आज इन्द्र जात्रा मनाइँदै

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, भाद्र २१, २०८२
|
|
२७ पटक हेरिएको
Shares
आज इन्द्र जात्रा मनाइँदै

सारांश

  •   काठमाडौं उपत्यकामा आज इन्द्र जात्रा मनाइँदै छ ।
  • प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने इन्द्र जात्रा काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, दोलखालगायतका जिल्लाहरुमा पनि मनाउने चलन रहेको छ ।
  • भाद्र शुक्ल द्वादशीका दिन काठमाडौंको बसन्तपुरस्थित हनुमान ढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याएपछि सुरु हुने यो जात्रा आठ दिनसम्म मनाइन्छ ।

२१ भदौ, काठमाडौं । 

काठमाडौं उपत्यकामा आज इन्द्र जात्रा मनाइँदै छ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने इन्द्र जात्रा काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, दोलखालगायतका जिल्लाहरुमा पनि मनाउने चलन रहेको छ ।

भाद्र शुक्ल द्वादशीका दिन काठमाडौंको बसन्तपुरस्थित हनुमान ढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याएपछि सुरु हुने यो जात्रा आठ दिनसम्म मनाइन्छ । जात्रा अवधिभर विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरिन्छ । इन्द्र जात्राको अन्तिम दिन लिङ्गो ढालेपछि जात्रा समाप्त हुन्छ । जात्राको मुख्य दिन आज राष्ट्रपतिबाट हनुमानढोकास्थित गद्दी बैठकमा गणेश, भैरव र कुमारीको रथयात्रा नजर गर्ने परम्परा रहेको छ ।

जात्रामा राष्ट्रपतिसँगै उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीलगायत विभिन्न पद र राजनीतिक दलका व्यक्तित्वहरु पनि सहभागि हुन्छन् ।
आजको मुख्य आकर्षणमा हनुमानढोका दरबारस्थित गद्दी बैठक अगाडि जीवित देवी श्री गणेश, श्री भैरव र श्री कुमारीको रथयात्रा रहनेछ । इन्द्र जात्राको प्रचलन जयप्रकाश मल्ल राजाको पालादेखि सुरु भएको विश्वास गरिन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?