बंगलादेशमा हिन्दु युवकको ह*त्या विरोधमा नयाँ दिल्लीमा प्रदर्शन

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, पौष ८, २०८२
|
|
३७ पटक हेरिएको
Shares
बंगलादेशमा हिन्दु युवकको ह*त्या विरोधमा नयाँ दिल्लीमा प्रदर्शन

सारांश

  • भारतको नयाँ दिल्लीस्थित बंगलादेश उच्च आयोग अगाडि मंगलबार विश्व हिन्दु परिषदका प्रदर्शनकारीहरूले प्रदर्शन गर्दा प्रहरीसँग झडप भएको छ ।
  • प्रदर्शनकारीहरूले निषेधित क्षेत्र तोड्ने प्रयास गरेका थिए ।
  • यो प्रदर्शन बंगलादेशमा हिन्दु युवक दिपु चन्द्र दासको एक भीडद्वारा हत्या गरिएको घटनाको विरोधमा गरिएको हो ।

 

८ पुष, काठमाडौं ।

भारतको नयाँ दिल्लीस्थित बंगलादेश उच्च आयोग अगाडि मंगलबार विश्व हिन्दु परिषदका प्रदर्शनकारीहरूले प्रदर्शन गर्दा प्रहरीसँग झडप भएको छ । प्रदर्शनकारीहरूले निषेधित क्षेत्र तोड्ने प्रयास गरेका थिए ।
यो प्रदर्शन बंगलादेशमा हिन्दु युवक दिपु चन्द्र दासको एक भीडद्वारा हत्या गरिएको घटनाको विरोधमा गरिएको हो । स्थिति नियन्त्रणमा राख्न उच्च आयोग क्षेत्र वरिपरि ठूलो मात्रामा सुरक्षा व्यवस्था कडा गरिएको छ ।
प्रदर्शनकारीहरूले बंगलादेशी अधिकारीहरूबाट जवाफदेहिता र अल्पसंख्यकहरूको सुरक्षा सुनिश्चित गर्न माग गरेका छन् ।

भारतीय हिन्दी बंगाली संगठन, र बजरंग दलका सदस्यहरू पनि प्रदर्शनमा सहभागी छन् । उनीहरूले “भारत माता की जय”, “युनुस सरकार होश में आओ” र “हिन्दु हत्या बन्द करो” जस्ता नारा लगाएका छन् । प्रदर्शनका क्रममा भीडले सुरक्षा बारिकेडमा धक्का दिँदा तनाव उत्पन्न भएको थियो । प्रदर्शनकारीहरुले बंगलादेशमा हिन्दुहरू असुरक्षित भएको दाबी गर्दै धार्मिक भावनात्मक अभिव्यक्ति दिएका थिए । यो प्रदर्शन डिसेम्बर १८ मा बंगलादेशको मयमनसिंहमा कथित धर्मनिन्दाको आरोपमा दिपु चन्द्र दासको भीडद्वारा हत्या गरिएको घटनाको विरोधमा गरिएको हो । भारतभर बंगलादेशमा अल्पसंख्यकविरुद्ध भइरहेको हिंसाको विरोधमा विभिन्न प्रदर्शनहरू भइरहेका छन् । यसैबीच, पश्चिम बंगाल कांग्रेस नेता आशुतोष चटर्जीले विदेश मन्त्रीले यो विषयमा पहल गर्नुपर्ने बताएका छन् । उनले भने, “मानवता आक्रमणमा परेको छ । हिन्दु र मुस्लिम दुवै मारिइरहेका छन र यसलाई धार्मिक रूपमा हेर्नु हँुदैन् ।”  प्रदर्शनपछि उत्पन्न सुरक्षा चिन्ताका कारण बंगलादेशले नयाँ दिल्ली र अगरतलास्थित आफ्ना दूतावास तथा वाणिज्य दूतावासमा कन्सुलर र भिसा सेवा स्थगित गरेको छ ।

