जल, जमिन र जंगलसँगै जनसंख्या नेपालको सबैभन्दा ठूलो धन हो : गगन थापा

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, श्रावण १७, २०८३
|
|
७० पटक हेरिएको
Shares
जल, जमिन र जंगलसँगै जनसंख्या नेपालको सबैभन्दा ठूलो धन हो : गगन थापा

सारांश

  • नेपाली कांग्रेसको १४औँ ‘ग्रीन टेबल’ कार्यक्रममा ‘युवावय नेपाल : जनसांख्यिक लाभांशको अभूतपूर्व अवसर र हाम्रो सामथ्र्य’ विषयमा छलफल गरिएको छ ।
  • कार्यक्रमपछि नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपालको सबैभन्दा ठूलो सम्पत्ति जनसंख्या भएको भन्दै त्यसको सही बुझाइ र व्यवस्थापन आवश्यक रहेको बताएका छन् ।
  • उनले जल, जमिन र जंगललाई नेपालको सम्पत्तिका रूपमा बारम्बार चर्चा गरिए पनि देशको वास्तविक शक्ति भने जनसंख्या रहेको उल्लेख गरे ।

काठमाडौं ।

नेपाली कांग्रेसको १४औँ ‘ग्रीन टेबल’ कार्यक्रममा ‘युवावय नेपाल : जनसांख्यिक लाभांशको अभूतपूर्व अवसर र हाम्रो सामथ्र्य’ विषयमा छलफल गरिएको छ । कार्यक्रमपछि नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपालको सबैभन्दा ठूलो सम्पत्ति जनसंख्या भएको भन्दै त्यसको सही बुझाइ र व्यवस्थापन आवश्यक रहेको बताएका छन् । उनले जल, जमिन र जंगललाई नेपालको सम्पत्तिका रूपमा बारम्बार चर्चा गरिए पनि देशको वास्तविक शक्ति भने जनसंख्या रहेको उल्लेख गरे ।

‘हामीले जल, जमिन र जंगल नेपालको सम्पत्ति हो भनेर धेरै पटक बोलेका, दोहोर्याएका र सुनेका छौँ । तर हाम्रो मुख्य सम्पत्ति भनेको जनसंख्या हो । त्यसैले जनसंख्यालाई सही ढंगले बुझ्ने क्षमता हामीमा हुनुपर्छ,’ उनले भने । थापाले जनसंख्यालाई केवल संख्या वा मतदाताको रूपमा मात्र हेर्न नहुने धारणा राखे । ‘हामीसँग कति जनसंख्या छ भन्ने कुरा यति करोड, यति लाख भनेर मात्र बुझ्ने होइन । चुनाव लड्नेका लागि त्यो संख्या भोटमा देखिन सक्छ, तर जनसंख्या त्यति मात्र होइन,’ उनले भने । उनले जनसंख्याको अवस्था, वितरण, गतिविधि र भविष्यको प्रवृत्तिबारे पनि गहिरो अध्ययन आवश्यक रहेको बताए । जनसंख्या कहाँ छ, के गरिरहेको छ, कस्तो अवस्थामा छ, कता गइरहेको छ भन्ने सबै कुरा बुझ्नुपर्छ । त्यति मात्र होइन, अबको केही वर्षपछि यसको अवस्था कस्तो हुन्छ भन्ने विषयमा पनि सोच्न आवश्यक छ,’ थापाले भने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आफूलाई निष्कासन गरेपछि गगनले भने, कांग्रेस कसैको निजी कम्पनी होइन
आफूलाई निष्कासन गरेपछि गगनले भने, कांग्रेस कसैको निजी कम्पनी होइन
जुम्लाबाट ४१ करोड बढीको स्याउ बिक्री, अघिल्लो वर्षभन्दा २९ करोड कम
जुम्लाबाट ४१ करोड बढीको स्याउ बिक्री, अघिल्लो वर्षभन्दा २९ करोड कम
गाउँ कार्यपालिकाको कार्यालय पर्सा सर्लाहीको सार्वजनिक अनुरोध !
प्राधिकरणको लापरबाहीले करेन्ट लागेर गुरुङको मृत्यु,
प्राधिकरणको लापरबाहीले करेन्ट लागेर गुरुङको मृत्यु,
टाइगर कप भलिबलः न्यू डायमण्डलाई हराउँदै आयोजक टोली फाइलनमा प्रवेश
टाइगर कप भलिबलः न्यू डायमण्डलाई हराउँदै आयोजक टोली फाइलनमा प्रवेश
ढाका हुँदै काठमाडौं आउँदै अमेरिकाबाट डिपोर्ट भएका नेपाली नागरिक
ढाका हुँदै काठमाडौं आउँदै अमेरिकाबाट डिपोर्ट भएका नेपाली नागरिक
परराष्ट्रमन्त्री आरजू भारत प्रस्थान
परराष्ट्रमन्त्री आरजू भारत प्रस्थान
‘लालीबजार’ को कमाई ९ करोड 
‘लालीबजार’ को कमाई ९ करोड 
सहकारी ठगी छानबिन समितिले माग्यो देशभरका सहकारीको विवरण
सहकारी ठगी छानबिन समितिले माग्यो देशभरका सहकारीको विवरण
टी-२० अन्तर्राष्ट्रिय खेलमा शतक पूरा गर्दै नेपाली राष्ट्रिय टोली
टी-२० अन्तर्राष्ट्रिय खेलमा शतक पूरा गर्दै नेपाली राष्ट्रिय टोली