कारसहित सुनकोसीमा बेपत्ता ३ यात्रुको खोजीमा गोताखोर परिचालन

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, श्रावण १९, २०८३
|
|
१४२ पटक हेरिएको
Shares
कारसहित सुनकोसीमा बेपत्ता ३ यात्रुको खोजीमा गोताखोर परिचालन

सारांश

  • सोमबार सुनकोसीमा कारसहित बेपत्ता भएका तीन जनाको खोजीमा आज बिहानैबाट गोताखोरसहितका सुरक्षाकर्मी परिचालन भएका छन्।
  •   सिन्धुलीको फिक्कल गाउँपालिका-२ नवलपुरस्थित मध्यपहाडी लोकमार्गमा बसले ठक्कर दिँदा तीन जना यात्रुसहितको एउटा कार सुनकोसी नदीमा खसेर बेपत्ता भएको थियो।
  •   बेपत्ता भएको प्रदेश ३-०१-०२४ च ९५७३ नम्बरको कारमा चालक सिन्धुपाल्चोकको जुगल गाउँपालिका- ७ घर भएका ३९ वर्षीय दिल कुमार लामा रहेका खुलेको छ।

१९ साउन, काठमाडौं ।

सोमबार सुनकोसीमा कारसहित बेपत्ता भएका तीन जनाको खोजीमा आज बिहानैबाट गोताखोरसहितका सुरक्षाकर्मी परिचालन भएका छन्।  सिन्धुलीको फिक्कल गाउँपालिका-२ नवलपुरस्थित मध्यपहाडी लोकमार्गमा बसले ठक्कर दिँदा तीन जना यात्रुसहितको एउटा कार सुनकोसी नदीमा खसेर बेपत्ता भएको थियो।  बेपत्ता भएको प्रदेश ३-०१-०२४ च ९५७३ नम्बरको कारमा चालक सिन्धुपाल्चोकको जुगल गाउँपालिका- ७ घर भएका ३९ वर्षीय दिल कुमार लामा रहेका खुलेको छ। लामासँगै कारमा सिन्धुलीकै तिनपाटन गाउँपालिका-९ डाँडाखर्क बस्ने वर्ष १७ वर्षीय सुरज बलम्पाकी र सिन्धुलीकै गोलान्जोर गाउँपालिका-१ का करिब २८ वर्षीय गणेश थापा सवार थिए।

थापा स्काभेटर चालक हुन्। बलम्पाकी हेल्पर भएका प्रहरीले जनाएको छ।  ‘बेपत्ता यात्रुको खोजीमा मंगलबार बिहानैबाट गोताखोरसहितका सुरक्षाकर्मी खटिएका छन्,’ जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डीएसपी विजय श्रेष्ठले भने, ‘अहिलेसम्म बाढीमा बेपत्ता भएको कार र यात्रु फेला परेका छैनन्।’  उनले बर्षाको कारण सुनकोसीमा ठूलो बाढी आएकाले गोताखोरलाई पानीमा पसेर खोजी गर्नसमेत समस्या हुने गरेको बताए।   खोटाङबाट काठमाडौँतर्फ आउँदै गरेको कारलाई काठमाडौँबाट ओखलढुंगातर्फ जाँदै गरेको बागमती प्रदेश ०८-००१०-०१४४ नम्बरको बसले ठक्कर दिएपछि कार सडकबाट अन्दाजी ३० मिटर तल सुनकोसी नदीमा खसेर बेपत्ता भएको हो।  बेपत्ता कार र यात्रुको खोजीकार्यको लागि विपद् व्यवस्थापन वेश खुर्कोटबाट सशस्त्र प्रहरी निरीक्षक निरेन्द्र गुरुङको कमाण्डमा गोताखोरसहितको टोली र नेपाल प्रहरीको टोलीसमेत परिचालन गरिएको छ।  दुर्घटनापछि बस चालक सिन्धुलीको फिक्कल गाउँपालिका ६ बस्ने २६ वर्षीय हेम बहादुर तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गृहमन्त्री गुरुङको गुनासो- घरको झगडा घरभित्रै राखौं, सदनमा विरोध नगरौं
गृहमन्त्री गुरुङको गुनासो- घरको झगडा घरभित्रै राखौं, सदनमा विरोध नगरौं
अर्थमन्त्रीलाई सांसद चौधरीको सुझाव- रोकिएका परियोजना सम्पन्न गर्नेगरी बजेट ल्याउनुस्
अर्थमन्त्रीलाई सांसद चौधरीको सुझाव- रोकिएका परियोजना सम्पन्न गर्नेगरी बजेट ल्याउनुस्
आजका लागि विदेशी मुद्राको विनिमय दर
आजका लागि विदेशी मुद्राको विनिमय दर
मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानको भवनको शिलान्यास
मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानको भवनको शिलान्यास
कैलालीमा खैरो हेरोइनसहित २ जना पक्राउ
कैलालीमा खैरो हेरोइनसहित २ जना पक्राउ
रास्वपा सभापति लामिछानेमाथि थुनछेक बहस सुरु
रास्वपा सभापति लामिछानेमाथि थुनछेक बहस सुरु
वास्तविक नमूना मतपत्र सार्वजनिक, काठमाडौंको सबैभन्दा ठूलो
वास्तविक नमूना मतपत्र सार्वजनिक, काठमाडौंको सबैभन्दा ठूलो
हिन्दूराष्ट्रका लागि संविधान संशोधन गरे रास्वपा सरकारलाई समर्थन गर्नेर्छौं : कमल थापा
हिन्दूराष्ट्रका लागि संविधान संशोधन गरे रास्वपा सरकारलाई समर्थन गर्नेर्छौं : कमल थापा
चन्द्रागिरिमा वृद्धा ह*त्या प्रकरण : कारण बन्यो जग्गा विवाद, छोरापछि आमा पनि पक्राउ
चन्द्रागिरिमा वृद्धा ह*त्या प्रकरण : कारण बन्यो जग्गा विवाद, छोरापछि आमा पनि पक्राउ
सरकार सम्झौतामा तयार नहुँदा ३ दिनदेखि निजगढमै  मिटरब्याजपीडित
सरकार सम्झौतामा तयार नहुँदा ३ दिनदेखि निजगढमै मिटरब्याजपीडित