Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

मधेस सहिद प्रतिष्ठानका सदस्य यादव मृत फेला

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, फाल्गुन २०, २०८१
|
|
८६ पटक हेरिएको
Shares
मधेस सहिद प्रतिष्ठानका सदस्य यादव मृत फेला

सारांश

  • मधेस सहिद प्रतिष्ठानका एक सदस्य मृत फेला परेका छन् ।
  • मधेस भवनभित्रको आफ्नो कोठामा मधेस सहिद प्रतिष्ठानका सदस्य रामनरेश यादव मृत फेला परेको धनुषा प्रहरीले जनाएको छ ।
  •   जनकपुर प्रहरीका अनुसार सदस्य यादव आज बिहान आफ्नै ओछ्यानमा मृत फेला परेका हुन् ।

२० फागुन, जनकपुर ।

मधेस सहिद प्रतिष्ठानका एक सदस्य मृत फेला परेका छन् । मधेस भवनभित्रको आफ्नो कोठामा मधेस सहिद प्रतिष्ठानका सदस्य रामनरेश यादव मृत फेला परेको धनुषा प्रहरीले जनाएको छ ।  जनकपुर प्रहरीका अनुसार सदस्य यादव आज बिहान आफ्नै ओछ्यानमा मृत फेला परेका हुन् । आफ्नै बेडमा घोप्टो परेको अवस्थामा उनी मृत फेला परेको धनुषा प्रहरीका प्रवक्ता बरुणबहादुर सिंहले बताए ।

घटना बिहान ७ बजेको भएको धनुषा प्रहरीले जानकारी दिएको छ ।  प्रवक्ता सिंहका अनुसार मृतक यादवको कोठामा जाँदा उनले बान्ता गरेको समेत पाइएको छ ।  अहिलेसम्म मृत्युको कारण भने नखुलेको धनुषा प्रहरीले जानकारी दिएको छ । प्रहरीले गरेको प्रारम्भिक सोधपुछमा उनले हिजो आफ्नो घर परिवारका सदस्यसँग कुराकानी गरेका थिए  ।

प्रहरीका अनुसार कुराकानी गर्दा यादवले आफूलाई सन्चो नभएको जानकारी गराएका थिए । उनले सहकर्मीहरूलाई अस्वस्थ रहेको समेत बताएका थिए ।  मृतक यादवको शव बिहानै पोस्टमार्टमका लागि जनकपुर प्रादेशिक अस्पतालमा लगिएको प्रहरीले जनाएको छ । पोस्टमार्टम रिपोर्ट आइसकेपछि मृत्युको कारणबारे यथेष्ट जानकारी आउने प्रहरीको भनाइ छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रवक्ता सिंह बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?