रविको बयान सकिएन, भोलि फेरि सरकारी वकिल कहाँ लगिने

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, मंसिर १६, २०८१
|
|
२२ पटक हेरिएको
Shares
रविको बयान सकिएन, भोलि फेरि सरकारी वकिल कहाँ लगिने

सारांश

  • सहकारी ठगीको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको बयानलाई सरकारी वकिलले भोलि (सोमबार) पनि निरन्तरता दिने भएको छ ।
  • आइतबार बयान अन्तिम चरणतिर पुगेपनि नसकीपछि फेरि उपस्थित गराउने गरी उनलाई जिल्ला प्रहरी परिसर, काठमाडौं पठाइएको सरकारी वकिलको कार्यालयले जनाएको छ ।
  • कालिमाटीको स्वर्णलक्ष्मी सहकारीमा बचतकर्ताको रकम अनियमितता भएको प्रकरणमा अनुसन्धान गर्न प्रहरीले लामिछानेविरुद्ध पक्राउ अनुमति लिएको थियो ।

१६ मंसिर, काठमाडौं। सहकारी ठगीको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको बयानलाई सरकारी वकिलले भोलि (सोमबार) पनि निरन्तरता दिने भएको छ ।

आइतबार बयान अन्तिम चरणतिर पुगेपनि नसकीपछि फेरि उपस्थित गराउने गरी उनलाई जिल्ला प्रहरी परिसर, काठमाडौं पठाइएको सरकारी वकिलको कार्यालयले जनाएको छ । कालिमाटीको स्वर्णलक्ष्मी सहकारीमा बचतकर्ताको रकम अनियमितता भएको प्रकरणमा अनुसन्धान गर्न प्रहरीले लामिछानेविरुद्ध पक्राउ अनुमति लिएको थियो । त्यसअनुसार, लामिछानेलाई १३ मंसिरमा काठमाडौं ल्याइएको थियो ।

कास्की प्रहरीको हिरासतबाट काठमाडौं ल्याएर उनीमाथि बयान लिइएको हो । कालिमाटीको स्वर्णलक्ष्मी सहकारीबाट लामिछाने र जिबी राईको नाममा दुई पटक गरेर ४६÷४६ लाख रुपैयाँ ऋण गएको अनुसन्धानबाट खुलेको छ । लामिछाने चढ्ने गाडी खरिदका लागि यो ऋण लिएको पाइएको थियो । प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार १२ बजेसम्म उडान बन्द
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार १२ बजेसम्म उडान बन्द
दोस्रो खेलमा नेपाल एक रनले पराजित, अफगानिस्तानलाई शृंखला
दोस्रो खेलमा नेपाल एक रनले पराजित, अफगानिस्तानलाई शृंखला
सहमति नजुट्दा मधेस प्रदेशसभाको बैठक अनिश्चित
सहमति नजुट्दा मधेस प्रदेशसभाको बैठक अनिश्चित
तलब नपाएको भन्दै शिक्षा मन्त्रालयमा ५०० बढी गुनासा, मन्त्री पुनले भने- बेथिति समाधान गर्दैछु
तलब नपाएको भन्दै शिक्षा मन्त्रालयमा ५०० बढी गुनासा, मन्त्री पुनले भने- बेथिति समाधान गर्दैछु
पाथीभरा केबलकार विवादः सरकार र आन्दोलनरत पक्षबीच आज पुन: वार्ता हुने
पाथीभरा केबलकार विवादः सरकार र आन्दोलनरत पक्षबीच आज पुन: वार्ता हुने
सीट भन्दा बढी यात्रु नराख्न सर्वोच्चको आदेश
सीट भन्दा बढी यात्रु नराख्न सर्वोच्चको आदेश
नेपालले आफ्नो सामर्थ्यअनुसार विकास गरिरहेको छः प्रधानमन्त्री
नेपालले आफ्नो सामर्थ्यअनुसार विकास गरिरहेको छः प्रधानमन्त्री
महाराजगञ्जमा ‘दि हाइट रेस्ट्रो एण्ड वेलनेस’ सञ्चालनमा
महाराजगञ्जमा ‘दि हाइट रेस्ट्रो एण्ड वेलनेस’ सञ्चालनमा
आइपिएलमा आरसीबीको विजयी सुरुवत, हैदरावाद ६ विकेटले पराजित
आइपिएलमा आरसीबीको विजयी सुरुवत, हैदरावाद ६ विकेटले पराजित
टोपबहादुर रायमाझीसहित ९ जनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश सदर
टोपबहादुर रायमाझीसहित ९ जनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश सदर