८० अंक बढ्यो सेयर बजार, २० अर्ब नाघ्यो कारोबार

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, श्रावण ६, २०८२
|
|
२३ पटक हेरिएको
Shares
८० अंक बढ्यो सेयर बजार, २० अर्ब नाघ्यो कारोबार

सारांश

  • मंगलबार सेयर बजार ८०.
  • ९७ अंकले बढेको छ ।
  • सो वृद्धिपछि नेप्से परिसूचक २९७३.

६ साउन, काठमाडौं ।

मंगलबार सेयर बजार ८०.९७ अंकले बढेको छ । सो वृद्धिपछि नेप्से परिसूचक २९७३.७० अंकमा पुगेको छ । नेप्सेको यो अंक गत वर्षको ३० साउनयताकै उच्च हो । गत ३० साउनमा नेप्से ३ हजार अंक पुगेको थियो । कारोबार सुरु भएदेखि बजार अन्तिम समयसम्म उकालो लागिरह्यो । कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन १६ अर्ब ३२ करोडको कारोबार भएकोमा आज २० अर्ब ८ करोडको भयो ।

२३६ कम्पनीको मूल्य बढ्दा १४ को घट्यो । यस दिन तीन समूह ४ प्रतिशतभन्दा धेरै बढे । उत्पादन तथा प्रशोधन ४.६३, जीवन बीमा ४.३६ तथा माइक्रोफाइनान्स ४.०७ प्रतिशत बढे ।बैंकिङ २.१०, विकास बैंक २.२६, फाइनान्स १.९४, होटल तथा पर्यटन ३.४४, हाइड्रोपावर १.९०, लगानी ३.२४, निर्जीवन बीमा २.५६, अन्य ३.२६ तथा व्यापार १.०१ प्रतिशत बढे । तीन कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । १० प्रतिशत बढेका कम्पनीमा ट्रेड टावर, सान्भी इनर्जी र शिवम् सिमेन्ट छन् । ट्रेड टावर र सान्भी इनर्जी नयाँ कम्पनी हुन् । आजको कारोबारपछि टे«ड टावरको मूल्य ५३५ रुपैयाँ ८० पैसा पुगेको छ भने सान्भी इनर्जीको ४७७ रुपैयाँ ७० पैसा पुगेको छ ।

त्यस्तै उन्नति सहकार्य लघुवित्तको ९.९०, विन्ध्यबासिनी हाइड्रोपावरको ९.७६, सोनापुर सिमेन्टको ८.७७, इनिफिनिटी लघुवित्तको ८.३६ प्रतिशत मूल्य बढ्यो । बोटलर्स नेपाल बालाजुको २.४६, ग्रिन डेभलपमेन्ट बैंकको २.१९ तथा पन्चकन्या माइ हाइड्रोपावरको २.०३ प्रतिशत मूल्य घट्यो । आज धेरै कारोबार भएका पाँच कम्पनीमा नेपाल पुनर्बीमा, शिवम् सिमेन्ट, हिमालयन रिइन्स्योरेन्स, बुटवल पावर र ङादी ग्रुप छन् । बजारको पूँजीकरण (सूचीकृत सबै सेयरको बजार मूल्य) ४९ खर्ब ६२ अर्ब रुपैयाँ पुगेको छ । बजारको यो आकार हालसम्मकै ठूलो हो । बजार बढ्दै जाँदा अब पूँजीकरणमा दिनदिनै नयाँ रेकर्ड बन्दै जानेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यसपालि दशैंमा नयाँ नोट नछाप्दा राज्यलाई डेढ अर्ब फाइदा, सटही पनि २५ अर्बले घट्यो
यसपालि दशैंमा नयाँ नोट नछाप्दा राज्यलाई डेढ अर्ब फाइदा, सटही पनि २५ अर्बले घट्यो
काभ्रेमा बस दुर्घटना: १७ जना घाइते, चालक र सह-चालकको अवस्था गम्भीर
काभ्रेमा बस दुर्घटना: १७ जना घाइते, चालक र सह-चालकको अवस्था गम्भीर
कोलम्बियामा बस दुर्घटनामा १० जनाको मृ*त्यु
कोलम्बियामा बस दुर्घटनामा १० जनाको मृ*त्यु
रौतहटमा सेफ्टिक ट्यांकीमा खसेर दुई बालबालिकाको मृ*त्यु
रौतहटमा सेफ्टिक ट्यांकीमा खसेर दुई बालबालिकाको मृ*त्यु
६ जना प्रहरी अतिरिक्त महानिरीक्षकहरू दर्ज्यानी चिह्नद्वारा सुशोभित
६ जना प्रहरी अतिरिक्त महानिरीक्षकहरू दर्ज्यानी चिह्नद्वारा सुशोभित
भित्र मुख्यमन्त्रीको पदभार, बाहिर झडप
भित्र मुख्यमन्त्रीको पदभार, बाहिर झडप
हाम्रा युवामा घमण्ड छैन, कसैले पिट्न आए ओम शान्ति पनि भन्दैनन् : प्रधानमन्त्री
हाम्रा युवामा घमण्ड छैन, कसैले पिट्न आए ओम शान्ति पनि भन्दैनन् : प्रधानमन्त्री
सर्वोच्चले सोध्यो : ललिता निवासमा पूर्वप्रधानमन्त्री नेपाल र भट्टराईलाई किन मुद्दा चलाइएन ?
सर्वोच्चले सोध्यो : ललिता निवासमा पूर्वप्रधानमन्त्री नेपाल र भट्टराईलाई किन मुद्दा चलाइएन ?
रविको बयान सकिएन, भोलि फेरि सरकारी वकिल कहाँ लगिने
रविको बयान सकिएन, भोलि फेरि सरकारी वकिल कहाँ लगिने
झापा–५ मा भारी मतले बालेन अगाडि, ओली दोस्रो
झापा–५ मा भारी मतले बालेन अगाडि, ओली दोस्रो