सांसदबाट प्रधानमन्त्री र मन्त्री बन्ने प्रणाली हुनुहुँदैन : वाग्ले

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आषाढ ९, २०८२
|
|
२९ पटक हेरिएको
Shares
सांसदबाट प्रधानमन्त्री र मन्त्री बन्ने प्रणाली हुनुहुँदैन : वाग्ले

सारांश

  • त्यस्तै बढीमा १५ जना विज्ञहरूबाट मन्त्रिपरिषद् गठन गर्न सक्ने व्यवस्था हुनुपर्ने समेत उनको मत छ।
  •   ‘मुद्दाको हिसाबले प्रत्यक्ष कार्यकारीमा जानुपर्छ भन्ने हाम्रो पार्टीको मान्यता हो सांसदबाट प्रधानमन्त्री र मन्त्री बन्ने प्रणाली हुनुहुँदैन।
  • प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीले बढिमा १५ जना विज्ञहरूबाट मन्त्रिपरिषद् गठन गर्न सक्ने व्यवस्था हुनुपर्छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा स्वर्णिम वाग्लेले प्रत्यक्ष निर्वाचित कार्यकारीमा जानुपर्नेमा जोड दिएका छन्। त्यस्तै बढीमा १५ जना विज्ञहरूबाट मन्त्रिपरिषद् गठन गर्न सक्ने व्यवस्था हुनुपर्ने समेत उनको मत छ।  ‘मुद्दाको हिसाबले प्रत्यक्ष कार्यकारीमा जानुपर्छ भन्ने हाम्रो पार्टीको मान्यता हो सांसदबाट प्रधानमन्त्री र मन्त्री बन्ने प्रणाली हुनुहुँदैन।

प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीले बढिमा १५ जना विज्ञहरूबाट मन्त्रिपरिषद् गठन गर्न सक्ने व्यवस्था हुनुपर्छ।’  अहिले संघ र प्रदेश गरी नेपाल ८८४ जना सांसद रहेको भन्दै त्यति आवश्क नरहेको उनको विचार छ। ‘यति धेरै सांसद आवश्यकता छैन,’ वाग्ले भन्छन्, ‘संघमा प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री हुने भए प्रदेशमा पनि मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित हुनुपर्छ। उनले थपे, ‘केहीले रास्वपालाई संघीयता विरोधी भनेर पनि चित्रण गरिन्छ। त्यो गलत हो। हालको प्रदेश स्वरूपले डेलिभर गर्न सकेन।

सात वटा प्रदेशको पहिचान कायम राखौँ।संघमा जस्तै प्रदेशको प्रत्यक्ष निर्वाचित मुख्यमन्त्रीले विज्ञहरूबाट ४/५ जनाको मन्त्रिपरिषद् गठन गर्न सक्ने व्यवस्था हुनुपर्छ।’ त्यस्तै पालिकाको संख्या हटाउनुपर्ने मत समेत वाग्लेको छ। ‘अहिलेको ७५३ गाउँपालिका/नगरपालिकालाई घटाएर ५०० भन्दा कम राख्नुपर्छ,’ उनको भनाइ छ, ‘यहाँनेर प्रदेशको भूमिका भनेको समन्वय मात्रै हुनुपर्छ।’ त्यस्तै ३५ जना जतिको समावेशी स्वरूपको राष्ट्रियसभा भए पुग्ने वाग्लेको तर्क छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कांग्रेस सांसद केसी भन्छन्- नीति तथा कार्यक्रममा आशा देखिएन
कांग्रेस सांसद केसी भन्छन्- नीति तथा कार्यक्रममा आशा देखिएन
प्राविधिक शिक्षा परिषद्द्वारा नयाँ र परिमार्जित पाठ्यक्रमहरू लागू
प्राविधिक शिक्षा परिषद्द्वारा नयाँ र परिमार्जित पाठ्यक्रमहरू लागू
झापाको पुँजीगत खर्च ४२ प्रतिशत
झापाको पुँजीगत खर्च ४२ प्रतिशत
क्यान्सर अस्पतालमा बिरामीकाे मृत्यु भएपछि दुई नर्स निलम्बित
क्यान्सर अस्पतालमा बिरामीकाे मृत्यु भएपछि दुई नर्स निलम्बित
कोशी ब्यारेजको बाढी साढे चार लाख क्युसेक मापन, सबै ढोका खोलियो
कोशी ब्यारेजको बाढी साढे चार लाख क्युसेक मापन, सबै ढोका खोलियो
राप्रपाका दुई सांसद मात्र संसद्‌मा उपस्थित हुने ,अरुलाई प्रदर्शनमा उतार्ने
राप्रपाका दुई सांसद मात्र संसद्‌मा उपस्थित हुने ,अरुलाई प्रदर्शनमा उतार्ने
रामपुरमा बालीनालीमा छरेको विषादीले मौरी सखाप
रामपुरमा बालीनालीमा छरेको विषादीले मौरी सखाप
जसपा नेपालको केन्द्रीय समिति निर्वाचन जेठ ३० गते
जसपा नेपालको केन्द्रीय समिति निर्वाचन जेठ ३० गते
बढी नाफाको लोभ देखाउँदै ‘नेप्से एआई’ एपबाट ठगी धन्दा, सतर्क रहन आग्रह
बढी नाफाको लोभ देखाउँदै ‘नेप्से एआई’ एपबाट ठगी धन्दा, सतर्क रहन आग्रह
चितवन जिल्ला अदालतमा रविको थुनछेक बहस सकियो
चितवन जिल्ला अदालतमा रविको थुनछेक बहस सकियो