नेपाल एसीसी महिला यु १९ प्रिमियर कपको सेमिफाइनलमा

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, आषाढ ३१, २०८३
|
|
१९० पटक हेरिएको
Shares
नेपाल एसीसी महिला यु १९ प्रिमियर कपको सेमिफाइनलमा

सारांश

  • नेपालको महिला यु १९ टोली एसीसी महिला यु १९ प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
  • आज भएको म्याचमा जापानलाई ९ विकेटले हराउँदै नेपालले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो ।
  •  पहिले बलिङ गरेको नेपालले जापानलाई ८६ रनमा अलआउट गरेको थियो ।

३१ असार, काठमाडौं ।

नेपालको महिला यु १९ टोली एसीसी महिला यु १९ प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको म्याचमा जापानलाई ९ विकेटले हराउँदै नेपालले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । पहिले बलिङ गरेको नेपालले जापानलाई ८६ रनमा अलआउट गरेको थियो । नेपालका लागि रिया शर्मा र क्रिस्मा गुरुङले २-२ विकेट लिए । अनु कठायत, मनिषा उपाध्याय र सोनी पाख्रीनले १-१ विकेट बाँडे ।

जवाफी ब्याटिङमा नेपालले ११.२ ओभरमा १ विकेट मात्रै गुमाएर लक्ष्य भेट्यो । नेपालकी ओपनर साना प्रविण १६ बलमा १८ रन बनाएर आउट भइन् । सावित्री धामीले ३२ बलमा ४१ रन र कप्तान सोनी पाख्रीनले २२ बलमा १८ रन बनाएर अविजित रहे । नेपालले समूह चरणमा यसअघि सिंगापुर र हङकङलाई पराजित गरेको थियो । सेमिफाइनलमा नेपालले यूएईसित प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना
८० लाख लगानीमा कोसीमा ‘घुम्ती अस्पताल’ सञ्चालन
८० लाख लगानीमा कोसीमा ‘घुम्ती अस्पताल’ सञ्चालन
देश उकास्ने जिम्मा विद्यालय, राजनीतिज्ञ र कर्मचारीको : शेखर कोइराला
देश उकास्ने जिम्मा विद्यालय, राजनीतिज्ञ र कर्मचारीको : शेखर कोइराला
चीनमा ५.२ म्याग्निच्युडको भूकम्प, सात हजार नागरिकलाई सुरक्षित स्थानमा सारियो
चीनमा ५.२ म्याग्निच्युडको भूकम्प, सात हजार नागरिकलाई सुरक्षित स्थानमा सारियो
पर्वतमा बिरामी बोकेको एम्बुलेन्स दुर्घटना हुँदा ३ जना घाइते, एकजना गम्भीर
पर्वतमा बिरामी बोकेको एम्बुलेन्स दुर्घटना हुँदा ३ जना घाइते, एकजना गम्भीर
स्कटल्याण्डमा हुने लिग २ शृंखलाका लागि नेपाली टोली घोषणा
स्कटल्याण्डमा हुने लिग २ शृंखलाका लागि नेपाली टोली घोषणा
नेपाली बाहेकको भाषामा शपथ लिने सांसदको संख्या ६३ पुग्यो
नेपाली बाहेकको भाषामा शपथ लिने सांसदको संख्या ६३ पुग्यो
प्रचण्ड–ओली भेटवार्ता, टीआरसीबारे एमालेकाे अडान कायमै
प्रचण्ड–ओली भेटवार्ता, टीआरसीबारे एमालेकाे अडान कायमै
पर्सा अदालतले दियो रविलाई वारेसको अनुमति, तारेख धाउन नपर्ने
पर्सा अदालतले दियो रविलाई वारेसको अनुमति, तारेख धाउन नपर्ने
मेयर बस्नेतले ९ करोड घुस लिएको अख्तियारको ठहर
मेयर बस्नेतले ९ करोड घुस लिएको अख्तियारको ठहर