Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

सेप्टिक ट्यांकीमा फसेर तीन मजदुरको मृ*त्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, श्रावण १३, २०८३
|
|
३०६ पटक हेरिएको
Shares
सेप्टिक ट्यांकीमा फसेर तीन मजदुरको मृ*त्यु

सारांश

  •   बाँकेको कोहलपुर नगरपालिका-३, शान्तिटोलमा निर्माणाधीन सेप्टिक ट्यांकीमा फसेर तीन जना मजदुरको मृत्यु भएको छ।
  • मृत्यु हुनेमा बाँकेको कोहलपुर नगरपालिका-३ का ४० वर्षीय कालु थारू, २६ वर्षीय प्रकाश थारू र ३३ वर्षीय बिर्जा थारू रहेका छन्।
  • शान्तिटोलका दयाप्रसाद थारूको डीबीसी भई पिलर उठाइएको घरको आँगनमा निर्माणाधीन सेप्टिक ट्याङ्कीमा आज बिहान करिब ९ बजे उनीहरू फसेका थिए।

 

१३ साउन, काठमाडौं । 

बाँकेको कोहलपुर नगरपालिका-३, शान्तिटोलमा निर्माणाधीन सेप्टिक ट्यांकीमा फसेर तीन जना मजदुरको मृत्यु भएको छ। मृत्यु हुनेमा बाँकेको कोहलपुर नगरपालिका-३ का ४० वर्षीय कालु थारू, २६ वर्षीय प्रकाश थारू र ३३ वर्षीय बिर्जा थारू रहेका छन्।

शान्तिटोलका दयाप्रसाद थारूको डीबीसी भई पिलर उठाइएको घरको आँगनमा निर्माणाधीन सेप्टिक ट्याङ्कीमा आज बिहान करिब ९ बजे उनीहरू फसेका थिए। प्रहरीले जेसीबीको सहायताले सेप्टिक ट्याङ्की फुटाएको थियो।  तीनै जना मृत अवस्था भेटिएको प्रहरीले जनाएको छ। तीनै जनाको शव परीक्षणका लागि नेपालगन्जस्थित भेरी अस्पताल लगिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?