त्रिदेशीय टी-२० आई शृंखला : आज नेपाल र नेदरल्याण्डस् खेल्दै

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आषाढ ५, २०८२
|
|
३२ पटक हेरिएको
Shares
त्रिदेशीय टी-२० आई शृंखला : आज नेपाल र नेदरल्याण्डस् खेल्दै

सारांश

  • स्कटल्याण्डमा जारी त्रिदेशीय टी-२० अन्तर्राष्ट्रिय श्रृङ्खलाको तेस्रो खेलमा आज नेपालले नेदरल्याण्डसँग खेल्दैछ।
  • नेपाल र नेदरल्याण्ड्स बिचको खेल तितवुड क्रिकेट मैदानमा नेपाली समयअनुसार साँझ पौने ८ बजे सुरु हुनेछ।
  • जारी श्रृङ्खलामा नेपालले पहिलो खेलमा नेदरल्याण्डसँग तेस्रो सुपर ओभरमा पुगेर हार बेहोरेको थियो।

२ असार, काठमाडौं ।

स्कटल्याण्डमा जारी त्रिदेशीय टी-२० अन्तर्राष्ट्रिय श्रृङ्खलाको तेस्रो खेलमा आज नेपालले नेदरल्याण्डसँग खेल्दैछ। नेपाल र नेदरल्याण्ड्स बिचको खेल तितवुड क्रिकेट मैदानमा नेपाली समयअनुसार साँझ पौने ८ बजे सुरु हुनेछ। जारी श्रृङ्खलामा नेपालले पहिलो खेलमा नेदरल्याण्डसँग तेस्रो सुपर ओभरमा पुगेर हार बेहोरेको थियो। दोस्रो खेलमा नेपालले स्कटल्याण्डलाई २ विकेटले हराएको हो।

नेदरल्याण्ड्सले भने जारी श्रृङ्खलामा २ जित दर्ता गरिसकेको छ। पहिलो खेलमा घरेलु टिम स्कटल्याण्डसँग ३९ रनले पराजित भएको नेदरल्याण्ड्सले दोस्रो खेलमा नेपाललाई तेस्रो सुपर ओभरमा र तेस्रो खेलमा स्कटल्याण्डलाई १७ रनले हरायो। तालिकामा नेदरल्याण्ड हाल शीर्ष स्थानमा रहेको छ। समान १/१ खेल जितेका नेपाल र स्कटल्याण्डमा रनरेटमा अगाडि रहँदै स्कटल्याण्ड दोस्रो स्थानमा छ भने एक खेल जिते पनि नेपाल पुछारमा रहेको छ।

नेपाल र नेदरल्याण्ड बिच हालसम्म टी २० अन्तर्राष्ट्रियमा १४ खेल भएका छन्। जसमा ८ खेल नेदरल्याण्ड्सले जितेको छ भने ५ खेल नेपालले जित्दा १ खेल नतिजा विहीन बनेको छ। नेपालले सिरिजको अन्तिम खेलमा शुक्रबार स्कटल्याण्डसँग खेल्नेछ। आइसिसी क्रिकेट विश्वकप लिग २ को चौथो श्रृङ्खला सकिएपश्चात नेदरल्याण्ड्स स्कटल्याण्ड र नेपालले टिट्वान्टी अन्तर्राष्ट्रिय श्रृङ्खला खेलेका हुन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मुम्बई इन्डियन्सका कप्तान हार्दिकलाई २४ लाख जरिवाना
मुम्बई इन्डियन्सका कप्तान हार्दिकलाई २४ लाख जरिवाना
जुवातास खेलिरहेको अवस्थामा १४ जना पक्राउ
जुवातास खेलिरहेको अवस्थामा १४ जना पक्राउ
परराष्ट्रमन्त्री डा राणा र जाइकाका अध्यक्षबीच भेटवार्ता
परराष्ट्रमन्त्री डा राणा र जाइकाका अध्यक्षबीच भेटवार्ता
चुनाव त जित्छौं, तर जनता नजागे देशमा फेरि संकट आउनसक्छ : प्रचण्ड
चुनाव त जित्छौं, तर जनता नजागे देशमा फेरि संकट आउनसक्छ : प्रचण्ड
राष्ट्रिय महिला भलिबलको फाइनलमा केशवलाल, उपाधिका लागि न्यू डायमण्डको सामना गर्दै
राष्ट्रिय महिला भलिबलको फाइनलमा केशवलाल, उपाधिका लागि न्यू डायमण्डको सामना गर्दै
ज्येष्ठ नागरिकलाई नि:शुल्क थेरापी
ज्येष्ठ नागरिकलाई नि:शुल्क थेरापी
उखु किसानको रकम नतिर्ने अन्नपूर्ण चिनी मिलका मालिक पक्राउ
उखु किसानको रकम नतिर्ने अन्नपूर्ण चिनी मिलका मालिक पक्राउ
९ वटा दलले मात्रै बुझाए समानुपातिकको बन्दसूची
९ वटा दलले मात्रै बुझाए समानुपातिकको बन्दसूची
राष्ट्रपतिका सल्लाहकार चिरञ्जीवी नेपाललाई बर्खास्त गर्न माग
राष्ट्रपतिका सल्लाहकार चिरञ्जीवी नेपाललाई बर्खास्त गर्न माग
राष्ट्रपति पौडेल र राष्ट्र संघका महासचिव गुटेरेसबीच शिष्टाचार भेटवार्ता
राष्ट्रपति पौडेल र राष्ट्र संघका महासचिव गुटेरेसबीच शिष्टाचार भेटवार्ता