Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

रविको बयान सकिएन, भोलि फेरि सरकारी वकिल कहाँ लगिने

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, मंसिर १६, २०८१
|
|
४० पटक हेरिएको
Shares
रविको बयान सकिएन, भोलि फेरि सरकारी वकिल कहाँ लगिने

सारांश

  • सहकारी ठगीको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको बयानलाई सरकारी वकिलले भोलि (सोमबार) पनि निरन्तरता दिने भएको छ ।
  • आइतबार बयान अन्तिम चरणतिर पुगेपनि नसकीपछि फेरि उपस्थित गराउने गरी उनलाई जिल्ला प्रहरी परिसर, काठमाडौं पठाइएको सरकारी वकिलको कार्यालयले जनाएको छ ।
  • कालिमाटीको स्वर्णलक्ष्मी सहकारीमा बचतकर्ताको रकम अनियमितता भएको प्रकरणमा अनुसन्धान गर्न प्रहरीले लामिछानेविरुद्ध पक्राउ अनुमति लिएको थियो ।

 

१६ मंसिर, काठमाडौं। सहकारी ठगीको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको बयानलाई सरकारी वकिलले भोलि (सोमबार) पनि निरन्तरता दिने भएको छ ।

आइतबार बयान अन्तिम चरणतिर पुगेपनि नसकीपछि फेरि उपस्थित गराउने गरी उनलाई जिल्ला प्रहरी परिसर, काठमाडौं पठाइएको सरकारी वकिलको कार्यालयले जनाएको छ । कालिमाटीको स्वर्णलक्ष्मी सहकारीमा बचतकर्ताको रकम अनियमितता भएको प्रकरणमा अनुसन्धान गर्न प्रहरीले लामिछानेविरुद्ध पक्राउ अनुमति लिएको थियो । त्यसअनुसार, लामिछानेलाई १३ मंसिरमा काठमाडौं ल्याइएको थियो ।

कास्की प्रहरीको हिरासतबाट काठमाडौं ल्याएर उनीमाथि बयान लिइएको हो । कालिमाटीको स्वर्णलक्ष्मी सहकारीबाट लामिछाने र जिबी राईको नाममा दुई पटक गरेर ४६÷४६ लाख रुपैयाँ ऋण गएको अनुसन्धानबाट खुलेको छ । लामिछाने चढ्ने गाडी खरिदका लागि यो ऋण लिएको पाइएको थियो । प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?