पाकिस्तानमा स्कूल बसमा बम विष्फोट, चार बालबालिकाको मृ*त्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, जेठ ७, २०८२
|
|
२६ पटक हेरिएको
Shares
पाकिस्तानमा स्कूल बसमा बम विष्फोट, चार बालबालिकाको मृ*त्यु

सारांश

  • पाकिस्तानको दक्षिणपश्चिमी क्षेत्रमा सेनाद्वारा सञ्चालित एक विद्यालयका विद्यार्थी चढेको बसमा बुधबार भएको आत्मघाती आक्रमणमा परी कम्तीमा चार बालबालिकाको मृत्यु हुनुका साथै ३० भन्दा बढी घाइते भएका छन् ।
  • बलुचिस्तान प्रान्तको खुजदार जिल्लाका एक वरिष्ठ स्थानीय सरकारी अधिकारी यासिर इक्बाल दश्तीले एएफपीसँग भने, “एपीएस (आर्मी पब्लिक स्कूल) का बालबालिकालाई लक्षित गरी बसमा आक्रमण गरिएको छ ।
  • ”उनले भने, “प्रारम्भिक अनुसन्धानले यो आत्मघाती बम विस्फोट भएको ठहर गरेको छ ।

 

७ जेठ, पाकिस्तान ।

पाकिस्तानको दक्षिणपश्चिमी क्षेत्रमा सेनाद्वारा सञ्चालित एक विद्यालयका विद्यार्थी चढेको बसमा बुधबार भएको आत्मघाती आक्रमणमा परी कम्तीमा चार बालबालिकाको मृत्यु हुनुका साथै ३० भन्दा बढी घाइते भएका छन् ।बलुचिस्तान प्रान्तको खुजदार जिल्लाका एक वरिष्ठ स्थानीय सरकारी अधिकारी यासिर इक्बाल दश्तीले एएफपीसँग भने, “एपीएस (आर्मी पब्लिक स्कूल) का बालबालिकालाई लक्षित गरी बसमा आक्रमण गरिएको छ ।”उनले भने, “प्रारम्भिक अनुसन्धानले यो आत्मघाती बम विस्फोट भएको ठहर गरेको छ ।”एक वरिष्ठ प्रहरी अधिकारीले मिडियासँग कुरा गर्ने अधिकार नभएको बताउँदै नाम उल्लेख नगर्ने शर्तमा एएफपीसँग भने, “आक्रमणबाट पाँच बालबालिकाको मृत्यु भएको र थप केही व्यक्ति गम्भीर घाइते अवस्थामा रहेकाले यो सङ्ख्या बढ्न सक्ने बताउनुभयो ।”यसैबीच सेनाले एक विज्ञप्ति जारी गर्दै तीन बालबालिकासहित पाँच जनाको मृत्यु भएको जनाएको छ ।

यस विद्यालयले त्यस क्षेत्रमा बसोबास गर्ने सैनिक र सर्वसाधारणका छोराछोरीलाई सेवा प्रदान गर्दछ। सामाजिक सञ्जालमा शेयर गरिएका तस्बिरमा एउटा झ्याल फुटेको स्कूल बसको भग्नावशेष, र घटनास्थल नजिकै राखिएको स्कुल ब्यागको थुप्रो देखिएको छ । पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले एक वक्तव्य जारी गर्दै ‘क्रूरता’को सिकार भएका बालबालिकाका परिवारप्रति सहानुभूति व्यक्त गरेका छन् । शरिफले लडाकूहरूलाई क्षेत्रीय प्रतिद्वन्द्वी भारतले समर्थन गरेको आरोप पनि लगाउनुभयो । इस्लामाबादले भारतमाथि नियमित रूपमा बलोच पृथकतावादीसहित भूमिगत सङ्गठनहरूलाई समर्थन गरेर पाकिस्तानमा उग्रवादलाई बढावा दिएको आरोप लगाउने गरेको छ । हालैका वर्षहरूमा पाकिस्तानमा भूमिगत गिरोहहरूले आक्रमणहरूलाई तीव्र पारेका छन् । विज्ञप्तिमा भनिएको छ, “भारतीय संरक्षणमा सक्रिय आतङ्ककारीहरूले स्कूल बसमा निर्दोष बालबालिकामाथि आक्रमण गर्नु उनीहरूको शत्रुताको स्पष्ट प्रमाण हो।”

