ऋषिङ गाउँपालिका अध्यक्षविरुद्ध ज्यान मार्ने उद्योगको मुद्दा

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, जेठ १, २०८२
|
|
२९ पटक हेरिएको
Shares
ऋषिङ गाउँपालिका अध्यक्षविरुद्ध ज्यान मार्ने उद्योगको मुद्दा

सारांश

  • भीमाद नगरपालिका- ६ बस्ने ५७ वर्षीय प्रभात आलेले हुलाकमार्फत पठाएको जाहेरी प्रहरीले दर्ता गरेको हो ।
  • गएको फागुन १३ गते प्रभात आफैं इलाका प्रहरी कार्यालय बेलचौतारा पुगेर जाहेरी दर्ता गर्न खोज्दा प्रहरीले राजनीतिक दबाबका कारण दर्ता गरेको थिएन ।
  • आलेले पछि बैशाख १५ गते जिल्ला प्रहरी कार्यालय तनहुँ र जिल्ला सरकारी वकिलको कार्यालयलाई हुलाकमार्फत जोहेरी पठाएका थिए ।

पोखरा- तनहुँको ऋषिङ गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठविरुद्ध ज्यान मार्ने उद्योग सम्बन्धि कसुरमा मुद्दा दर्ता भएको छ । भीमाद नगरपालिका- ६ बस्ने ५७ वर्षीय प्रभात आलेले हुलाकमार्फत पठाएको जाहेरी प्रहरीले दर्ता गरेको हो । गएको फागुन १३ गते प्रभात आफैं इलाका प्रहरी कार्यालय बेलचौतारा पुगेर जाहेरी दर्ता गर्न खोज्दा प्रहरीले राजनीतिक दबाबका कारण दर्ता गरेको थिएन ।

आलेले पछि बैशाख १५ गते जिल्ला प्रहरी कार्यालय तनहुँ र जिल्ला सरकारी वकिलको कार्यालयलाई हुलाकमार्फत जोहेरी पठाएका थिए । बैशाख २२ गते जिल्ला प्रहरी कार्यालयमा जोहरी पुगेको थियो । त्यसको ३ दिनपछि मात्रै दर्ता भएको थियो । जाहेरी दर्ता भएको विषयमा प्रहरीले सूचना लुकाईरहेको थियो । हुलाकमार्फत आएको जाहेरी व्यक्तिलाई झिकाएरसमेत सनाखत भएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी डिएसपी अशोक थापाले बताए । ‘कागज गर्ने लगायतको प्रक्रिया बेलचौतारा (इलाका प्रहरी कार्यालय) मार्फत भइरहेको छ,’ उनले भने । कुटपिटको घटना फागुन ७ गते रातिको हो । प्रहरीले जाहेरी लिन नमानेपछि बल्ल घटनाबारे लामो समयपछि सार्वजनिक भएको थियो । तर, घटना सार्वजनिक हुदाँसम्म जाहेरी दर्ता भएन ।

नेपाली कांग्रेस तनहुँका उपसभापतिसमेत रहेका गाउँपालिका अध्यक्ष श्रेष्ठले भीमाद नगरपालिका- ६ मालेबगर पुरानो स्कुलस्थित आफ्नै घरमा प्रभात आलेलाई कुटपिट गरेको आरोप लगाइएको छ । कुटाइ खाएका आले २०१५ सालमा निर्वाचित सांसद स्वर्गीय पदमबहादुर आलेका छोरा हुन् । प्रभातका दाई जीतप्रकाश आले हाल गण्डकी प्रदेश सभा सदस्य छन् । जाहेरी दिएका आलेका अनुसार भाइ विलासको जग्गा राजेन्द्रकृष्णले किनेर प्लटिङ गरेर बिक्री गरेका थिए । ७ वर्ष पहिले किनबेच भएको जग्गाको बाटो छोड्ने सहमति थियो । सहमति कार्यन्वयन नभएपछि विवाद सुरु भयो । विवाद टुंग्याउन खोज्दा आफूमाथि चोट लाग्ने गरेर कुटेको उनका आरोप छ । आफूमाथि हातपात गरेपछि प्रतिकार गरेको गाउँपालिका अध्यक्ष श्रेष्ठले बताएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

युक्रेनी राष्ट्रपतिको गृहनगरमा भएको रुसी हमलामा १८ जनाको मृत्यु
युक्रेनी राष्ट्रपतिको गृहनगरमा भएको रुसी हमलामा १८ जनाको मृत्यु
हेटौंडामा बालगृहको गेटबाहिर नवजातशिशु फेला, अवस्थागम्भीर
हेटौंडामा बालगृहको गेटबाहिर नवजातशिशु फेला, अवस्थागम्भीर
सिद्धार्थ राजमार्ग अहिले अत्यन्तै दयनीय अवस्थामा पुगेको छ : सांसद डुम्रे
सिद्धार्थ राजमार्ग अहिले अत्यन्तै दयनीय अवस्थामा पुगेको छ : सांसद डुम्रे
बाढीपहिरोबाट कृषिमा ५ अर्ब ८३ करोड बराबरको क्षति
बाढीपहिरोबाट कृषिमा ५ अर्ब ८३ करोड बराबरको क्षति
रुसद्वारा युक्रेनी सैन्य स्थलहरूमा आक्रमण
रुसद्वारा युक्रेनी सैन्य स्थलहरूमा आक्रमण
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अगाडि बढाउने घोषणा
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अगाडि बढाउने घोषणा
कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, त्यसअघि कार्यसम्पादन समितिको बैठक बोलाइयो
कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, त्यसअघि कार्यसम्पादन समितिको बैठक बोलाइयो
काठमाडौंका यी स्थानमा आज विद्युत कटौती हुने
काठमाडौंका यी स्थानमा आज विद्युत कटौती हुने
अर्थमन्त्रीद्वारा रुकुम पश्चिम र जाजरकोटको निर्वाचन तयारी अनुगमन
अर्थमन्त्रीद्वारा रुकुम पश्चिम र जाजरकोटको निर्वाचन तयारी अनुगमन
नेपालले हङकङलाई ६ विकेटले हरायो
नेपालले हङकङलाई ६ विकेटले हरायो