Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

कञ्चनपुरका आरक्ष पीडितको माग गूरा गर्ने रवि लामिछानेको प्रतिबद्धता

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, जेठ ३१, २०८३
|
|
७३ पटक हेरिएको
Shares
कञ्चनपुरका आरक्ष पीडितको माग गूरा गर्ने रवि लामिछानेको प्रतिबद्धता

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कञ्चनपुरको शुक्लाफाँटा वन्यजन्तु आरक्ष (हाल राष्ट्रिय निकुञ्ज) बाट विस्थापित पीडितको माग गूरा गर्ने प्रतिबद्धता जनाएका छन् ।
  • पीडितहरू सभापति लामिछानेलाई भेट्न सिंहदरबारस्थित संसद् भवनभित्र उनकै कार्यकक्षमा पुगेका थिए ।
  • भेटमा आरक्ष पीडितको टोलीले आफ्नो समस्या राखे ।

 

३१ जेठ, काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कञ्चनपुरको शुक्लाफाँटा वन्यजन्तु आरक्ष (हाल राष्ट्रिय निकुञ्ज) बाट विस्थापित पीडितको माग गूरा गर्ने प्रतिबद्धता जनाएका छन् । पीडितहरू सभापति लामिछानेलाई भेट्न सिंहदरबारस्थित संसद् भवनभित्र उनकै कार्यकक्षमा पुगेका थिए । भेटमा आरक्ष पीडितको टोलीले आफ्नो समस्या राखे । आरक्ष पीडित संघर्ष समितिका अध्यक्ष प्रेमदत्त भट्टले शुक्लाफाँटा आरक्ष विस्तारका क्रममा २०५८ सालमा आफूहरूलाई विस्थापित गरिएको स्मरण गराए ।

त्यसयता ३३ वटा आयोग बनिसके पनि समस्या समाधान नभएको, आयोगलाई दलीय भर्ती केन्द्र बनाएको र आफूहरू अझै सडक र खोला किनारमा अव्यवस्थित र असुरक्षित रूपमा बसिरहेको जानकारी गराए । भेटमा कञ्चनपुर २ का सांसद दिपक बोहरा पनि सहभागी थिए । बोहराले यो समस्या आफ्नो क्षेत्रमा विकराल रहेको भन्दै पहल गरिदिन सभापति लामिछानेलाई अनुरोध गरे । जवाफमा सभापति लामिछानेले शुक्लाफाँटा आरक्ष पीडितको समस्या जतिसक्दो चाँडो समाधान गर्ने प्रतिबद्धता जनाए । त्यसक्रममा भेटमा सभापति लामिछानेले पीडितहरूलाई माग के हो, के गर्नुपर्‍यो भन्ने विषय ठोस रूपमा राख्न समेत आग्रह गरेका थिए । आरक्ष पीडित संघर्ष समितिका अध्यक्ष भट्टले संख्या यकिन गरेको देवान विष्टको आयोगको प्रतिवेदन र जग्गा वा पैसा दिन सिफारिस गर्ने सुरेन्द्र बम आयोगको प्रतिवेदन कार्यान्वयन गराई आफूहरूको व्यवस्थापन गर्न अनुरोध गरेका थिए । भट्टले कञ्चनपुरका ९ वटै पालिकाले आरक्ष पीडितलाई कहाँ कहाँ जमिन दिन सकिन्छ भनेर ठाउँहरू सुझाएको पनि जानकारी गराए ।

पीडितबाट समाधानको उपाय सुनेपछि सभापति लामिछानेले ‘ल तपाईंको काम अब सुरु हुन्छ, ढुक्क हुनुस् । धेरै बोलेर होइन गरेर हुने कुरा हो । त्यो प्रतिवेदन खोजी गर्छौं, तुरुन्तै काममा लाग्छौं’ भनेका छन् । लगत्तै भूमिमन्त्री प्रतिभा रावल र वनमन्त्री गीता चौधरीलाई फोन गरेर सभापति लामिछानेले शुक्लाफाँटा आरक्षको समस्या तुरुन्त समाधान गर्न निर्देशन दिए । पीडितहरूलाई भूमि मन्त्रालयमा पठाए । सभापति लामिछानेलाई भेट्न आरक्ष पीडित संघर्ष समितिका अध्यक्ष भट्टसहित पीडितहरू बासुदेव चौधरी, टेकराज पनेरु, जय रोकाया, कृष्ण भट्ट पुगेका थिए । यसैगरी रास्वपाका स्थानीय नेता पनि सहभागी थिए ।

