७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, बैशाख १२, २०८२
|
|
३१ पटक हेरिएको
Shares
७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

सारांश

  • ७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित भएको छ ।
  • आज छैठौं अधिवेशनको पहिलो दिन हो ।
  • अधिवेशनको पहिलो बैठक दिउँसो १ बजे बस्ने तय भएको थियो ।

 

१२ वैशाख, काठमाडौं ।

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित भएको छ । आज छैठौं अधिवेशनको पहिलो दिन हो । अधिवेशनको पहिलो बैठक दिउँसो १ बजे बस्ने तय भएको थियो । निर्धारित समयमै सुरु भएको बैठकमा राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपतिबाट प्राप्त पत्रको व्‍यहोरा पढेर सुनाए ।

त्यसपछि सभाध्यक्ष दाहालले पञ्चायत र प्रतिनिधि सभाका पूर्व सदस्य, पूर्व मन्त्री र हालको प्रतिनिधि सभा सदस्य दिपक बोहराको निधनमा शोक प्रस्ताव प्रस्तुत गरे । बोहराको निधनमा शोक प्रकट गरेपछि राष्ट्रिय सभाको बैठक स्थगित भएको हो । अर्को बैठक यही वैशाख १४ गते दिउँसो सवा १ बजे बस्ने तय भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?