सेन्टिमेन्ट र अभिनयको राजनीतिले देश बदल्न सकिँदैन: प्रधानमन्त्री ओली

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, बैशाख ३०, २०८२
|
|
२८ पटक हेरिएको
Shares
सेन्टिमेन्ट र अभिनयको राजनीतिले देश बदल्न सकिँदैन: प्रधानमन्त्री ओली

सारांश

  •   प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिमा अभिनय सुरु भएको बताएका छन्।
  • मंगलबार बालुवाटारमा सिनेपा चलचित्र छायांकन स्टुडियो निर्माण आरम्भ उद्घोष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राति मुसा समाउने र बिहान भएपछि पूजापाठ गरेर रुद्राक्ष माला लगाएझैँ गरी चाखो बन्ने अभिनय राजनीतिमा पनि सुरु भएको बताए।
  • उनले नयाँ संस्करणको राजनीतिमा भगवानको नाम जप्ने तर काम भने राक्षसको जस्तो गर्ने प्रवृत्ति सुरु भएको टिप्पणी गरे।

३० वैशाख, काठमाडौं । 

प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिमा अभिनय सुरु भएको बताएका छन्। मंगलबार बालुवाटारमा सिनेपा चलचित्र छायांकन स्टुडियो निर्माण आरम्भ उद्घोष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राति मुसा समाउने र बिहान भएपछि पूजापाठ गरेर रुद्राक्ष माला लगाएझैँ गरी चाखो बन्ने अभिनय राजनीतिमा पनि सुरु भएको बताए।

उनले नयाँ संस्करणको राजनीतिमा भगवानको नाम जप्ने तर काम भने राक्षसको जस्तो गर्ने प्रवृत्ति सुरु भएको टिप्पणी गरे।  प्रधानमन्त्री ओलीले भने, ‘आजकाल राजनीतिमा पनि अभिनय आएकै छ। राति राति मुसा झ्याप्प,झ्याप्प, झ्याप्प पाल्यो, बिहानै भएपछि यस्तो लगाएर (ठाडो टिका), घण्टी बाँधेर, पाखुरामा रुद्राक्ष बाँधेर यसरी निस्किन्छन् मान्छे की मंगलम भगवान विष्णु.। शान्ति ओम्, शान्ति ओम्, शान्ति ओम्।’उनले बाघको पञ्जा चाहिने बेलामा मात्रै निस्किने र अघि पछि टेक्दा नङ्ग्रा नदेखिने उल्लेख गरे।

‘बाघको पञ्जा चाहिने बेलामा मात्रै निस्किन्छ। अघिपछि टेक्दा पनि नङ्ग्रा हुँदैन। पञ्जा मात्रै हुन्छ। दाह्रा पनि चाहिएको बेलामा मात्रै देखिने रहेछ,’ उनले भने, ‘यो पनि राजनीतिमा अलिअलि चल्न थालेको छ। अहिले यो नयाँ संस्करणमा। तर राजनीतिको आचरण त्यस्तो होइन, राजनीति न सेन्टिमेन्टमा न अभिनयमा देश बदल्न सकिन्छ । बदल्न भनेको यथार्थमा बदल्ने हो।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मधेस प्रदेशका प्रहरी प्रमुख डीआईजी पोखरेलमाथि कारबाहीको तयारी
मधेस प्रदेशका प्रहरी प्रमुख डीआईजी पोखरेलमाथि कारबाहीको तयारी
रास्वपाले बोलायो सचिवालयको आकस्मिक बैठक
रास्वपाले बोलायो सचिवालयको आकस्मिक बैठक
सुनचाँदीको मूल्य घट्यो
सुनचाँदीको मूल्य घट्यो
दीक्षान्त समारोहमा धेरै विद्यार्थी सहभागी गराएर त्रिभुवन विश्वविद्यालयले बनाए कीर्तिमान
दीक्षान्त समारोहमा धेरै विद्यार्थी सहभागी गराएर त्रिभुवन विश्वविद्यालयले बनाए कीर्तिमान
विदेशी नागरिकता लिइसकेकालाई नेपाली नागरिकता दिन सकिँदैन : देउवा
विदेशी नागरिकता लिइसकेकालाई नेपाली नागरिकता दिन सकिँदैन : देउवा
लागूऔषध सहित विभिन्न स्थानबाट १३ पक्राउ
लागूऔषध सहित विभिन्न स्थानबाट १३ पक्राउ
सुनको मूल्य एकै दिन ३२ सय रुपैयाँले बढ्यो, तोलाको कति ?
सुनको मूल्य एकै दिन ३२ सय रुपैयाँले बढ्यो, तोलाको कति ?
नेपाल कसैको मातहतमा रहेन र कहिल्यै रहँदैनः प्रधानमन्त्री ओली
नेपाल कसैको मातहतमा रहेन र कहिल्यै रहँदैनः प्रधानमन्त्री ओली
धनुषाको जनकपुरधाममा स्कुल बसको ठक्करबाट एक युवकको मृत्यु
धनुषाको जनकपुरधाममा स्कुल बसको ठक्करबाट एक युवकको मृत्यु
प्रधानमन्त्री कार्कीले भन्छिन्–अनुशासन, राष्ट्रप्रेम र नेतृत्व युवाको जीवनशैली बन्नुपर्छ
प्रधानमन्त्री कार्कीले भन्छिन्–अनुशासन, राष्ट्रप्रेम र नेतृत्व युवाको जीवनशैली बन्नुपर्छ