मोरङमा ५३८ किलो गाँजा बरामद

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, आश्विन ३, २०८२
|
|
३० पटक हेरिएको
Shares
मोरङमा ५३८ किलो गाँजा बरामद

सारांश

  • जिल्ला प्रहरी कार्यालय मोरङले विराटनगर महानगरपालिका–८ स्थितबाट ठूलो परिमाणमा लागू औषध गाँजा बरामद गरेको छ।
  • गएराति शंकास्पद अवस्थामा रहेको प्रदेश १–०२–००१ च १६६६ नम्बरको कार चेकजाँच गर्दा ५३८ किलोग्राम गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङकी प्रवक्ता कोपिला चुडालले जानकारी दिइन्।
  • जिल्ला प्रहरी कार्यालय मोरङ र वडा प्रहरी कार्यालय हाटखोला बाट खटिएको संयुक्त प्रहरी टोलीले उक्त कार नियन्त्रणमा लिएको थियो।

३ असोज, मोरङ ।

जिल्ला प्रहरी कार्यालय मोरङले विराटनगर महानगरपालिका–८ स्थितबाट ठूलो परिमाणमा लागू औषध गाँजा बरामद गरेको छ। गएराति शंकास्पद अवस्थामा रहेको प्रदेश १–०२–००१ च १६६६ नम्बरको कार चेकजाँच गर्दा ५३८ किलोग्राम गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङकी प्रवक्ता कोपिला चुडालले जानकारी दिइन्।

जिल्ला प्रहरी कार्यालय मोरङ र वडा प्रहरी कार्यालय हाटखोला बाट खटिएको संयुक्त प्रहरी टोलीले उक्त कार नियन्त्रणमा लिएको थियो। बरामदसँगै चालक र कारोबारमा संलग्न अन्य व्यक्तिहरूको खोजी कार्य जारी रहेको प्रहरीको भनाइ छ। प्रहरी कार्यालय मोरङकी प्रवक्ता कोपिला चुडालका अनुसार पक्राउ प्रक्रियाबारे थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?