विद्यालयलाई छात्रवृत्ति विवरण तय गर्न काठमाडौं महानगरको निर्देशन
जल, जमिन र जंगलसँगै जनसंख्या नेपालको सबैभन्दा ठूलो धन हो : गगन थापा
जल, जमिन र जंगलसँगै जनसंख्या नेपालको सबैभन्दा ठूलो धन हो : गगन थापा