आणविक शक्ति सम्पन्न छिमेकीहरूले दशकौँपछिको सबैभन्दा गम्भीर द्वन्द्व अन्त्यका लागि युद्धविराम गरेको केही हप्तापछि भएको यस बम आक्रमणको जिम्मेवारी अहिलेसम्म कुनै पनि समूहले लिएको छैन।बलोच लिबरेशन आर्मी (बीएलए) यस क्षेत्रको सबैभन्दा सक्रिय समूह हो र यसले प्रायः सुरक्षा बलहरू विरुद्ध घातक आक्रमणहरू गर्दछ । इस्लामिक स्टेट समूहको स्थानीय च्याप्टरका साथै पाकिस्तानी तालिबानले पनि यस क्षेत्रमा भएका केही पछिल्ला आक्रमणहरूको जिम्मेवारी लिएको छ। गत मार्चमा बीएलएले सयौँ यात्रु बोकेको रेल नियन्त्रणमा लिएपछि भएको झडपमा दर्जनौं लडाकू र सुरक्षा बलका सदस्यको मृत्यु भएको थियो । सन् २०१४ मा उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको पेशावरमा रहेको सैनिक विद्यालयमा बन्दुकधारीले आक्रमण गरी १५० भन्दा बढी व्यक्तिको ज्यान लिएका थिए । यस भयानक आक्रमणपछि पाकिस्तानले सीमावर्ती क्षेत्रमा वर्षौदेखि फस्टाउँदै आएको उग्रवादविरुद्ध व्यापक कारबाही सुरु गरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपालीलाई श्रीलङ्काको ३० दिने नि:शुल्क अनलाइन भिसा
नेपालीलाई श्रीलङ्काको ३० दिने नि:शुल्क अनलाइन भिसा
सर्लाहीको बागमतीमा एक वृद्धाको शव फेला, हत्या आशङ्कामा युवक पक्राउ
सर्लाहीको बागमतीमा एक वृद्धाको शव फेला, हत्या आशङ्कामा युवक पक्राउ
नेपाल टेलिकमको सेवा चार घण्टा बन्द हुने
नेपाल टेलिकमको सेवा चार घण्टा बन्द हुने
प्रहरीमा छविको बयान : ‘गोर्खा मिडियामा सहकारीको रकम ल्याउने आइडिया रविकै हो’
प्रहरीमा छविको बयान : ‘गोर्खा मिडियामा सहकारीको रकम ल्याउने आइडिया रविकै हो’
प्रदीप पौडेलको प्रश्न कार्की आयोगको प्रतिवेदन किन गुपचुप ?
प्रदीप पौडेलको प्रश्न कार्की आयोगको प्रतिवेदन किन गुपचुप ?
यस्तो छ आज तरकारी र फलफूलको मूल्य
यस्तो छ आज तरकारी र फलफूलको मूल्य
मुगुमा यार्सागुम्बा संकलन गर्न गएका ४ जनाको मृत्यु
मुगुमा यार्सागुम्बा संकलन गर्न गएका ४ जनाको मृत्यु
आन्दोलित कर्मचारी र कर्णाली सरकारबीच १४ बुँदे सहमति, आन्दोलन स्थगित
आन्दोलित कर्मचारी र कर्णाली सरकारबीच १४ बुँदे सहमति, आन्दोलन स्थगित
तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:
तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:
सिँचाइ आयोजनामा भ्रष्टाचार आरोपमा इन्जिनियरसहित ७ जनाविरुद्ध मुद्दा
सिँचाइ आयोजनामा भ्रष्टाचार आरोपमा इन्जिनियरसहित ७ जनाविरुद्ध मुद्दा