संख्या यकिन गर्न अध्ययन टोली

सभापति लामिछानेले फोन गरेर निर्देशन दिएपछि भूमि मन्त्रालयले पीडितहरूलाई मन्त्रालयमा बोलाएर छलफल गरेको अध्यक्ष भट्टले जानकारी दिए । भूमि मन्त्रालयमा वनमन्त्री गीता चौधरी पनि पुगिसकेकी थिइन् । भूमि मन्त्री रावल र चौधरीले पीडितहरूसँग छलफल गरेर पीडितको संख्या यकिन गर्न कर्मचारीको अध्ययन टोली बनाउने सहमति गरेका छन् । भूमिमन्त्री रावलले शुक्लाफाँटा आरक्ष समस्या समाधानका लागि संख्या यकिन गर्नुपर्ने देखिएको र यो भएपछि समाधान सहज हुने भन्ने प्रस्तावमा पीडितहरूले सहमति जनाएपछि भूमि मन्त्रालय, वन मन्त्रालय, नापी विभाग, निकुञ्ज विभागका कर्मचारीको अध्ययन टोली बनाएर १५ दिनभित्र टुंग्याउने बताइन् ।

‘१५ दिनको लागि कर्मचारीको अध्ययन टोली बनाउने, टोलीले संख्या यकिन गराउने, नक्कली मान्छेलाई हटाउने, वास्तविक पीडितलाई भित्र्याइ यकिन गरेर के कति जग्गा दिन सकिन्छ भनेर छलफल गर्ने कुरा भयो । टोलीले टुंग्याएर प्रतिवेदन दिएपछि अधिकारसम्पन्न शक्तिशाली आयोग बनाएर पुनर्स्थापना गर्ने प्रतिबद्धता मन्त्रीज्यूबाट आयो’ अध्यक्ष भट्टले भने । अध्ययन टोलीले आवश्यक पर्दा पीडित संघर्ष समितिलाई छलफलमा आमन्त्रण गर्ने सहमति पनि बनेको छ । मन्त्रीहरूसँगको छलफलमा कञ्चनपुर १ का सांसद जनकसिंह धामी पनि उपस्थित थिए ।

आरक्ष पीडितले यसअघि शुक्रबार उर्जामन्त्री विराजभक्त श्रेष्ठलाई पनि मन्त्रालयमा भेटेर आफ्नो समस्या समाधानका लागि मन्त्रिपरिषद्मा पहल गरिदिन अनुरोध गरेका थिए । मन्त्री श्रेष्ठले आफू राजनीतिक अभियानका क्रममा कञ्चनपुर जाँदा यो समस्याबारे थाहा पाएको भन्दै आफ्नो तर्फबाट सम्पूर्ण पहल गर्ने प्रतिबद्धता जनाएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ऊर्जामन्त्रीको सल्लाहकार समूहले पायो पूर्णता
ऊर्जामन्त्रीको सल्लाहकार समूहले पायो पूर्णता
कक्षा १२ को नतिजा आज सार्वजनिक हुँदै
कक्षा १२ को नतिजा आज सार्वजनिक हुँदै
२१.४८ अंक घट्यो नेप्से, कारोबार रकममा सामान्य सुधार
२१.४८ अंक घट्यो नेप्से, कारोबार रकममा सामान्य सुधार
सभापति लामिछानेले रास्वपाको आज अभिमुखीकरणमा सम्बोधन गर्ने
सभापति लामिछानेले रास्वपाको आज अभिमुखीकरणमा सम्बोधन गर्ने
सीटीईभीटीले दियो विद्यार्थीलाई ५ करोड बढीको छात्रवृत्ति
सीटीईभीटीले दियो विद्यार्थीलाई ५ करोड बढीको छात्रवृत्ति
आजको मौसम : केही स्थानमा चट्याङ्ग सहित वर्षाको सम्भावना
आजको मौसम : केही स्थानमा चट्याङ्ग सहित वर्षाको सम्भावना
इजरायली हवाई आक्रमणमा ९ सय जनाको मृत्यु, युद्धविराम तोडिएपछि गाजामा हिंसा तीव्र
इजरायली हवाई आक्रमणमा ९ सय जनाको मृत्यु, युद्धविराम तोडिएपछि गाजामा हिंसा तीव्र
प्रधानमन्त्रीको आश्वासनपछि सुकुमवासी– मुठभेड खोजेका होइनौं, समस्या समाधान होस्
प्रधानमन्त्रीको आश्वासनपछि सुकुमवासी– मुठभेड खोजेका होइनौं, समस्या समाधान होस्
सुख्खायामसँगै आगलागीका घटना बढ्दै, एक महिनामै ८ जनाको मृ*त्यु, ५५ घाइते
सुख्खायामसँगै आगलागीका घटना बढ्दै, एक महिनामै ८ जनाको मृ*त्यु, ५५ घाइते
राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टविरुद्धको रिटमा सुनुवाइ हुँदै
राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टविरुद्धको रिटमा सुनुवाइ हुँदै