बाजुरा कारागारबाट १९ जना कैदीबन्दीको स्थानान्तरण

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आश्विन २, २०८२
|
|
४७ पटक हेरिएको
Shares
बाजुरा कारागारबाट १९ जना कैदीबन्दीको स्थानान्तरण

सारांश

  • जिल्ला कारागार बाजुराबाट १९ जना कैदीलाई स्थानान्तरण गरिएको छ ।
  • बाँकेस्थित क्षेत्रीय नौवस्ता कारागारमा १९ जना कैदीबन्दीलाई सारिएको हो ।
  • कारागार बाजुराको नयाँ भवन निर्माणका लागि ठेक्का प्रक्रिया भइसकेकाले कैदीबन्दीहरुलाई स्थानान्तरण गर्न थालिएको जिल्ला कारागार बाजुरामा प्रमुख जेलर अनिलकुमार तिवारीले बताए ।

२ असोज, बाजुरा ।

जिल्ला कारागार बाजुराबाट १९ जना कैदीलाई स्थानान्तरण गरिएको छ । बाँकेस्थित क्षेत्रीय नौवस्ता कारागारमा १९ जना कैदीबन्दीलाई सारिएको हो । कारागार बाजुराको नयाँ भवन निर्माणका लागि ठेक्का प्रक्रिया भइसकेकाले कैदीबन्दीहरुलाई स्थानान्तरण गर्न थालिएको जिल्ला कारागार बाजुरामा प्रमुख जेलर अनिलकुमार तिवारीले बताए । पहिलो चरणमा १९ कैदीलाई नौवस्ता कारागार स्थानान्तरण गरिएको उनको भनाइ छ ।

अन्य बाँकी सबै कैदीबन्दीहरुलाई दसैँ अगाडि नै स्थानान्तरण गर्ने तयारी भइरहेको जेलर तिवारीले बताएका छन् । कैदीलाई नौवस्तामा र थुनुवालाई अछाम जिल्ला कारागार सार्ने प्रक्रिया भइरहेको छ । दसैँ अगाडि नै सबै कैदीबन्दीहरुलाई स्थानान्तरण गरेर दसैँ लगत्तै भवन शिलान्यास गरी निर्माण कार्य अगाडि बढाइने कारागार बाजुराले जनाएको छ ।

२०३७ सालमा निर्माण भएको कारागार बाजुराको भवन झण्डै ४५ वर्ष वर्ष पुगिसक्दा बल्ल नयाँ भवनको लागी काम सुरू हुने भएको हो । नयाँ भवन नहुँदा क्षमता भन्दा बढि कैदीबन्दी राख्नुपर्ने बाध्यता थियो । २५ जना कैदीबन्दी क्षमता भएको कारागारमा करिब ६५ जना कैदी राखिएको थियो ।

सुविधा सम्पन्न महिला पुरुष दुवैका लागि ७५ जना कैदीबन्दी बस्ने क्षमता भएको भवन निर्माण हुने भएको हो । कारागारको नयाँ भवन निर्माणका लागि यहीँ भदौ १९ गते ५ करोड ९८ लाख ४८ हजार ४ सय ९८ रुपैयाँमा ठेक्का सम्झौता भएको छ ।

उक्त भवन निर्माणको जिम्मा डिबी बिएन एस जेभीले लिएको छ । २०८३ फागुन ३० गतेसम्म कारागारको भवन निर्माण कार्य सम्पन्न गरी सक्ने गरी जेभीले सघन शहरी तथा भवन निर्माण आयोजना राजपुर डोटीसँग ठेक्का सम्झौता गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शिक्षा विधेयकविरुद्ध निजी विद्यालयहरूको संयुक्त आन्दोलन जारी
शिक्षा विधेयकविरुद्ध निजी विद्यालयहरूको संयुक्त आन्दोलन जारी
युएईविरुद्ध कप्तान देव खनालको शतक
युएईविरुद्ध कप्तान देव खनालको शतक
विपद् प्रभावित पालिकालाई बागमती सरकारको ५ करोड ८० लाख रुपैयाँ
विपद् प्रभावित पालिकालाई बागमती सरकारको ५ करोड ८० लाख रुपैयाँ
नेपालका स्पीनरको कसिलो बलिङमा हङकङ ११५ रनमा अलआउट
नेपालका स्पीनरको कसिलो बलिङमा हङकङ ११५ रनमा अलआउट
पोषण प्याकेजले नियमित स्वास्थ्य परीक्षण गराउने गर्भवतीको सङ्ख्यामा वृद्धि
पोषण प्याकेजले नियमित स्वास्थ्य परीक्षण गराउने गर्भवतीको सङ्ख्यामा वृद्धि
धनुषामा प्रहरी हिरासतमा एकजनाको मृत्यु, अवस्था तनावग्रस्त
धनुषामा प्रहरी हिरासतमा एकजनाको मृत्यु, अवस्था तनावग्रस्त
मंगलबार गर्ने प्रदर्शन र सभाको तयारी पूरा : राप्रपा
मंगलबार गर्ने प्रदर्शन र सभाको तयारी पूरा : राप्रपा
भदौ २३ र २४ को घटना राष्ट्रिय विध्वंस भयो : शंकर पोखरेल
भदौ २३ र २४ को घटना राष्ट्रिय विध्वंस भयो : शंकर पोखरेल
सांसदबाट प्रधानमन्त्री र मन्त्री बन्ने प्रणाली हुनुहुँदैन : वाग्ले
सांसदबाट प्रधानमन्त्री र मन्त्री बन्ने प्रणाली हुनुहुँदैन : वाग्ले
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवौँ सभा सम्पन्न
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवौँ सभा सम्पन्न