रास्वपाले बोलायो संसदीय दलको बैठक
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको बैठक बोलाएको छ ।
- संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठको समन्वयमा बैठक आह्वान भएको कार्यवाहक प्रवक्ता तथा सांसद मनीष झाले जानकारी दिए ।
- बैठक बिहीबार दिउँसो २ बजे बोलाइएको हो ।

१० वैशाख, काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको बैठक बोलाएको छ । संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठको समन्वयमा बैठक आह्वान भएको कार्यवाहक प्रवक्ता तथा सांसद मनीष झाले जानकारी दिए ।

बैठक बिहीबार दिउँसो २ बजे बोलाइएको हो । बैठकमा संसद्को बजेट अधिवेशनबारे छलफल हुने झाले जानकारी दिए । संसद्को बजेट अधिवेशन यही वैशाख १२ गतेबाट सुरु हुँदैछ । त्यस्तै, वैशाख ४ गते बसेको पार्टी केन्द्रीय समितिको बैठकले दिएको निर्देशनबारे पनि छलफल गर्ने तयारी रहेको उनले बताए ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया