Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

बाराको पथलैयाचोकबाट ८ किलो अफिमसहित दुई जना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, चैत्र १६, २०८१
|
|
४८ पटक हेरिएको
Shares
बाराको पथलैयाचोकबाट ८ किलो अफिमसहित दुई जना पक्राउ

सारांश

  • बाराको सिमरा उपमहानगरपालिका–१ स्थित पथलैया चोकबाट सशस्त्र प्रहरीले ८ किलो लागूऔषध अफिमसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।
  • नियन्त्रणमा लिइएकाहरु मकवानपुर जिल्लाको हेटौडा उपमहानगरपालिका–१२ रमनटार बस्ने ४४ वर्षीय मिलन भोलान र ४७ वर्षिय गोपाल प्रसाद गौतम रहेका छन् ।
  • हेटौडाबाट विरगंजतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०१–०२९ च ५४१४ नम्बरको ईलेक्ट्रिक गाडीमा सवार उनीहरुलाई सशस्त्र प्रहरी बल इन्टेलिजेन्स ब्युरोको विशेष सूचनाको आधारमा अफिमसहित नियन्त्रणमा लिईएको हो ।

 

१६ चैत, काठमाडौं ।

बाराको सिमरा उपमहानगरपालिका–१ स्थित पथलैया चोकबाट सशस्त्र प्रहरीले ८ किलो लागूऔषध अफिमसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएकाहरु मकवानपुर जिल्लाको हेटौडा उपमहानगरपालिका–१२ रमनटार बस्ने ४४ वर्षीय मिलन भोलान र ४७ वर्षिय गोपाल प्रसाद गौतम रहेका छन् ।

हेटौडाबाट विरगंजतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०१–०२९ च ५४१४ नम्बरको ईलेक्ट्रिक गाडीमा सवार उनीहरुलाई सशस्त्र प्रहरी बल इन्टेलिजेन्स ब्युरोको विशेष सूचनाको आधारमा अफिमसहित नियन्त्रणमा लिईएको हो । साथै उनीहरुको साथबाट ६३ हजार ३ सय ६० नेपाल रुपैयाँ, ३ थान मोवाईल लगायतका सामानहरु समेत बरामद गरेको छ । नियन्त्रणमा लिईएका दुवै जनालाई बरामद लागूऔषध, गाडी लगायतका सामानसहित आवश्यक कारवाहीको लागि सम्बन्धित नियकायमा बुझाईएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?