बाढीले नदी तटबन्धमा १० करोड बराबरको क्षति

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आश्विन १९, २०८२
|
|
२१ पटक हेरिएको
Shares
बाढीले नदी तटबन्धमा १० करोड बराबरको क्षति

सारांश

  • असोज १७ र १८ गते आएको बाढीले विभिन्न स्थानमा नदी नियन्त्रणका लागि बनाइएको १ हजार ५०० मिटर तटबन्ध कटान भएको छ ।
  • यसबाट करिब १० करोड क्षति भएको प्रारम्भिक अनुमान छ ।
  • ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका अनुसार कन्काई नदीले गौरीगञ्ज–२ झापामा हुलाकी राजमार्गको तल्लो तटीय दायाँ किनारमा करिब २०० मिटर तटबन्धन कटान गरेको छ ।

१९ असोज, काठमाडौं।

असोज १७ र १८ गते आएको बाढीले विभिन्न स्थानमा नदी नियन्त्रणका लागि बनाइएको १ हजार ५०० मिटर तटबन्ध कटान भएको छ । यसबाट करिब १० करोड क्षति भएको प्रारम्भिक अनुमान छ । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका अनुसार कन्काई नदीले गौरीगञ्ज–२ झापामा हुलाकी राजमार्गको तल्लो तटीय दायाँ किनारमा करिब २०० मिटर तटबन्धन कटान गरेको छ । यसबाट होकलबारी गाउँको करिब १ सय १४ घरबारी डुबानमा परेको छ भने ५०० हेक्टर धान खेतमा क्षति भएको छ ।

साथै झापा गाउँपालिका– २ को कुवाडीमा अनुमानित २०० मिटर तटबन्ध कटान गरी करिब २५ हेक्टर जग्गामा क्षति भएको छ । यसबाट अनुमानित ७५ लाख रुपैयाँ क्षति भएको अनुमान गरिएको छ । यसैगरी मेची नदीले ठाउँ–ठाउँमा रहेका स्परहरुमा भत्काउँदा करिब ५० लाख रुपैयाँ बराबरको क्षति भएको छ । यसैगरी केशलिया नदी (बुढी खोला) मा आएको बाढीले बिराटनगर महानगरपालिका–६ र १२ को बस्ती डुबान भएको छ । त्यसबाट ७५ घरधुरी विस्थापित भएका छन् ।

कमला नदीको पूर्वी किनारतर्फ सिरहाको १७ पटेरुवाको तटबन्धमा पनि बाढीले क्षति पुर्याएको छ । त्यसबाट अनुमानित २५ लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक विवरण छ । यसैगरी लालबकैया नदीको दायाँ किनारतर्फ मौलापुर नगरपालिका–१ मर्यादपुरमा करिब ६० मिटर तटबन्ध बाढीले बगाएको छ । त्यसबाट करिब १०० हेक्टर धान खेतमा क्षति पुगेको छ ।

यस्तै बौदीमाई गाउँमा करिब १२० मिटर तटबन्ध बगाउँदा २०० हेक्टर धान खेतमा क्षति भएको छ । करिब २०० वटा घर–गोठ समेत डुबानमा परेका छन् । यीबाट अनुमानित ६० लाख रुपैयाँ बराबरको क्षति भएको छ । महोत्तरीको रातो नदीले बलवा नगरपालिकाका वडानम्बर २, १० र ११ मा क्षति पुर्‍याएको छ। बन्चौरी, लेउरी, भल्नी र भगवतीपुर गरी ३९० मिटर तटबन्ध बाढीले बगाएको छ ।

साथै लोहरपट्टीमा ४०० मिटर, महोत्तरी गाउँपालिका–६ रतबारामा २० मिटर, जलेश्वर नगरपालिकाका १, ४ र ७ नम्बर वडामा पर्ने बखरी र खैरामा गरी ८० मिटर तटबन्ध बाढीले बगाएको छ । रातो नदीले जम्मा ८९० मिटर तटबन्ध कटान गरेको विवरण छ । साथै सदरमुकाम जलेश्वर समेत बाढीको चपेटामा परेको छ । महोत्तरीमा अनुमानित ८ करोड बराबरको क्षति भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मन्त्री बन्न डा. रुइत अनिच्छुक, प्रधानमन्त्री कार्कीले गरेकी थिइन् स्वाथ्यमन्त्रीमा प्रस्ताव
मन्त्री बन्न डा. रुइत अनिच्छुक, प्रधानमन्त्री कार्कीले गरेकी थिइन् स्वाथ्यमन्त्रीमा प्रस्ताव
देशलाई सहज निकास दिने सबैभन्दा राम्रो विकल्प निर्वाचन नै हो : प्रचण्ड
देशलाई सहज निकास दिने सबैभन्दा राम्रो विकल्प निर्वाचन नै हो : प्रचण्ड
धोबीखोला करिडोरमा चल्यो महानगरको डोजर, अनधिकृत संरचना भत्काइँदै
धोबीखोला करिडोरमा चल्यो महानगरको डोजर, अनधिकृत संरचना भत्काइँदै
संविधान र व्यवस्थाविरोधी कुनै पनि गतिविधि सह्य हुने छैनन्ः गृहमन्त्री लेखक
संविधान र व्यवस्थाविरोधी कुनै पनि गतिविधि सह्य हुने छैनन्ः गृहमन्त्री लेखक
गृहमन्त्रीको राजीनामा विपक्षी दलको बटमलाइन : सांसद झा
गृहमन्त्रीको राजीनामा विपक्षी दलको बटमलाइन : सांसद झा
ललितपुरमा टिपरको ठ*क्करले पैदलयात्रीको मृ*त्यु
ललितपुरमा टिपरको ठ*क्करले पैदलयात्रीको मृ*त्यु
धौलागिरीमा मृत्यु भएका ५ रूसी नागरिकको शव अझै झिक्न सकिएन
धौलागिरीमा मृत्यु भएका ५ रूसी नागरिकको शव अझै झिक्न सकिएन
दाउरा संकलन गर्ने क्रममा महाकालीमा दुई किशोर बगे, एक जनाको शव भेटियो, एक बेपत्ता
दाउरा संकलन गर्ने क्रममा महाकालीमा दुई किशोर बगे, एक जनाको शव भेटियो, एक बेपत्ता
प्रधानमन्त्री शाहको निर्देशनः विश्वविद्यालयबाट दलीय संगठन तत्काल हटाउनु
प्रधानमन्त्री शाहको निर्देशनः विश्वविद्यालयबाट दलीय संगठन तत्काल हटाउनु
पर्यटनमन्त्री किरातीलाई तत्काल बर्खास्त गर्न माग गर्दै पशुपतिक्षेत्रमा बिरोध प्रदर्शन
पर्यटनमन्त्री किरातीलाई तत्काल बर्खास्त गर्न माग गर्दै पशुपतिक्षेत्रमा बिरोध प्रदर्शन