हर्क साम्पाङसहितका ३ दलसँग निर्वाचन आयोगले माग्यो थप कागजात

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, आश्विन २८, २०८२
|
|
२७ पटक हेरिएको
Shares
हर्क साम्पाङसहितका ३ दलसँग निर्वाचन आयोगले माग्यो थप कागजात

सारांश

  • दल दर्ताका लागि पुगेका हर्क साम्पाङसहितका तीन वटा नयाँ दलसँग निर्वाचन आयोगले थप कागजात मागेको छ ।
  • nनिर्वाचन आयोगका अनुसार चार वटा नयाँ दल दर्ताका लागि निवेदन पुगेको छ ।
  • त्यसमध्ये साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी उज्यालो नेपाल पार्टी र नेपाल नागरिक पार्टीसँग थप कागजात मागिएको हो ।

२८ असोज, काठमाडौं ।

दल दर्ताका लागि पुगेका हर्क साम्पाङसहितका तीन वटा नयाँ दलसँग निर्वाचन आयोगले थप कागजात मागेको छ । nनिर्वाचन आयोगका अनुसार चार वटा नयाँ दल दर्ताका लागि निवेदन पुगेको छ । त्यसमध्ये साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी उज्यालो नेपाल पार्टी र नेपाल नागरिक पार्टीसँग थप कागजात मागिएको हो । राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ५ मा दल दर्ताका लागि के कस्ता कागजात चाहिने भन्ने व्यवस्था छ । जसअनुसार  दलको विधान, झन्डा, चिह्नको नमुना दल दर्ताको निवेदनसँगै बुझाउनुपर्छ । दल दर्ताको निवेदनको साथमा कम्तीमा पाँच सय जना नेपाली मतदाताले दलको सदस्यता प्राप्त गर्न गरेको प्रतिबद्धतापत्र र निजहरूको नागरिकता वा मतदाता परिचयपत्रको प्रमाणित प्रतिलिपिसहितको हस्ताक्षर बुझाउनुपर्छ ।

कम्तीमा २१ सदस्य केन्द्रीय समितिको व्यवस्था हुनुपर्छ । यी विवरणसहित निवेदन दिएपछि निर्वाचन आयोगले आवश्यक ठानेका अन्य विवरण तथा कागजात समेत बुझाउनुपर्ने भनिएको छ । यही व्यवस्था अनुसार निवेदन दिएका तीन वटै दलसँग आयोगले थप कागजात मागेको हो । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीलाई विधानको व्यवस्थाबारे स्पष्ट हुनुपर्ने भनेर थप कागजात मागिएको छ । नागरिक पार्टी र उज्यालो नेपालसँग पाँच सय जनाको हस्ताक्षर नपुगेको भनेर विवरण माग गरिएको हो । उज्यालो नेपाल पार्टीकी कोषाध्यक्ष विमली तामाङले पाँच सय जनाको हस्ताक्षर नपुगेको र हस्ताक्षर गरेकाहरूले सनाखत गर्नुपर्ने भनिएको जानकारी दिइन् । उनले भनेकी छन्, ‘पाँच सय जनाको सनाखत हुनुपर्छ भनेर आएको छ । हामी त्यसको तयारी गर्दैछौं ।’ जनमत पार्टी फुटेर दर्ता हुन पुगेको जनस्वराज पार्टीको प्रक्रिया भने अगाडि बढेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पक्राउ पुर्जी जारी भएपछि सिरोहिया भेट्न कांग्रेस नेताहरुको लर्को
पक्राउ पुर्जी जारी भएपछि सिरोहिया भेट्न कांग्रेस नेताहरुको लर्को
शिक्षकहरूलाई माग पूरा नहुन्जेलसम्म आन्दोलन नछोड्न प्रचण्डको अपिल
शिक्षकहरूलाई माग पूरा नहुन्जेलसम्म आन्दोलन नछोड्न प्रचण्डको अपिल
गगन थापाको आह्वान : जेन–जी आन्दोलनले उठाएका मुद्दामा सामूहिक छलफल गरौँ
गगन थापाको आह्वान : जेन–जी आन्दोलनले उठाएका मुद्दामा सामूहिक छलफल गरौँ
गरिब जनतालाई विद्युत्‌को सेवा शुल्कमा ५० प्रतिशत छुट
गरिब जनतालाई विद्युत्‌को सेवा शुल्कमा ५० प्रतिशत छुट
भारी वर्षाको सम्भावनाका कारण सिन्धुलीमा उच्च सतर्कता र यातायातलाई राती हिड्न प्रतिबन्ध
भारी वर्षाको सम्भावनाका कारण सिन्धुलीमा उच्च सतर्कता र यातायातलाई राती हिड्न प्रतिबन्ध
मधेश प्रदेशका मुख्यमन्त्री यादवको गतिविधि रोक्का गर्न युवा संगठनहरुको माग
मधेश प्रदेशका मुख्यमन्त्री यादवको गतिविधि रोक्का गर्न युवा संगठनहरुको माग
छात्रालाई ‘ह्याप्पी बर्थडे मेरी जान’ भन्ने शिक्षक प्रहरीको हिरासतमा
छात्रालाई ‘ह्याप्पी बर्थडे मेरी जान’ भन्ने शिक्षक प्रहरीको हिरासतमा
पत्रकार यादवको मोटरसाइकल दुर्घटनामा मृत्यु
पत्रकार यादवको मोटरसाइकल दुर्घटनामा मृत्यु
उत्पादन र रोजगारी वृद्धि गर्नेगरी बजेट ल्याउन प्रधानमन्त्रीको निर्देशन
उत्पादन र रोजगारी वृद्धि गर्नेगरी बजेट ल्याउन प्रधानमन्त्रीको निर्देशन
एमालेको केन्द्रीय कमिटी बैठक बस्दै, निर्वाचन तयारीका विषयमा छलफल हुने
एमालेको केन्द्रीय कमिटी बैठक बस्दै, निर्वाचन तयारीका विषयमा छलफल हुने