प्रधानमन्त्रीको आश्वासनपछि सुकुमवासी– मुठभेड खोजेका होइनौं, समस्या समाधान होस्

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, बैशाख ११, २०८३
|
|
४६८ पटक हेरिएको
Shares
प्रधानमन्त्रीको आश्वासनपछि सुकुमवासी– मुठभेड खोजेका होइनौं, समस्या समाधान होस्

सारांश

  • सरकारले भोलि (शनिबार) बिहानबाट काठमाडौं उपत्यकाका चारवटा सुकुमवासी बस्ती खाली गराउँदैछ ।
  • प्रधानमन्त्री बालेन शाहको निर्देशनपछि सुरक्षा निकायले खाली गराउने तयारी अघि बढाएको छ  एकाएक सरकारले गर्न लागेको यो कदमप्रति पक्ष र विपक्षमा विभिन्न आवाजहरू सुनिइरहेका छन् ।
  • यसैबीच शुक्रबार (आज) बिहानैबाट सुकुमवासी बस्तीका स्थानीयहरू आन्दोलित बन्न पुगे ।

११ वैशाख,काठमाडौं ।

सरकारले भोलि (शनिबार) बिहानबाट काठमाडौं उपत्यकाका चारवटा सुकुमवासी बस्ती खाली गराउँदैछ । प्रधानमन्त्री बालेन शाहको निर्देशनपछि सुरक्षा निकायले खाली गराउने तयारी अघि बढाएको छ  एकाएक सरकारले गर्न लागेको यो कदमप्रति पक्ष र विपक्षमा विभिन्न आवाजहरू सुनिइरहेका छन् । यसैबीच शुक्रबार (आज) बिहानैबाट सुकुमवासी बस्तीका स्थानीयहरू आन्दोलित बन्न पुगे । केहीले भने बस्तीबाट आफ्ना सामग्रीहरू धमाधम सारिरहेका छन् ।

जिल्ला प्रशासन कार्यालय, काठमाडौंले विशेष सूचना जारी गर्दै आजै साँझ ७ बजेसम्म खाली गराउन पनि भनेको छ ।यसैबीच आजै प्रधानमन्त्री शाहले सुकुमवासीको समस्या समाधानका लागि अहिलेकै सरकारले काम गर्ने, वास्तविक सुकुमवासी परिचालन गर्ने लगायतका आश्वासन दिएका छन् ।उनको आश्वासनपछि हामीले संयुक्त राष्ट्रिय सुकुमवासी मोर्चाका उपाध्यक्ष पवन गुरुङसँग कुराकानी गरेका छौं । उनले आफूहरू पनि वार्ताबाटै दीर्घकालिन समस्या समाधानको पर्खाइमा रहेको बताए ।‘हामीहरू पनि मुठभेड र झगडा गर्ने पक्षमा होइनौं ।

संवादमार्फत् नै शान्तिपूर्ण तरिकाले कानूनी समाधान होस् भन्ने पक्षमा छौं,’ उनले भने ।प्रधानमन्त्री शाहले दिएको आश्वासनबारे बोल्दै उनले उक्त आश्वासन पूरा गर्नेगरी सरकारले सोचिदिनुपर्ने बताए‘सरकारले पटक पटक सहमति गरेर पनि धोका दिँदै आएको छ,’ गुरुङले भने, ‘यसपटक त्यस्तो नहोस् । वास्तविक सुकुमवासी पहिचान पनि गरियोस् ।’अहिले बस्तीमा बस्दै आएकाहरूलाई सुरक्षित स्थानमा स्थानान्तरणका लागि पनि उनले आग्रह गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सेन्टिमेन्ट र अभिनयको राजनीतिले देश बदल्न सकिँदैन: प्रधानमन्त्री ओली
सेन्टिमेन्ट र अभिनयको राजनीतिले देश बदल्न सकिँदैन: प्रधानमन्त्री ओली
एकैदिन १४ हजार ४०० रुपैयाँ बढ्यो सुनको मूल्य
एकैदिन १४ हजार ४०० रुपैयाँ बढ्यो सुनको मूल्य
टिकटक प्रतिबन्ध विरुद्धको रिट न्यायाधीश विनोद शर्माको इजलासमा
टिकटक प्रतिबन्ध विरुद्धको रिट न्यायाधीश विनोद शर्माको इजलासमा
काठमाडौँको तरकेश्वोरमा दुई गाडी ठोक्किँदा तीन जनाको मृत्यु
काठमाडौँको तरकेश्वोरमा दुई गाडी ठोक्किँदा तीन जनाको मृत्यु
३५ हजार घुस लिएको दाबीसहित चन्द्रौटाका नापी सर्वेक्षकविरुद्ध मुद्दा
३५ हजार घुस लिएको दाबीसहित चन्द्रौटाका नापी सर्वेक्षकविरुद्ध मुद्दा
सीजी इलेक्ट्रोनिक्सको कारोबारमा ५७ प्रतिशत गिरावट
सीजी इलेक्ट्रोनिक्सको कारोबारमा ५७ प्रतिशत गिरावट
कपिलवस्तु दुर्घटना अपडेट : मृत्यु हुनेको सङ्ख्या २ पुग्यो
कपिलवस्तु दुर्घटना अपडेट : मृत्यु हुनेको सङ्ख्या २ पुग्यो
प्रधानमन्त्री शाहले आज जुत्ता उत्पादक संघका पदाधिकारी र प्रतिनिधिसँग छलफल गर्ने
प्रधानमन्त्री शाहले आज जुत्ता उत्पादक संघका पदाधिकारी र प्रतिनिधिसँग छलफल गर्ने
राप्रपाले १६० क्षेत्रमा उम्मेदवार टुङ्ग्यायो, बाँकी पाँच आजै
राप्रपाले १६० क्षेत्रमा उम्मेदवार टुङ्ग्यायो, बाँकी पाँच आजै
गल्ती र कमजोरीबाट सिकेर पार्टी पुनर्गठन गर्नेछौँ : योगेश भट्टराई
गल्ती र कमजोरीबाट सिकेर पार्टी पुनर्गठन गर्नेछौँ : योगेश भट्टराई