धर्मगुरु आचार्य श्रीनिवासलाई तत्काल रिहाइ गर्न माग

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, आश्विन १७, २०८०
|
|
३८ पटक हेरिएको
Shares
धर्मगुरु आचार्य श्रीनिवासलाई तत्काल रिहाइ गर्न माग

सारांश

  • जनकपुरधामका साधुसन्तहरुले धर्मगुरु आचार्य श्रीनिवास महाराजलाई तत्काल रिहाइ गर्न माग गरेका छन् ।
  • बुधवार रामानन्दिय वैष्णव सङ्घले पत्रकार सम्मेलन गर्दै धर्मगुरु आचार्य श्रीनिवास बिना सर्त तत्काल रिहा गर्न माग गरेको हो ।
  • उनलाई तत्काल रिहाइ नगरे आन्दोलन गर्ने चेतावनी समेत साधुसन्तहरुले दिएका छन् ।

१७ असोज, जनकपुरधाम । जनकपुरधामका साधुसन्तहरुले धर्मगुरु आचार्य श्रीनिवास महाराजलाई तत्काल रिहाइ गर्न माग गरेका छन् ।

बुधवार रामानन्दिय वैष्णव सङ्घले पत्रकार सम्मेलन गर्दै धर्मगुरु आचार्य श्रीनिवास बिना सर्त तत्काल रिहा गर्न माग गरेको हो । उनलाई तत्काल रिहाइ नगरे आन्दोलन गर्ने चेतावनी समेत साधुसन्तहरुले दिएका छन् ।  संघका अध्यक्ष एवम जानकी मन्दिरका छोटे महन्त रामरोशन दास वैष्णवले सनातन धर्मगुरु श्रीनिवास आचार्यलाई तत्काल रिहाइ गर्न माग गरे । उनले धर्मगुरुलाई रिहाइ नगरे भोलि ३ बजे जनकपुरधाममा प्रहरी प्रशासनविरुद्ध आन्दोलन गर्ने चेतावनी समेत दिए ।

पत्रकार सम्मेलनमा अर्का वक्ता महन्थ दासले श्रीनिवास आचार्यले गौहत्या गर्नेहरु विरुद्ध चर्को अभिव्यक्ति दिएको स्विकार्दै आत्मरक्षा स्वरूप खुकुरी देखाएको बताए । उनले हाम्रो देशमा गौहत्या गर्नेलाई केही नगर्ने तर गौ रक्षा प्रति टिप्पणी मात्र गर्नेलाई पक्राउ गरिएको भन्दै प्रशासनको सो कदमको निन्दा गरे । असोज १२ गते गौहत्याविरुद्ध विश्व हिन्दु परिषद्ले निकालेको विरोध र्‍यालीमा बोल्दै धर्मगुरु श्रीनिवास आचार्यले हातमा खुकुरी देखाउँदै गौ हत्या गर्ने विरुद्ध आपत्तिजनक अभिव्यक्ति दिएका थिए । उनले दिएको अभिव्यक्ति सामाजिक सञ्जालमा भाइरल भएपछि उनलाई प्रहरीले मङ्गलवार साँझ सुनसरीबाट पक्राउ गरेको थियो । आचार्यलाई आज प्रहरीले जनकपुरधाम ल्याउँदैछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एमालेको सभालाई प्रधानमन्त्री ओलीले साढे एक बजे सम्बोधन गर्ने
एमालेको सभालाई प्रधानमन्त्री ओलीले साढे एक बजे सम्बोधन गर्ने
प्रधानमन्त्री ओलीको निर्देशन: दशौँ राष्ट्रिय खेलकुद मङ्सिरभित्र सम्पन्न गर्न चुस्त तयारी थाल्नू
प्रधानमन्त्री ओलीको निर्देशन: दशौँ राष्ट्रिय खेलकुद मङ्सिरभित्र सम्पन्न गर्न चुस्त तयारी थाल्नू
टी–२० क्रिकेटको सिरिज भारतको नाममा दक्षिण अफ्रिका १३५ रनले पराजित
टी–२० क्रिकेटको सिरिज भारतको नाममा दक्षिण अफ्रिका १३५ रनले पराजित
सहकारी पीडितको वचत फिर्ताको माग गर्दै मोटरसाइकल र्‍याली, १६ समस्याग्रस्त सहकारीको सूचि प्राधिकरणमा बुझाइयो
सहकारी पीडितको वचत फिर्ताको माग गर्दै मोटरसाइकल र्‍याली, १६ समस्याग्रस्त सहकारीको सूचि प्राधिकरणमा बुझाइयो
पत्रकार हत्याको विरोधमा सर्लाहीको सदरमुकाममा प्रदर्शन
पत्रकार हत्याको विरोधमा सर्लाहीको सदरमुकाममा प्रदर्शन
महानगरविरूद्ध चरणबद्ध आन्दोलन गर्ने सडक व्यापारीको घोषणा
महानगरविरूद्ध चरणबद्ध आन्दोलन गर्ने सडक व्यापारीको घोषणा
विधायन व्यवस्थापन समितिको बैठक बस्दैँ
विधायन व्यवस्थापन समितिको बैठक बस्दैँ
मन्त्री कार्कीको घर अगाडि शंकास्पद वस्तु फेला
मन्त्री कार्कीको घर अगाडि शंकास्पद वस्तु फेला
तीन नयाँ जलविद्युत् आयोजनालाई उत्पादन अनुमति
तीन नयाँ जलविद्युत् आयोजनालाई उत्पादन अनुमति
निजी कार छोडेर सार्वजनिक यातायात छान्ने अवस्था हाम्रो लक्ष्य हो : कार्यवाहक प्रमुख डंगोल
निजी कार छोडेर सार्वजनिक यातायात छान्ने अवस्था हाम्रो लक्ष्य हो : कार्यवाहक प्रमुख डंगोल