बंगलादेशको विदेश मन्त्रालयले भारतस्थित आफ्ना कूटनीतिक नियोगहरूमा भएको तोडफोड र प्रदर्शनप्रति गम्भीर चासो व्यक्त गर्दै भारतीय उच्च आयुक्तलाई बोलाएर आपत्ति जनाएको छ । बंगलादेशले कूटनीतिक नियोगहरूमा भएको हिंसालाई निन्दा गर्दै भारत सरकारसँग गहिरो छानबिन, पुनरावृत्ति रोक्न उपाय र दूतावासहरूको सुरक्षा सुनिश्चित गर्न आग्रह गरेको छ । यसमा डिसेम्बर २२ मा सिलिगुडीस्थित बंगलादेश भिसा केन्द्रमा भएको तोडफोड र डिसेम्बर २० मा नयाँ दिल्लीस्थित उच्चायोग बाहिरको प्रदर्शन पनि समावेश छन् । भारतले भने सुरक्षा कमजोरीको आरोप अस्वीकार गर्दै नयाँ दिल्लीको प्रदर्शन छोटो समयमै नियन्त्रणमा आएको र कुनै सुरक्षा खतरा नपुगेको स्पष्ट पारेको छ । यो विवाद बंगलादेशमा हिन्दु युवकको हत्या घटनापछि उत्पन्न भएको हो, जसले त्यहाँ अल्पसंख्यकहरूको सुरक्षाबारे अन्तर्राष्ट्रिय चासो बढाएको छ । २७ वर्षीय दिपु चन्द्र दासलाई कथित धर्मनिन्दाको आरोपमा भीडले कुटपिट गरी हत्या गरेको र पछि उनको शव जलाइएको बताइएको छ । उक्त घटनाले व्यापक आक्रोश र निन्दा उत्पन्न गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मधेश प्रदेशका मुख्यमन्त्री सिंहले दिए राजीनामा
मधेश प्रदेशका मुख्यमन्त्री सिंहले दिए राजीनामा
चुनावपछि ओली पहिलोपटक सार्वजनिक कार्यक्रममा सहभागी हुँदै
चुनावपछि ओली पहिलोपटक सार्वजनिक कार्यक्रममा सहभागी हुँदै
घट्यो कोरियाको हवाई भाडा
घट्यो कोरियाको हवाई भाडा
एनपीएल उद्घाटन प्रधानमन्त्रीले गर्ने, २ हजार बढी सुरक्षाकर्मी परिचालन
एनपीएल उद्घाटन प्रधानमन्त्रीले गर्ने, २ हजार बढी सुरक्षाकर्मी परिचालन
राष्ट्रपति र संविधान दुवै निलम्बन गरेर सेनाले अन्तरिम सरकार घोषणा गर्नुपर्छ :दुर्गा प्रसाईं
राष्ट्रपति र संविधान दुवै निलम्बन गरेर सेनाले अन्तरिम सरकार घोषणा गर्नुपर्छ :दुर्गा प्रसाईं
महिलासँग जोडिने स्थानीय सरकारको अभियान, सुत्केरीसँग उपाध्यक्ष भेट कार्यक्रम
महिलासँग जोडिने स्थानीय सरकारको अभियान, सुत्केरीसँग उपाध्यक्ष भेट कार्यक्रम
आज आमाको मुख हेर्ने दिन, मातातीर्थमा मेला
आज आमाको मुख हेर्ने दिन, मातातीर्थमा मेला
इप्पानले गर्यो विद्युत व्यापार र प्रसारण लाइन निर्माण सहकार्यको प्रस्ताव
इप्पानले गर्यो विद्युत व्यापार र प्रसारण लाइन निर्माण सहकार्यको प्रस्ताव
समाजवादी मोर्चाको सचिवालय बैठक बस्दै
समाजवादी मोर्चाको सचिवालय बैठक बस्दै
सांसदबाट प्रधानमन्त्री र मन्त्री बन्ने प्रणाली हुनुहुँदैन : वाग्ले
सांसदबाट प्रधानमन्त्री र मन्त्री बन्ने प्रणाली हुनुहुँदैन : वाग्ले