सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

त्रिदेशीय टी-२० आई शृंखला : आज नेपाल र नेदरल्याण्डस् खेल्दै

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आषाढ ५, २०८२
|
|
४३ पटक हेरिएको
Shares
त्रिदेशीय टी-२० आई शृंखला : आज नेपाल र नेदरल्याण्डस् खेल्दै

सारांश

  • स्कटल्याण्डमा जारी त्रिदेशीय टी-२० अन्तर्राष्ट्रिय श्रृङ्खलाको तेस्रो खेलमा आज नेपालले नेदरल्याण्डसँग खेल्दैछ।
  • नेपाल र नेदरल्याण्ड्स बिचको खेल तितवुड क्रिकेट मैदानमा नेपाली समयअनुसार साँझ पौने ८ बजे सुरु हुनेछ।
  • जारी श्रृङ्खलामा नेपालले पहिलो खेलमा नेदरल्याण्डसँग तेस्रो सुपर ओभरमा पुगेर हार बेहोरेको थियो।

२ असार, काठमाडौं ।

स्कटल्याण्डमा जारी त्रिदेशीय टी-२० अन्तर्राष्ट्रिय श्रृङ्खलाको तेस्रो खेलमा आज नेपालले नेदरल्याण्डसँग खेल्दैछ। नेपाल र नेदरल्याण्ड्स बिचको खेल तितवुड क्रिकेट मैदानमा नेपाली समयअनुसार साँझ पौने ८ बजे सुरु हुनेछ। जारी श्रृङ्खलामा नेपालले पहिलो खेलमा नेदरल्याण्डसँग तेस्रो सुपर ओभरमा पुगेर हार बेहोरेको थियो। दोस्रो खेलमा नेपालले स्कटल्याण्डलाई २ विकेटले हराएको हो।

नेदरल्याण्ड्सले भने जारी श्रृङ्खलामा २ जित दर्ता गरिसकेको छ। पहिलो खेलमा घरेलु टिम स्कटल्याण्डसँग ३९ रनले पराजित भएको नेदरल्याण्ड्सले दोस्रो खेलमा नेपाललाई तेस्रो सुपर ओभरमा र तेस्रो खेलमा स्कटल्याण्डलाई १७ रनले हरायो। तालिकामा नेदरल्याण्ड हाल शीर्ष स्थानमा रहेको छ। समान १/१ खेल जितेका नेपाल र स्कटल्याण्डमा रनरेटमा अगाडि रहँदै स्कटल्याण्ड दोस्रो स्थानमा छ भने एक खेल जिते पनि नेपाल पुछारमा रहेको छ।

नेपाल र नेदरल्याण्ड बिच हालसम्म टी २० अन्तर्राष्ट्रियमा १४ खेल भएका छन्। जसमा ८ खेल नेदरल्याण्ड्सले जितेको छ भने ५ खेल नेपालले जित्दा १ खेल नतिजा विहीन बनेको छ। नेपालले सिरिजको अन्तिम खेलमा शुक्रबार स्कटल्याण्डसँग खेल्नेछ। आइसिसी क्रिकेट विश्वकप लिग २ को चौथो श्रृङ्खला सकिएपश्चात नेदरल्याण्ड्स स्कटल्याण्ड र नेपालले टिट्वान्टी अन्तर्राष्ट्रिय श्रृङ्खला खेलेका हुन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इजरायलद्वारा सिरियाली राष्ट्रपति दरबार क्षेत्रमा आक्रमण
इजरायलद्वारा सिरियाली राष्ट्रपति दरबार क्षेत्रमा आक्रमण
विपद्लगायत मानवीय संकटमा क्षेत्रीय एकता आवश्यक छ : गृहमन्त्री लेखक
विपद्लगायत मानवीय संकटमा क्षेत्रीय एकता आवश्यक छ : गृहमन्त्री लेखक
म्याग्दीका जिसस प्रमुखसहित ५ जना पुर्पक्षका लागि कारागार चलान
म्याग्दीका जिसस प्रमुखसहित ५ जना पुर्पक्षका लागि कारागार चलान
मन्त्री घिसिङ र भारतका विदेश मन्त्रालयका अतिरिक्त सचिवबीच भेटवार्ता
मन्त्री घिसिङ र भारतका विदेश मन्त्रालयका अतिरिक्त सचिवबीच भेटवार्ता
आजको मौसम : पहाडी र हिमाली भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना
आजको मौसम : पहाडी र हिमाली भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना
यस पटकको संसद पक्ष र विपक्षको सीमाभन्दा माथि उठ्नुपर्छ : मन्त्री गौतम
यस पटकको संसद पक्ष र विपक्षको सीमाभन्दा माथि उठ्नुपर्छ : मन्त्री गौतम
सरकार र शिक्षक महासंघबीच सहमतिको प्रयास जारी, आज अर्थ मन्त्रालयसँग छलफलको तयारी
सरकार र शिक्षक महासंघबीच सहमतिको प्रयास जारी, आज अर्थ मन्त्रालयसँग छलफलको तयारी
दुर्गा प्रसाईं भक्तपुरबाट पक्राउ
दुर्गा प्रसाईं भक्तपुरबाट पक्राउ
धरानको भाटभटेनीभित्र ३ जनाको श*व फेला
धरानको भाटभटेनीभित्र ३ जनाको श*व फेला
विश्वमै पहिलो पटक अन्तरिक्षमा सुपरकम्प्युटर बनाउँदै चीन, २८०० स्याटलाइट प्रक्षेपण हुने
विश्वमै पहिलो पटक अन्तरिक्षमा सुपरकम्प्युटर बनाउँदै चीन, २८०० स्याटलाइट प्रक्षेपण हुने