स्कटल्याण्डमा हुने लिग २ शृंखलाका लागि नेपाली टोली घोषणा

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, बैशाख २७, २०८२
|
|
३१ पटक हेरिएको
Shares
स्कटल्याण्डमा हुने लिग २ शृंखलाका लागि नेपाली टोली घोषणा

सारांश

  • आगामी जुनमा स्कटल्याण्डमा आयोजना हुने आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गतको श्रृंखलाका लागि नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली टोलीको घोषणा गरेको छ।
  • टोलीको नेतृत्व कप्तान रोहित पौडेलले गर्नेछन् भने उपकप्तानको भूमिकामा दिपेन्द्रसिंह ऐरी रहनेछन्।
  • नेपाली टोलीमा समावेश खेलाडीहरूमा रोहित र दिपेन्द्रसँगै आसिफ शेख, कुशल भुर्तेल, अनिल कुमार साह, भिम सार्की, आरिफ शेख, वसीर अहमद, गुलशन कुमार झा, सन्दीप लामिछाने, सोमपाल कामी, करण केसी, ललित नारायण राजवंशी, नन्दन यादव र रिजन ढकाल छन् ।

२७ वैशाख, काठमाडौं ।

आगामी जुनमा स्कटल्याण्डमा आयोजना हुने आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गतको श्रृंखलाका लागि नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली टोलीको घोषणा गरेको छ। टोलीको नेतृत्व कप्तान रोहित पौडेलले गर्नेछन् भने उपकप्तानको भूमिकामा दिपेन्द्रसिंह ऐरी रहनेछन्।

नेपाली टोलीमा समावेश खेलाडीहरूमा रोहित र दिपेन्द्रसँगै आसिफ शेख, कुशल भुर्तेल, अनिल कुमार साह, भिम सार्की, आरिफ शेख, वसीर अहमद, गुलशन कुमार झा, सन्दीप लामिछाने, सोमपाल कामी, करण केसी, ललित नारायण राजवंशी, नन्दन यादव र रिजन ढकाल छन् । त्यसैगरी लिग-२ लगत्तै स्कटल्याण्डमै आयोजना हुने टी-२० अन्तर्राष्ट्रिय सिरिजका लागि थप तीन खेलाडीहरू पनि चयन गरिएको नेपाल क्रिकेट संघले जनाएको छ। टी-२० टोलीमा थपिएका खेलाडीहरूमा रुपेश कुमार सिंह, लोकेस बम र किरण ठगुन्ना छन् । यी खेलाडीहरूले प्रतिस्थापन गर्ने खेलाडीहरूको नाम भने लिग-२ को खेलहरू समाप्त भएपछि मात्र सार्वजनिक गरिने बताइएको छ। रुपेश र किरण पहिलोपटक राष्ट्रिय टिममा परेका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संसद्को रोष्ट्रममै प्रभु साहले च्याते निजामती विधेयकको प्रतिवेदन
संसद्को रोष्ट्रममै प्रभु साहले च्याते निजामती विधेयकको प्रतिवेदन
जागिरबाट निकालिएका गाडी चालकले गरे पानी फ्याक्ट्रीका म्यानेजरको हत्या
जागिरबाट निकालिएका गाडी चालकले गरे पानी फ्याक्ट्रीका म्यानेजरको हत्या
खेलकुदमन्त्री तेजुलाल चौधरीले पनि दिए राजीनामा
खेलकुदमन्त्री तेजुलाल चौधरीले पनि दिए राजीनामा
अन्तरराष्ट्रिय क्रिकेट गौतमबुद्ध रङ्गशाला निर्माण २० प्रतिशत सम्पन्न
अन्तरराष्ट्रिय क्रिकेट गौतमबुद्ध रङ्गशाला निर्माण २० प्रतिशत सम्पन्न
दोलखाको नाशा हाइड्रोपावरमा कार्यरत रोल्पाका बजिन्द्र मृत फेला
दोलखाको नाशा हाइड्रोपावरमा कार्यरत रोल्पाका बजिन्द्र मृत फेला
थापाथली पुलमुनि एक युवकको श*व फेला
थापाथली पुलमुनि एक युवकको श*व फेला
आज विश्व मानसिक स्वास्थ्य दिवस मनाइँदै
आज विश्व मानसिक स्वास्थ्य दिवस मनाइँदै
देशभर अपाङ्गता सेवामा पहुँच कमजोर, निःशुल्क ह्वीलचेयर पनि उपलब्ध छैन : मन्त्री खरेल
देशभर अपाङ्गता सेवामा पहुँच कमजोर, निःशुल्क ह्वीलचेयर पनि उपलब्ध छैन : मन्त्री खरेल
खानेपानीमन्त्री यादवद्वारा धौलिगाड खानेपानी आयोजनाको अनुगमन
खानेपानीमन्त्री यादवद्वारा धौलिगाड खानेपानी आयोजनाको अनुगमन
सेयर बजारका सबै सूचक घटे, नेप्से २६२७ अंकमा
सेयर बजारका सबै सूचक घटे, नेप्से २६२७ अंकमा