देउवा दम्पती डिस्चार्ज हुँदै, तत्काललाई ललितपुरमा बस्ने

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, आश्विन ८, २०८२
|
|
९१ पटक हेरिएको
Shares
देउवा दम्पती डिस्चार्ज हुँदै, तत्काललाई ललितपुरमा बस्ने

सारांश

  • आरजु राणा देउवा बुधबार डिस्चार्ज भएर ललितपुर जाने भएका छन् ।
  • गत भदौ २४ गते जेन–जी आन्दोलनकारी नाममा उग्र समूहले बूढानीलकण्ठस्थित निवासमै कुटपिट र धारिलो हतियारलेआक्रमण गर्दा दुवैजना घाइते भएका थिए ।
  • देउवा दम्पतीलाई भदौ २४ गते नेपाली सेनाले उद्धार गरेर सैनिक अस्पतालमा भर्ना गरेको थियो ।

काठमाडौं 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र पत्नी डा. आरजु राणा देउवा बुधबार डिस्चार्ज भएर ललितपुर जाने भएका छन् । गत भदौ २४ गते जेन–जी आन्दोलनकारी नाममा उग्र समूहले बूढानीलकण्ठस्थित निवासमै कुटपिट र धारिलो हतियारलेआक्रमण गर्दा दुवैजना घाइते भएका थिए । देउवा दम्पतीलाई भदौ २४ गते नेपाली सेनाले उद्धार गरेर सैनिक अस्पतालमा भर्ना गरेको थियो । जेन–जी प्रदर्शनकारीले देउवाको गर्धनमा धारिलो हतियारले प्रहार गर्दा १२ टाँका लगाउनुपरेको थियो ।

देउवाका स्वकीय सचिव भानु देउवाले दुवैजनाको स्वास्थ्यमा सुधार भएकाले उपचारमा संलग्न सैनिक अस्पतालका चिकित्सकको सल्लाहअनुसार डिस्चार्ज भएर ललितपुर लान लगिएको हो । जेन–जी आन्दोलनका क्रममा देउवा निवास बूढानीलकण्ठ जलाएर ध्वस्त बनाइएको छ । डिस्चार्जपछि देउवा दम्पतीले अब ललितपुरको सानेपा र जावलाखेलमध्ये एक ठाउँमा बस्ने भएका छन् । आरजुको माइती सानेपामा छ । जावलाखेलमा उनका भाइ भूषण राणाको निवास छ । ध्वस्त बनाइएको बूढानीलकण्ठको घर बनाउन लामो समय लाग्ने अवस्था छ। त्यहीकारण देउवाले तत्काललाई ससुरालीको घरमा आश्रय लिन लागेका हुन् । उनीहरू सम्भवत: सानेपानजिकै झम्सिखेलमा बस्नेछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तीनकुनेमा व्यक्तिका घर तोडफोड
तीनकुनेमा व्यक्तिका घर तोडफोड
सर्लाही लगायत देशका विभिन्न जिल्लाहरुमा शक्तिशाली भूकम्पको धक्का
सर्लाही लगायत देशका विभिन्न जिल्लाहरुमा शक्तिशाली भूकम्पको धक्का
उपसभामुख हटाउने प्रक्रियामा सहभागी हुँदैनौं : एकीकृत समाजवादी
उपसभामुख हटाउने प्रक्रियामा सहभागी हुँदैनौं : एकीकृत समाजवादी
एमाले प्रतिनिधि छनोट विवाद  : केन्द्रको पत्र कार्यान्वयनमा धनकुटा र ओखलढुंगामा आनाकानी
एमाले प्रतिनिधि छनोट विवाद : केन्द्रको पत्र कार्यान्वयनमा धनकुटा र ओखलढुंगामा आनाकानी
सर्लाहीको ईश्वरपुरमा बाल बिवाहा अन्त्यको लागि कलाकार सहितको सडक र्याली
सर्लाहीको ईश्वरपुरमा बाल बिवाहा अन्त्यको लागि कलाकार सहितको सडक र्याली
तीन तहका सरकारबीचको समन्वयले गुणस्तरीय शिक्षालाई स्थापित गर्न सकिन्छ: शिक्षामन्त्री
तीन तहका सरकारबीचको समन्वयले गुणस्तरीय शिक्षालाई स्थापित गर्न सकिन्छ: शिक्षामन्त्री
नेपाल हङकङसँग पराजित
नेपाल हङकङसँग पराजित
जनमोर्चाले सुरु गर्यो ‘संघीयता खारेज गरौं’ अभियान
जनमोर्चाले सुरु गर्यो ‘संघीयता खारेज गरौं’ अभियान
गोंगबुबाट करिब चार करोड नगद र सुनसहित एक जना पक्राउ
गोंगबुबाट करिब चार करोड नगद र सुनसहित एक जना पक्राउ
प्राध्यापक विष्टको हत्या आरोपी खड्का पक्राउ
प्राध्यापक विष्टको हत्या आरोपी खड्का पक्राउ