Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

अर्थमन्त्री र विभिन्न मुलुकका राजदूतबीच शिष्टाचार भेट

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आश्विन १२, २०८२
|
|
३२ पटक हेरिएको
Shares
अर्थमन्त्री र विभिन्न मुलुकका राजदूतबीच शिष्टाचार भेट

सारांश

  • अर्थमन्त्री रामेश्वर प्रसाद खनाल र नेपालका लागि कार्यरत विभिन्न मित्रराष्ट्रका राजदूतहरूबीच अर्थ मन्त्रालयमा शिष्टाचार भेटघाट भएको छ ।
  • भेटघाटमा यूरोपियन यूनियनकी राजदूत भेरोनिक लोरेन्जो, जर्मनीका राजदूत उडो यूजेन भोल्ज, फिनल्याण्डका राजदूत पेट्री पुहक्का तथा फ्रान्स गणतन्त्रका राजदूतावासका प्रतिनिधि सहभागी थिए ।
  • भेटघाटका क्रममा अर्थमन्त्री खनालले नेपालका सामाजिक तथा आर्थिक विकासमा युरोपियन यूनियन, जर्मनी, फ्रान्स र फिनल्याण्डले पुर्याउँदै आएको दीर्घकालीन सहयोगप्रति धन्यवाद ज्ञापन गरे ।

१२ असोज, काठमाडौं ।

अर्थमन्त्री रामेश्वर प्रसाद खनाल र नेपालका लागि कार्यरत विभिन्न मित्रराष्ट्रका राजदूतहरूबीच अर्थ मन्त्रालयमा शिष्टाचार भेटघाट भएको छ । भेटघाटमा यूरोपियन यूनियनकी राजदूत भेरोनिक लोरेन्जो, जर्मनीका राजदूत उडो यूजेन भोल्ज, फिनल्याण्डका राजदूत पेट्री पुहक्का तथा फ्रान्स गणतन्त्रका राजदूतावासका प्रतिनिधि सहभागी थिए । भेटघाटका क्रममा अर्थमन्त्री खनालले नेपालका सामाजिक तथा आर्थिक विकासमा युरोपियन यूनियन, जर्मनी, फ्रान्स र फिनल्याण्डले पुर्याउँदै आएको दीर्घकालीन सहयोगप्रति धन्यवाद ज्ञापन गरे । उनले सार्वजनिक वित्त व्यवस्थापन, सार्वजनिक खरिद, मानव स्रोत विकास लगायतका क्षेत्रमा युरोपियन यूनियनले दिएको सहयोग उल्लेखनीय रहेको बताए ।

साथै, उनले जर्मनी, फिनल्याण्ड र फ्रान्सले स्वास्थ्य, पर्यटन, ऊर्जा, राजस्व व्यवस्थापन लगायतका क्षेत्रमा दिएको योगदानप्रति पनि कृतज्ञता व्यक्त गरे । उक्त अवसरमा सहभागी राजदूतहरूले नेपालमा हालै सम्पन्न राजनीतिक रूपान्तरणपछि पनि आफ्ना देशहरू नेपाल सरकारसँग सहकार्य गर्न सधैँ प्रतिबद्ध रहेको धारणा व्यक्त गरे । त्यसैगरी, सोही दिन अर्थमन्त्री खनाल र नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत डा. ड्यानियली म्युलरबीच पनि अर्थ मन्त्रालयमा शिष्टाचार भेट भएको छ । भेटमा अर्थमन्त्री खनालले स्वीट्जरल्याण्ड नेपालको पुरानो मित्र राष्ट्र भएको उल्लेख गर्दै नेपालको आर्थिक विकास, सार्वजनिक वित्त व्यवस्थापन, व्यवसायिक तालिम, प्रादेशिक तथा स्थानीय सुशासन, क्षमता विकास जस्ता विविध क्षेत्रमा गरिएको सहयोगप्रति धन्यवाद व्यक्त गरे । स्वीस राजदूत डा. म्युलरले नेपालजस्तो हिमाली देशसँग सहकार्य गर्न पाउँदा सन्तोष व्यक्त गर्दै आगामी दिनमा समेत नेपाल सरकारसँग सहकार्य गर्न निरन्तर इच्छुक रहेको धारणा व्यक्त गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

२९ पुसको मध्यरातमा कांग्रेसको सदस्यता नवीकरण प्रणाली ‘लक’ हुने
२९ पुसको मध्यरातमा कांग्रेसको सदस्यता नवीकरण प्रणाली ‘लक’ हुने
मिडिया काउन्सिल विधेयक राष्ट्रिय सभाबाट पारित
मिडिया काउन्सिल विधेयक राष्ट्रिय सभाबाट पारित
सोमबार सुनको मूल्य स्थिर 
सोमबार सुनको मूल्य स्थिर 
अदालतमा उपस्थित भए रवीन्द्र मिश्र, तारादेवी महर्जनको इजलासमा थुनछेक बहस हुने
अदालतमा उपस्थित भए रवीन्द्र मिश्र, तारादेवी महर्जनको इजलासमा थुनछेक बहस हुने
कम्युनिष्ट आदर्शको लक्ष्य आर्थिक तथा सामाजिक रुपान्तरणका लागि हुनुपर्छः अध्यक्ष नेपाल
कम्युनिष्ट आदर्शको लक्ष्य आर्थिक तथा सामाजिक रुपान्तरणका लागि हुनुपर्छः अध्यक्ष नेपाल
उदयपुरमा पाउरोटी फ्याक्ट्रीलाई दश हजार जरिवाना
उदयपुरमा पाउरोटी फ्याक्ट्रीलाई दश हजार जरिवाना
कश्मीर आक्रमणपछि भारतको एक्सनः पाकिस्तानीले ४८ घण्टाभित्र देश छाड्नुपर्ने, कूटनीतिक सम्बन्ध स्थगित
कश्मीर आक्रमणपछि भारतको एक्सनः पाकिस्तानीले ४८ घण्टाभित्र देश छाड्नुपर्ने, कूटनीतिक सम्बन्ध स्थगित
सिन्धुपाल्चोकमा भूकम्पको धक्का
सिन्धुपाल्चोकमा भूकम्पको धक्का
सिंहदरबारमा प्रधानमन्त्री र गृहमन्त्रीसँग दुर्गा प्रसाईंको वार्ता
सिंहदरबारमा प्रधानमन्त्री र गृहमन्त्रीसँग दुर्गा प्रसाईंको वार्ता
संसद्को रोष्ट्रममै प्रभु साहले च्याते निजामती विधेयकको प्रतिवेदन
संसद्को रोष्ट्रममै प्रभु साहले च्याते निजामती विधेयकको प्रतिवेदन