माेटरसाइकल ठोक्किँदा बारामा दुई जनाको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, पौष ७, २०८०
|
|
३७ पटक हेरिएको
Shares
माेटरसाइकल ठोक्किँदा बारामा दुई जनाको मृत्यु

सारांश

  • बारामा मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ।
  • गएराति १२:१० बजे बाराको प्रसौनी गाउँपालिका-२ दुधौरी खोला पुलमा म.
  • प्र.

७ पुस, बारा । बारामा मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ।

गएराति १२:१० बजे बाराको प्रसौनी गाउँपालिका-२ दुधौरी खोला पुलमा म.प्र. ०३-०३०- प ४३९८ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर पुलको पिलरमा ठोक्किएर दुर्घटना भएको थियो। बाराका प्रहरी प्रवक्ता डिएसपी दधिराम न्यौपानेका अनुसार दुर्घटनामा परी मोटरसाइकलमा सवार कलैया उपमहानगरपालिका-१३ बलिरामपुरका २२ वर्षीय कुन्दन मेहत्रा र कलैया उपमहानगरपालिका-१२ सितलपुरका २२ वर्षीय अभिमन कुशवाहाको मृत्यु भएको हो। दुर्घटनामा परी गम्भीर घाइते भएका दुवैलाई गएराति अस्पताल पुर्‍याइएको थियो। डिएसपी न्यौपानेका अनुसार एलएस न्युरो अस्पताल पुर्‍याइएको कुन्दनको उपचारका क्रममा राती १२:४० बजे र एनएमसी अस्पताल वीरगञ्ज पुर्‍याइएको अभिमनको राति १:५० बजे मृत्यु भएको हो। मृत्यु भएका दुवै जनाको शव पोस्टमर्टमपश्चात उनीहरूका आफन्तलाई बुझाइने डिएसपी न्यौपानेले जानकारी दिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दै
माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दै
भारतको नयाँ दिल्लीमा भूकम्पको धक्का
भारतको नयाँ दिल्लीमा भूकम्पको धक्का
रवि लामिछाने चीन जाने मिति तय, राष्ट्रपति सीसँग छैन भेट
रवि लामिछाने चीन जाने मिति तय, राष्ट्रपति सीसँग छैन भेट
जलेश्वरका मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा
जलेश्वरका मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा
सुनको मूल्यमा नयाँ रेकर्ड, ३ हजारले बढ्यो सुनको मूल्य
सुनको मूल्यमा नयाँ रेकर्ड, ३ हजारले बढ्यो सुनको मूल्य
पूर्वराजालाई नेपालको सुझावः आँट भए चुनाव जितेर प्रधानमन्त्री बन्नुहोस्
पूर्वराजालाई नेपालको सुझावः आँट भए चुनाव जितेर प्रधानमन्त्री बन्नुहोस्
नेतृत्व परिवर्तन नहुने हो भने कांग्रेसप्रति आकर्षण बढ्नसक्दैनः प्रदीप पौडेल
नेतृत्व परिवर्तन नहुने हो भने कांग्रेसप्रति आकर्षण बढ्नसक्दैनः प्रदीप पौडेल
चरा ठोक्किएपछि खेतमै गरियो हेलिकप्टर अवतरण
चरा ठोक्किएपछि खेतमै गरियो हेलिकप्टर अवतरण
प्रभु बैंक सीईओ अशोक शेरचन पक्राउ
प्रभु बैंक सीईओ अशोक शेरचन पक्राउ
बालेन लक्षित हर्क साम्पाङको टिप्पणीः सहकारी काण्डमा तानिएकासँग मिलेर देशलाई लिलाम गर्न खोजीदैछ
बालेन लक्षित हर्क साम्पाङको टिप्पणीः सहकारी काण्डमा तानिएकासँग मिलेर देशलाई लिलाम गर्न खोजीदैछ